आज प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको शपथ, ६३ वर्षका सांसदले ८० वर्ष पुगेको नागरिकता देखाएर खुवाउने भए सपथ



प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको शपथ आज हुने भएको छ । दुवै संसद्को छुट्टाछुट्टै बैठक सोमबारबाट प्रारम्भ हुने भएको हो । अपराह्न ४ बजे प्रतिनिधिसभाको हलमा प्रतिनिधिसभाका सांसदले ज्येष्ठ सदस्य महेन्द्रराय यादवबाट र अपराह्न ५ बजे राष्ट्रियसभाका ५६ सांसदले ज्येष्ठ सदस्य तारादेवी भट्टबाट शपथ लिने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य यादव राजपा अध्यक्षमण्डलका नेता हुन् भने राष्ट्रियसभाका ज्येष्ठ सदस्य भट्ट कांग्रेस नेत्री हुन्। राष्ट्रियसभामा मन्त्रिपरिषद्बाट सिफारिस भएका तीन सदस्यको शपथ भने पछि हुने भएको छ। सर्वोच्चको आदेशका कारण उनीहरूको शपथ तत्काल रोकिएको हो।

 

प्रतिनिधिसभा सदस्यको शपथको समय संघीय संसद् सचिवालयले तय गरिसकेको छ। यस्तै, निर्वाचन आयोगले पठाएको विवरण अनुसार सचिवालयले ज्येष्ठ सदस्यको पनि टुंगो लगाएको छ। सभामुख चयन नभएसम्मका लागि ज्येष्ठ सदस्यले नै संसदको काम कारबाही सञ्चालन गर्नेछन्।

प्रतिनिधिसभा सदस्यहरुलाई ज्येष्ठ सदस्य महिन्द्र राय यादवले शपथ गराउने छन्।

राष्ट्रियसभामा हरिचरण शिवाकोटी तथा तारादेवी भट्टमध्ये एकले शपथ गराउनेछन्। शिवाकोटी र भट्टको वर्षका आधारमा उमेर समान भएकाले नागरिकता अनुसार ज्येष्ठ सदस्यको यकिन संसद् सचिवालयले गरिरहेको छ।

तर, प्रतिनिधिसभा सदस्यलाई शपथ गराउने ज्येष्ठ सदस्य यादवका भने दुईथरी जन्ममिति रहेका विवरण संघीय संसद् सचिवालयमा भेटिएका छन्। हाल निर्वाचन आयोगले पठाएका विवरण अनुसार सचिवालयले उनको उमेर ८० वर्ष कायम गरेको छ। दोस्रो ज्येष्ठ सदस्यमा महन्थ ठाकुर ७५ वर्षका छन्।

संघीय संसद् सचिवालयले तयार पारेको सूची
तर, यसअघि संविधानसभा सदस्य रहँदा यादवले भरेको वैयक्तिक विवरणमा अर्कोथरी मिति फेला परेको छ। यसअघि उनले २०११ असार १५ गते आफ्नो जन्ममिति रहेको विवरण भरेका छन्।

कसरी पर्‍यो फरक
सांसद् यादवका अनुसार उनको जन्म मिति वि.स. २०११ साल नै हो। नागरिकता लिने क्रममा उनको उमेर फरक परेको हो। २०११ सालको सट्टा आफ्नो नागरिकतामा वि.स. १९९४ उल्लेख भएको बताए। यसो गर्दा उनको उमेर ६३ वर्षमात्र हुन्छ।

यादवले भने ‘मैले नागरिकता लिँदा नै उमेर गल्ती भएको हो। सच्याउँन खोजेको पनि थिएँ। तर, प्रशासनिक कठिनाइका कारण मिलेन। अब ज्येष्ठता कामय गर्ने नगर्ने सम्बन्धित निकायको कुरा हो।’

संघीय संसद् सचिवालयका एक अधिकारीले आफूहरुलाई प्राप्त नागरिकतालाई नै आधार मान्ने बताए। सम्बन्धित सदस्यले नै फरक परेकाले अरुलाई ज्येष्ठता कायम गर्न भनेको अवस्थामा बाहेक प्राप्त विवरण अनुसार अघि बढ्ने उनको भनाई छ।

‘हामीले त कसको उमेर कति भनेर खोज्दै हिँड्ने अवस्था हुँदैन। प्राप्त तथ्यका आधारमा ज्येष्ठता मान्नेसम्म हो। अब उहाँको प्राविधिक कुरा केही भए उहाँले नै भन्नुपर्‍यो अन्यथा प्राप्त विवरण अनुसार अघि बढ्छौँ।’

 

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको