३३ किलो सुन लुकाएको भन्दै यसरी गरियो युवकको हत्या,गाडीमा फेला पर्यो लाश



सुन तस्करीको विवादमा एक युवकको अपहरणपछि हत्या भएको छ। तस्करी गरिएको साढे ३३ केजी सुन लुकाएको भन्दै मोरङ उर्लाबारीका ३३ वर्षीय सनम शाक्यको अपहरणपछि हत्या भएको खुलेको हो।

हत्यामा संलग्न ३ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। टेकराज मल्ल, नरेन्द्र कार्की र मोहन काफ्ले पक्राउ परेका हुन्।

उनीहरुले अपहरण गरी शाक्यलाई करेन्ट लगाएको र हत्यापछि चारकोशे झाडीमा गाड्ने प्रयास गरेको महाशाखाका एसएसपी दिवेश लोहनीले बताए। घटनामा संलग्न तस्करका नाइकेहरुमाथि पनि अनुसन्धान सुरु भइसकेको उनले बताए।

डिएसपी प्रजित केसीका अनुसार अभियुक्तमध्येका मल्लले चलाएको बा १२ च ५९६३ नम्बरको गाडीमा शाक्यको शव विराटनगरको पोखरीयामा भेटिएको हो।

सिराहको एकान्तस्थलमा लगेर बन्धक बनाई कुटपिटपछि उनको हत्या भएको प्रहरीले जनाएको छ। शव लुकाउन लिएर हिँडेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। घटनामा संलग्न केही फरार छन्।

श्रीमान् विदेशमा, प्रेमीसँग गेष्ट हाउस धाउँदा यसरी फसे महिला

यता श्रीमान् विदेश भएका महिलालाई ब्लाकमेलिङ गरेर बलात्कार गर्दै आएका एक पूर्वसैनिक पक्राउ परेका छन्। काठमाडौंस्थित अमेरिकी दूतावासमा कार्यरत ४६ वर्षीय राजेन्द्र आचार्यलाई प्रहरीले पक्राउ गरेको हो।

उनले प्रेमि‍ीहरुसँग होटलमा जाने महिलालाई पिछा गर्ने र परिवारमा पोल खोलिदिने भन्दै ब्लाकमेलिङ गरेर यौनशोषण गर्दै आएको प्रहरीले जनाएको छ। दुई जना महिलाले उनीविरुद्ध जाहेरी दिएका छन्।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जले उनलाई पक्राउ गरी मुद्दा अघि बढाएको छ।

नुवाकोट स्थायी घर भएका नेपाली सेनाका पूर्व अमल्दार आचार्य काठमाडौंस्थित अमेरिकी दूतावासको सेक्युरिटीमा कार्यरत कर्मचारी हुन्।

प्रहरीका अनुसार नयाँ बसपार्कमा जाने महिलाको उनले सूचना संकलन गर्थे। महिलाहरु गेस्ट हाउसबाट निस्किएपछि उनीहरुलाई पिछा गर्दै आफूलाई सबै थाहा भएको र परिवारमा भनिदिने भन्दै ब्लाकमेलिङ गर्थे। आफूसँग पनि सम्बन्ध राखे कसैलाई नभन्ने भन्दै उनले गेस्ट हाउसमा लिएर गई जर्बजस्ती सम्बन्ध राख्दै आएको खुलेको छ।

कतिपय महिलालाई उनले प्रहरीमा खबर गरिदिने भनेर समेत बलात्कार गरेका थिए।

उनीबाट पीडित भएकी एक महिलाले उजुरी गरेपछि घटना बाहिर आएको हो। आचार्यलाई जबर्जस्तीकरणी मुद्दामा कारबाही अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजजगञ्जका डिएसपी योगेन्द्रसिंह थापाले बताए।

श्रीमान् विदेश भएका महिलाबारे एक व्यक्तिले आफूलाई सूचना दिने गरेको उनले बयानमा बताएका थिए। तर, उनले नाम लिएका व्यक्ति फेला परेका छैनन्।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको