जबज नभएको भए हामी जनयुद्दमा सफल हुने थिएनौ,ध्वस्त हुन्थ्यौ भन्दै प्रचण्ड भाबुक बने पछी सांसदले बजाए ताली



माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले र माओवादी केन्द्रका दुईवटा संसदीय दल लामो समय नरहने बताएका छन्।

वानेश्वरस्थित संसद भवनमा एमाले र माओवादी केन्द्रका सांसदलाई संयुक्त प्रशिक्षण दिँदै प्रचण्डले दुई पार्टीबीच चाँडै नै एकता हुने भएकाले छिट्टै नै एउटै पार्टी र एउटै संसदीय दल रहने बताएका हुन्।
‘हामी पार्टी एकताको प्रकृयामा छौं, इतिहास र परिवर्तनको प्रकृयालाई ख्याल गर्दै नयाँ यात्रामा अगाडि बढ्ने संकल्प गरेका छौं, अब तपाईँहरुले दुईवटा संसदीय दल केहिदिनमात्र देख्नुहुनेछ त्यसपछि हाम्रो एउटै पार्टी र एउटै संसदीय दल हुनेछ’, उनले भने।

दाहालले लामो समय राजामहाराजाको शासन रहेकाले जनतालाई रैती ठानिएको भन्दै राजामहाराजाको संस्कार पार्टीभित्र पनि देखिएको बताए।‘लामो समय नेपालमा राजामहाराजाको राज रह्यो, उनीहरुले जनतालाई रैती ठाने, पार्टीभित्र पनि माथिल्लो तहले तल्लो तहलाई रैती ठान्ने परम्परा देखियो’, उनले भने, ‘कर्मचारीतन्त्रले जनतालाई रैति ठान्नेपनि देखियो, अब राजामहाराजाको युग अन्त्य भइसकेको छ।’

जनता सम्पन्न नभइ समाजवाद नआउने भन्दै उनले अन्य दल र कम्युनिस्टमा धेरै फरक रहेको बताए।
‘अरु पार्टी र हाम्रोमा धेरै फरक छ, हामी विचार र सिद्धान्तबाट निर्देशित छौं’, उनले भने।

प्रचण्डले वाम गठबन्धनका सांसदहरुले जनताको सेवक भएको प्रमाणित गर्नुपर्ने बेला आएको बताए।
एमालेसँग पार्टी एकताको अन्तिम चरणमा रहेका प्रचण्डले एमाले जनताको बहुदलीय जनवाद नभएको भए जनयुद्ध कालमा माओवादीको रक्षा नहुने बताए।

‘मदन भण्डारीले जबजको आविष्कार नगरेको भए माओवादीको रक्षा सम्भव थिएन, माओवादीले जनयुद्ध नगरेको भए हामी यो ठाउँमा आइपुग्ने थिएनौं’, प्रचण्डले यसो भन्दा हल तालीले गुन्जयमान भएको थियो।

पार्टी एकताको औचित्य पुष्टी गर्न प्रचण्डले ‘एमाले र माओवादी इतिहासमा सधैं एक अर्काका पूरक भएर आएको’ समेत दावी गरे।वाम गठबन्धनका सांसदलाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त रुपमा प्रशिक्षित गरेका थिए।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको