एउटै मात्रै जन्ममिति भएको म एक्लै पो रहेछु भन्दै ओलीले सांसदहरुलाई भने-नखाने कुरा नखानु, नजाने ठाउँमा नजानु



प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सडक (माइतीघर), सदन र न्यायालयमा जन्ममितिको ‘लफडा’ भएको बताएका छन् । संसद्मा दरिलो उपस्थिति जनाउन र एमाले-माओवादी केन्द्रबीचको पार्टी एकतालाई मद्दत पुग्ने गरी संसदीय गतिविधिमा एकरुपता ल्याउन दुबै पार्टीले संयुक्तरुपमा नयाँ बानेश्वरस्थित संसद् भवनमा आयोजना गरेको प्रशिक्षणमुलक भाषणका क्रममा उनले देशमा जताततै जन्ममिति र नागरिकताको विवाद भएको बताएका हुन् ।

उनले आइतबार हुने संघीय सांसदको शपथको बेला आफू भन्दा कम उमेरका व्यक्तिले शपथ खुवाउन लागेको बताउँदै भने, ‘हिजोसम्म राजपाका महेन्द्र राय यादवलाई मैले भाइ भनेको थिएँ। भोलि नागरिकताको आधारमा उहाँ ज्येष्ठ सदस्य हुनु भयो। सबैलाई शपथ खुवाउँदै हुनुन्छ।’

उनले यथार्थ उमेर भन्दा नागरिकतामा बढी उमेर भएकोले यस्तो भएको बताए। उनले सडक र न्यायालयमा जन्ममिति विवाद देखिएको अब यो रोग संसदमा पनि छिरेको बताए। उनले भने, ‘धन्न एउटै मात्रै जन्ममिति भएको म एक्लै पो रहेछु कि क्या हो। जन्ममितिः २००८ साल फागुन ११ गते शनिबार।’

भोलि आइतबार आफू भन्दा कान्छा व्यक्तिलाई बढी उमेरको भन्दै उनीबाट शपथ लिनुले नै देश कस्तो रहेको भन्ने संकेत गरेको प्रधानमन्त्री ओलीले बताए। उनले भने, ‘धेरै जन्ममिति भएका मन्त्री छन्, न्यायाधीश छन्, सांसद छन्।’

प्रशिक्षणका क्रममा अदालतले राष्ट्रपतिले राष्ट्रिय सभामा मनोनित गरेको नाममा अनावश्यक बखेडा झिकेको बताए। उनले भने, ‘अदालतले अनावश्यक विषयमा चासो देखाउनु राम्रो होइन। सरकारले आफ्नो क्षेत्राधिकार भित्र रहेर सिफारिश गरेको हो। राष्ट्रपतिले मनोनित गरिसकेपछि सक्कियो।’

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई एक बनाउनका लागि पार्टी एकता हुने बताएका छन् ।

एमाले र माओवादीबाट निर्वाचित भएका सांसदको एकीकृत बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले अब भाँड्ने खेल बन्द हुने बताए ।

नेपालको राजनीति र वाम एकतामा भारतको चासो रहेको र त्यसलाई आफूहरुले सकारात्मक रुपमा लिएको ओलीले बताए । केही हप्ताअघि भारतीय विदेशमन्त्री नेपालभ्रमणमा आएकी थिइन् भने आउँदो सोमबार पाकिस्तानी प्रधानमन्त्री नेपाल आउँदै छन् ।

चुनौती झेलेर तय गरेको यात्रा
ओलीले ठूला चुनौतीहरु झेलेर आफूहरु यहाँसम्म आइपुगेको बताए । कानुन र सरकार जन्मने ठाउँमा एमाले र माओवादीका सांसद भेला हुनु र एकताको बलियो सन्देश दिनु विकासको आधार बन्ने ओलीले बताए ।

उनले भने, ‘ऐतिहासिक भेलामा हामी उत्साहित र गम्भीर दुवै छौँ । हामी भित्र र बाहिर सफा हुनु पर्छ । गम्भीर बनेर काम गर्नु पर्ने आवश्यकता छ ।’

पहिले पनि आफूहरु सँगै बसेको तर सांसदको संयुक्त बैठक भने ती सबैभन्दा अर्थपूर्ण रहेको उनले बताए । उनले भने, ‘हामी मनले एक भइसकेका छौँ, अब विधिमा मात्रै एक हुन बाँकी छ । त्यो पनि चाँडै पूरा हुनेछ ।’

उमेरको व्यंग्य
सम्बोधनको क्रममा ओलीले आफू उमेरको झमेलाबाट उम्किएको बताउँदै नेपाली राजनीतिमा पछिल्लो समय विवादको घेरामा रहेको फरक उमेरको विषयामा व्यंग्य गरे ।

उनले भने, ‘अदालत र माइतीघर घरमा जन्म मितिको लफडा हुँदै गर्दा भाइ महेन्द्र राय यादवबाट शपथ लिनु पर्ने भो । मितिको झगडाम म जोगिने भएँ, किनकी म एकपटक मात्रै जन्मिएँ ।’

स्मरण रहोस्, ६३ वर्षका महेन्द्र राय यादवको नागरिकता अनुसार उमेर ८० वर्ष भएको छ । संसदको जेष्ठसदस्यका रुपमा उनले नै अरु सांसदलाई शपथ गराउने तय भएको छ । यस्तै प्रधानन्यायाधीश गोपाल पराजुली र डा. गोविन्द केसीको पनि थरिथरीका उमेर रहेको सार्वजनिक भएको छ ।

पछिल्लो समय स्वतन्त्र न्यायालयको चाहनामा धक्का लागेको ओलीको भनाई छ । सरकारको काममा अदालतले दखल दिएको उनको आरोप पनि छ । उनले सरकारले गरेको सिफासिरसका बारेमा बोलेर अदालतले शक्ति पृथकिकरणको सिद्धान्तको खिल्ली उडाएको पनि बताए ।

अबको बाटो के ?
ओलीले अबको बाटो सोचे जस्तो सजिलो नरहेको बताए । बाटोभरि चुनौतीका धेरै पर्खाल भत्काउनु पर्ने र सरकार त्यसका लागि तयार रहेको उनको भनाई छ । रोजगारी सिर्जना गर्नु मुख्य चुनौती रहेको उनले बताए ।

यस्तै प्रतिपक्षीलाई पनि सँगै लिएर विकासको बाटोमा देशलाई लैजाने उनले बताए । यसैगरी सरकारी संयन्त्रलाई संविधान र कानुन अनुसार चलाउने पनि उनले बताए ।

सांसदलाई ओलीको निर्देशन
प्रधानमन्त्री ओलीले सांसदलाई निर्देशन दिँदै सरुवा बढुवाको नभइ विकासको फाइल बोक्न आग्रह गरे । उनले भने, ‘पाँच वर्ष हामिले विकासका लागि खर्चिने हो । त्यसैले सानो कुरामा नअल्झिनु । नखाने नखानु । नजाने ठाउँमा नजानु ।’

व्यंग्यात्मकशैलीमा उनले अघि भने, ‘यति भने पछि बुझ्नु भो होला । संसदमा अनिवार्य उपस्तिथि हुनै पर्छ त्यो पनि पूरै समय, कर्मचारी जस्तो हाजिर गरेर भाग्ने हैन । हरेक समितिका सदस्यलाई जानकारी हुनु पर्छ ।’ व्यक्तिको होइन विकासको पछि लाग्न उनले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको