जहाँ भेट्यो त्यही समात्नु पर्ने नवराज सिलवाल ओली र प्रचण्ड संग कुम जोड्दै यसरी पुगे संसद भवन



कार्यसम्पादन मूल्यांकन किर्तेसम्बन्धी मुद्दामा प्रहरीले खोजी गरिरहेका पूर्व डिआइजी एवं एमाले सांसद नवराज सिलवाल संसदभवन पुगेका छन्।

एमाले र माओवादी केन्द्रका सांसदलाई प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिने प्रशिक्षणमा भाग लिन सिलवाल संसद भवन पुगेका हुन्।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएलगत्तै उनलाई बधाई दिन सिलवाल वालुवाटार पुगेका थिए।
कार्यसम्पादन मूल्यांकन किर्ते सम्बन्धी मुद्धामा सर्वोच्च अदालतले सिलवाललाई दोषी ठहर गरेको थियो।

ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित सिलवालमाथि कीर्ते प्रकरण सम्बन्धी मुद्दामा सर्वोच्चले सरकारलाई आदेश दिएपछि प्रहरीले उनको खोजी शुरु गरेको थियो।

पुस दोश्रो साता प्रहरी परिसर काठमाडौंले सिलवाललाई बयानका लागि उपस्थित गराउन भन्दै प्रहरी परिसर ललितपुरलाई पत्राचार गरेको थियो। तर, सिलवाल फेला नपरेपछि यसअघि नै प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी कार्यालयलाई उनको खोजीका निम्ति पत्राचार गर्दै खोजी जारी राख्न आन्तरिक सर्कुलर जारी गरेको थियो।
उनका नाममा इन्टरपोलमार्फत प्रहरी प्रधान कार्यालयले डिफ्युजन नोटिससमेत जारी गरिसकेको छ।

पार्टी एकता सुरु भएको प्रचण्डको दाबी, भने–सँगै बस्न नमान्ने नेताले एउटै थालमा खान थाले

वाम गठबन्धनको पहिलो एकीकृत संसदीय दलको बैठकलाई पार्टी एकताको सुरुवातको रुपमा लिन सकिने एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

एमाले र माओवादीबाट निर्वाचित भएका सांसदको पहिलो एकीकृत बैठकमा माओवादी अध्यक्ष प्रचण्डले दुई दलका सांसद एक ठाउँमा भेला हुनु त्यसको प्रमाण रहेको बताए ।

उनले वाम सांसद दलका प्रतिनिधिमात्रै नभएर सामाजिक वैज्ञानिक पनि रहेको बताए । अब राजनीतिको क्रम भंग हुने प्रचण्डको भनाई छ । देशको प्रशासनीक तथा राजनीतिक संरचनामा नयाँपन दिएकाले अब विकासमा पनि नयाँपन दिने प्रचण्डको भनाई छ ।

उनले भने ‘हामीले नयाँ संस्कार र नयाँ कर्यशैली जनतालाई दिनुछ । अब राजा महाराजाको राज गयो र जनताको राज हुने बेला हो र त्यसको सुरुवात आजैदेखि गर्ने हो ।’

एक आपसमा तितो अतीत बोकेका एमाले र माओवादी एक हुनु कल्पना बाहिरको कुरा रहेको तर कल्पना भन्दा बाहिरको कुरा आफूहरुले साकार पारेको उनको भनाई छ ।

उनले भने, ‘हिजो सँगै बस्न नसक्ने नेतासाथी आज एउटा थालमा खान थाल्नुले नयाँ युगमा जनता प्रवेश गरेको मानिन्छ । सुशासन र समृद्धिमा देखिएका फोहोर सफा गर्ने संकल्प पनि वाम ससदीय दलका नेताले गर्नु पर्छ ।’

समाजमा समानुपातिक विकासको चाहना रहेको र अब आफूहरुले त्यो चाहना पूरा गर्ने उनले बताएका छन् । अब पदका लागि नभई विकासका लागि प्रतिस्पर्धा गर्ने उनले बताए ।

एमाले र माओवादी एक अर्काको संरक्षक बन्दै पार्टी एकतासम्म आएको प्रचण्डले बताए । दुई पार्टीबिच विगतमा संविधानसभामा आउने सहमति पहिलो भएको र त्यसपछि मात्रै शान्ति सम्झौता भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको