एमाले-माओबादीका सांसदलाई सुभाष नेम्वाङले भने-संसद बैठकमा मुख च्यातेर ‘हाई’ नगर्नु होला



एमाले नेता सुवाष नेम्वाङले सांसदहरुलाई हाई गर्दा मुख छोपेर हाई गर्न आग्रह गरेका छन्।
एमाले-माओवादीका सांसदहरुलाई प्रशिक्षण दिन संघीय संसद भवनमा आज आयोजित कार्यक्रममा नेम्वाङले सांसदहरुलाई हाई गर्दा मुख छोपेर हाई गर्न आग्रह गरेका हुन्।

कार्यक्रममा नेम्वाङले ठट्टा गर्दै भने, ‘संसदमा मूख च्यातेर होइन, मुख छोपरे हाई गर्नुहोला। होइन भने पत्रिकामा छापिन्छ।’

प्रशिक्षण कार्यक्रममा उनले सांसदहरुलाई मोबाइल प्रयोग नगर्न सुझाएका छन्। त्यसैगरी शिष्ट भाषा प्रयोग गर्नसमेत सल्लाह दिएका छन्। तर्फबाट संघीय संसदमा निर्वाचित सांसदहरुलाई संसदीय गतिविधिमा कसरी प्रस्तुत हुने भन्ने विषयमा दुबै पार्टीले संयुक्त रुपमा प्रशिक्षण सुरु गरेको हो।

यता संघीय सांसद्‌हरुको सपथ ग्रहण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ। प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी कूल ३ सय ३४ सांसदले भोलि नयाँ बानेश्वरस्थित संसद् भवनमा सपथ लिने भएका हुन्।

संघीय संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले आफ्नै मातृभाषामा सपथ लिन पाऊँ भनी विभिन्न सांसद्बाट निवेदन आएको जानकारी दिए। ४२ जना सांसद्हरुबाट मातृभाषामा सपथ लिनका लागि निवेदन आएको उनले बताए।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गतेका लागि संसद्को पहिलो अधिवेशन आह्वान गरेकाले २० गते नै सांसद्हरुको सपथ ग्रहण तोकिएको हो।संसद् अधिवेशन आह्वान नभएका कारण प्रतिनिधिसभा सदस्यको शपथ हुन सकेको थिएन।संघीय संसद्को पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने संविधानमा व्यवस्था छ।

यता एमाले र माओवादी केन्द्रका सांसदहरुको संयुक्त बैठक बसिरहेको छ । एकीकरण प्रक्रियामा रहेका दुवै दलको सांसदहरुको संयुक्त बैठक पहिलो पटक बसेको हो। पार्टी एकता गर्ने निर्णय गरेका दुवै दल औपचारिक घोषणाको अन्तिम तयारीमा छन्।

नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे बोलाइएको बैठकलाई दुवै दलका पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पार्टी एकताको निर्णय गरेका एमाले र माओवादी केन्द्रका प्रमुख नेताले संसद बैठकमा समेत सोही अनुसार प्रस्तुत हुन निर्देशन दिने तयारी गरेको एक नेताले बताए।

बैठकलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ। अध्यक्षद्वयसँगै बैठकलाई पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल र एमाले नेता सुवासचन्द्र नेम्वाङले पनि सम्बोधन गर्नेछन्। संसदमा दुवै पार्टीबाट नयाँ अनुहारको समेत प्रतिनिधित्व रहेकाले बैठकमा शीर्ष नेताले संसदीय अभ्यास र गतिविधिका विषयमा सांसदहरुलाई निर्देशन दिन बैठक आयोजना गरिएको हो।

निर्वाचनपछि संसदको पहिलो बैठक २१ गते बस्दैछ। त्यसअघि प्रतिनिधिसभाका सांसद्हरुको सपथ भोलि हुँदैछ।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको