राष्ट्रपति र उपराष्ट्रपति दोहोरिने,सभामुख महरालाई बनाउने भन्दै प्रचण्डले यसरी खोले भित्री तथ्य



एकीकरण प्रक्रियामा रहेका एमाले र माओवादी केन्द्रले सर्वोच्च राजकीय पदहरु राष्ट्रपति र उपराष्ट्रपतिमा पुरानै अनुहारलाई दोहोर्‍याउने तयारीमा देखिएका छन्।

पार्टी एकीकरणको निर्णयसँगै राजकीय पदको समेत बाँडफाँट गरेका दुवै दलले राष्ट्रपति र उपराष्ट्रपतिमा पुरानै अनुहारलाई निरन्तरता दिने तयारी गरेका हुन्। राजकीय पदको बाँडफाँट गर्दा राष्ट्रपति र उपसभामुखमा एमालेले प्रस्ताव गर्ने र माओवादी केन्द्रले उपराष्ट्रपति र सभामुख पदमा आफ्नो उम्मेदवार प्रस्ताव गर्ने एमाले र माओवादी केन्द्रबीच सहमति छ।

एमाले सचिव प्रदीप ज्ञवालीले राष्ट्रपति र उपराष्ट्रपतिमा पुरानै अनुहार दोहोरिने सम्भावना प्रबल रहेको बताए। यद्यपि त्यसको औपचारिक निर्णय नभएको उनको भनाइ छ।

‘संगठनको आवश्यकताका आधारमा व्यक्तिहरुलाई भूमिका प्रदान गर्ने हो,’ उनले भने, ‘संक्रमणकालीन अवस्थामा दुवैले कुशलतापूर्वक आफ्नो कार्यभार सम्हाल्नुभएको हामीले महसुस गरेका छौ। त्यसैले पनि उहाँहरु दोहोरिने सम्भावना छ।’

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले समेत राजकीय पदमा दोहरिने इच्छा देखाउँदै आएका छन्। आफूहरुको कार्यकाल छोटो भएकाले थप एक कार्यकाल पूरा गर्न पाउनुपर्ने भन्दै उनीहरुले शीर्ष नेतृत्वसमक्ष आग्रहसमेत गरेका छन्।

पूर्व विशिष्ट पदाधिकारीलाई राज्यबाट दिने सेवा सुविधामा देखिएको समस्याबारे वर्तमान सरकारसमेत गम्भीर देखिएको छ। पूर्वराष्ट्रपति रामवरण यादवलाई समेत आवास लगायतको सेवा सुविधा व्यस्थापन गर्न नसक्दा यसअघिका सरकार आलोचित हुँदै आएका थिए।

एमाले सचिव ज्ञवालीसमेत पूर्वविशिष्ट पदाधिकारीलाई राज्यबाट दिने भनिएको सेवा सुविधाको व्यवस्था गर्न नसक्ने अवस्थाले वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्थापन कठिन भएको स्वीकार गर्छन्। ‘पूर्वराष्ट्रपतिको व्यवस्थापनमा जुन समस्या देखिएको छ, त्यसैले पनि तत्काल त्यो संख्या थप्दै जाने विषय व्यावहारिक देखिँदैन,’ ज्ञवाली भन्छन्, ‘त्यसैले राष्ट्रपति र उपराष्ट्रपतिलाई पुन: एक कार्यकाल दोहोर्याउँदा राम्रो हुने देखिन्छ।’

दोस्रो संविधानसभामा राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित दुवैको कार्यकाल छोटो भएको एमाले र माओवादी केन्द्रको बुझाइ छ। पार्टीको जिम्मेवारीमा रहँदासमेत दुवैले शीर्ष नेतृत्वलाई सहयोग गर्दै आएका कारण उनीहरु दोहरिने सम्भावना रहेको माओवादीका एक नेताले बताए।

‘दुवै जनाले विगतदेखि पार्टीको शीर्ष नेतृत्वलाई सहयोग गर्दै आएका छन्,’ उनले भने, ‘त्यसैले दुवै दलको शीर्ष नेतृत्व राष्ट्रपति र उपराष्ट्रपतिमा पुरानै अनुहार दोहोर्‍याउन सहमत देखिन्छ।’

पार्टीको जिम्मेवारीमा रहँदा वर्तमान राष्ट्रपति भण्डारी एमाले अध्यक्ष केपी ओलीको प्रमुख सहयोगी थिइन्। पछिल्लो समय राष्ट्रपति भण्डारी राष्ट्रियसभा निर्वाचन अध्यादेश, राष्ट्रियसभा सदस्य मनोनयन लगायतका विषयमा पार्टी नेतृत्वलाई सहयोग गरेको भन्दै विवादमा तानिएकी छन्।

उपराष्ट्रपति पुनले भने जनयुद्धदेखि शान्तिप्रक्रियाका हरेक कठिन समयमा मुल नेतृत्वप्रति पूर्ण सहयोग गर्दै आएका थिए। माओवादी नेतृत्वसमेत पुनलाई उपराष्ट्रपतिमा दोहोर्‍याउन सकारात्मक छ।

दुवै दलले राजकीय पदमध्ये राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा औपचारिक निर्णय भने गरेका छैनन्।

सभामुखमा नयाँ अनुहार
राजकीय पदमध्ये सभामुख माओवादीको भागमा परेको छ। माओवादी केन्द्रले सभामुखमा नयाँ अनुहारलाई अघि सार्ने तयारी गरेको छ। पूर्वसभामुख ओनसरी घर्तीले समेत सभामुखमा दोहोरिने इच्छा व्यक्त गरेकी थिइन् तर पार्टी नेतृत्वले नयाँ अनुहारलाई मौका दिने तयारी गरेको माओेवादीका एक नेता बताउँछन्।

सभामुखमा देव गुरुङ, अग्नि सापकोटा, कृष्णबहादुर महरा लगायतका नेताले लबिङ गरिरहेका छन्। तर सभामुखमा माओवादीले महरालाई अघि सार्ने सम्भावना रहेको छ। पटकपटक मन्त्री भइसकेका महराले नयाँ सरकारमा दाबी नगरे पनि उनले पार्टी नेतृत्वसँग सभामुखका लागि लबिङ गरिरहेका छन्।

माओवादी अध्यक्ष दाहालले समेत सभामुख पद पुन: रोल्पालीमा जाने सम्भावना रहेको पार्टी बैठकमा खुलासा गरेका थिए।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको