प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय संसद भवनभित्र



प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय संसद भवनभित्र पुगेका छन् । एमाले–माओवादीतर्फबाट संघीय संसदमा निर्वाचित सांसदहरुलाई प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रममा भाग लिन सिलवाल संसद भवन नयाँ बानेश्वर पुगेका हुन् । उनी शनिबार बिहान करिव पौने ११ बजेतिर भवन पुगेका थिए । प्रशिक्षण कार्यक्रम ११ बजेलाई बोलाइएको थियो ।भवनभित्र उनी एक्लै गएका थिए। संसद भवन छिर्नुअघि उनले हात हल्लाएका थिए। कोट, सर्ट, पाइन्ट र ढाका टोपीमा सजिएर उनी संसद भवन पुगेका थिए।

नवराज सिलवाललाई गृह राज्यमन्त्री बनाउन ओलीले थाले यस्तो कसरत

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वडीर्आजी समेत रहेका सांसद नवराज सिलवाललाई गृहराज्यमन्त्री बनाउन छलफल सुरु गरेका छन् ।

ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद सिलवाललाई गृह राज्यमन्त्री बनाउन प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत छलफल गरेको ओली निकट एक स्रोतले जानकारी दियो । स्रोतका अनुसार माओवादी नेता रामबहादुर थापा बादलले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै ओलीले प्रचण्ड र बादलसँग सिलवाललाई गृह राज्यमन्त्री बनाउने प्रस्ताव गरेका हुन् । अर्कोपटकको मन्त्रिमण्डल विस्तारका क्रममा सिलवाललाई गृह राज्यमन्त्रीको सपथग्रहण गराउने तयारीमा प्रधानमन्त्री ओली रहेको बालकोट स्रोतले बतायो ।

यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादल भने गृह मन्त्रालय आफ्नो पार्टीको भागमा परेपछि राज्यमन्त्री पनि आफुहरुले पाउनुपर्ने अडानमा छन् । एउटै मन्त्रालयअन्तर्गत मन्त्री र राज्यमन्त्री फरक–फरक पार्टीको हुँदा समस्या हुने माओवादीको निश्कर्ष छ ।

डिआईजीको कार्यसम्पादन मूल्यांकन किर्ते गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरेपछि सिलवाल पछिल्लो समय भूमिगत अवस्थामा छन् ।

उता माओवादीका तर्फबाट सरकारको नेतृत्व गरेका गृहमन्त्री रामबहादुर थापा बादलले गृहमन्त्रालयमा कार्यभार सम्हाल्दै करिब २० मिनेट अर्तिउपदेश दिएका छन्।

उनले गृह मन्त्रालयका कर्मचारीहरुलाई राखेर २० मिनेटसम्म अर्तिउपदेश दिएका थिए।

उनले राजनीतिक स्थायित्व सरकारको पहिलो प्राथमिकता रहेको बताएका थिए। उनले शन्ति सुशासन कायम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

उनले गृहमन्त्रालयका हरेक सदस्यले शान्ति सुरक्षाको अवस्था सुधार्न ठूलो भूमिका खेल्ने आशा पनि गरेका थिए। उनले भने, ‘शान्ति सुरक्षा व्यवस्था मजबुत बनाउन तपाईँ हामी मिलेर अघि बढ्नुपर्छ,’ उनले भने।

नेपालमा शान्ति सुरक्षाको अवस्था मजबुत भयो भने अरुले पनि त्यसबाट पाठ सिक्ने उनले बताए। उनले विगतमा गृह मन्त्रालयमा रहेका मन्त्रीहरुले राम्रो काम गरेको र आफूले त्यसलाई पूर्णयता अवलम्बन गर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको