बिद्याले ओलीलाई लगाईन यस्तो घुर्की,यसकारण ओली राष्ट्रपतिमा भण्डारीलाई नै दोहाेर्‍याउन चाहन्छन



आउँदो २९ गते मंगलबार भावी राष्ट्रपतिका लागि मतदान हुँदैछ । २९ गतेको मतदानका आगि २३ गते वुधबार उम्मेदवारी दर्ता गराउनु पर्ने तालिका छ । अबको ४ दिनभित्र दलहरुले राष्ट्रपतिका लागि उम्मेदवारको टुंगो लगाउनु पर्नेछ । यही मेसोमा भावी राष्ट्रपति उम्मेदवारका लागि दलहरुवीच आन्तरिका रुपमा विमर्श भइरहेको छ ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले यो पदमा २८ महिना विताएकी छन् । तर उनले अर्को कार्यकालका लागि पनि चाहना राखेकी छन् । केही दिनअघि एमाले अध्यक्ष केपी ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा भण्डारीले अर्को कार्यकालका लागि पनि पद कायम राखिदिन सांकेतिक रुपमा अनुरोध गरिन् । अझ उनले आफुलाई नदोहर्‍याए फेरी सक्रिय राजनीतिमा फर्किने सफ्ट चेतावनी समेत दिइन् ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकी विश्वासपात्र मानिने भण्डारीले भित्रभित्रै ओलीलाई कन्भिन्स गरिसकेको श्रोतको दाबी छ । सामान्यतः राष्ट्रपतिको कार्यकाल ५ वर्षको हुने भएपनि, यसपाली प्राविधिक कारणवस २८ महिनामै बाहिरिनु पर्नेस्थिति आएको भन्दै भण्डारीले पद छाड्न आनकानी गरेको पनि श्रोतको जिकिर छ । पछिल्लो समय शेरबहादुर देउवाले राष्ट्रियसभाका ३ जनाको नाम स्वीकृत नगरी ओलीले सिफारिस गरेकाको नाम स्वीकृत गर्नुको एउटा कारण पनि राष्ट्रपति भण्डारीले वर्तमान गठबन्धनलाई फकाउनु रहेको बुझिएको छ ।

ओलीको हिसावकिताब

चुनावको परीणाम सार्वजनिक भएदेखि नै एमाले पूर्व अध्यक्ष झलनाथ खनालले राष्ट्रपति पदका लागि र्‍याल चुहाउँदै आएका छन् । उनले अन्तरवार्ताका क्रममा र सार्वजकि कार्यक्रममा समेत आफुलाई राष्ट्रपति बनाएमा सहर्ष स्वीकार्ने बताउँदै आएका छन् । बिना प्रसंग राष्ट्रपति पदका लागि मुख खोल्दै हिंडेर उत्ताउले बनेको खनालको पार्टीभित्र राम्रो पकड छैन ।

पार्टीभित्रकै कुरा गर्दा खनाल पक्षधरले उनलाई फेरी एक पटक पार्टी अध्यक्षमा उठिदिन उक्साउँदै आएका छन् । तर उनी आफैं भने झन्झट कति व्यहोर्ने भन्दै राष्ट्रपति पद पाएमा आराको जिन्दगी जिउने ध्याउन्नमा थिए । तर पार्टीमा राम्रो पकड बनाएका ओलीले खनाललाई त्यति रुचाएनन् । त्यसमाथि पछिल्लो समय वरिष्ठ नेता माधव नेपाल समेत आक्कल झुक्कल भेट्न जाने र उनकै गाडीमा हिँड्न थालेपछि, नेपाल पक्षधर युवा नेताहरु सशंकित भएका छन् । यही मौका छोपेर खनाललाई साइजमा ल्याउन पनि ओलीले भण्डारीलाई दोहर्‍याउन चाहेका छन् ।

अर्को कुरा केही दिनअघिको बैठकमा, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफुलाई प्रदेश ३ को मुख्यमन्त्रीमा हराइदिएका कारण भावी राष्ट्रपतिमा दावी गरिदिएपछि, ओलीलाई बरु भण्डारी नै दोहर्‍याएर सबैलाई चुप लगाउने तयारीमा देखिन्छन् । ओलीको यो याेजनामा माओवादी केन्द्रले पनि भरपुर साथ दिएको छ । प्रधानमन्त्री एमालेले लिएपछि भण्डारी बाहिरिने भएमा, माओवादी केन्द्रले अमिक शेरचनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने मानसिकता बनाएको थियो । यो अवस्थामा राष्ट्रपति माओवादीलाई दिन ओलीलाई नैतिक संकट पर्नेवाला थियो । यी सबै हिसाव किताबको जोड घटाउ गरेपछि ओलीले भण्डारीलाई नै दोहर्‍याउने निचोड निकालेको एमालेका नेपाल पक्षधर नेताहरुको विश्लेषण छ ।

भण्डारीलाई सेनाको समेत समर्थन

राष्ट्रपति भण्डारीको कार्यकाल पूर्व राष्ट्रपति डा रामवरण यादवको बेलाको जस्तो विवादमा परेन। सरकारले प्रधान सेनापतिको नियुक्तिको पत्र दिइसकेका कुलबहादुर खड्कालाई रोकेर रुक्माङ्द कटवाललाई नै थमौती गरेपछि, पूर्व राष्ट्रपति यादव सीधै विवादमा तानिएका थिए । तर वर्तमान राष्ट्रपति भण्डारीसँग कुनै तनावपूर्ण वातावरण बनेन्, सेनाको । र काम गर्न पनि सजिलो भएपछि, सेनाले पनि भण्डारीलाई नै निरन्तरता दिए हुन्थ्यो भन्ने मनसाय देखाएको एमालेभित्रकै नेताहरुले अनौपचारिक भेटघाटमा कुरा गर्ने गरेका छन् ।

एकातिर सेनाको समेत चाहना र अर्को तिर पार्टीभित्र र माओवादी केन्द्रलाई समेत मुखमा बुजो लगाउने रणनीति, ओलीले भण्डारीलाई नै निरन्तरता दिन थालेको प्रष्ट छ ।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको