ओलीले कुर्लदै भने-भ्रष्टाचार म पनि गर्दिनँ,गर्नेलाई सिधै पाता कस्छु



प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार तथा अनियमितता मुक्त नेपाल निर्माणको अभियान थालनी गरिसकेको बताएका छन्।उनले भ्रष्टाचारको न्यूनीकरण नगरेसम्म समृद्धिको सपना साकार नहुने भएको भन्दै त्यसका लागि आफूले कामको सुरुवात गरिसकेको बताएका हुन्।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको एनेक्स भवनको शुक्रबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार आफू पनि नगर्ने र आफू मातहतकालाई गर्न पनि नदिने प्रतिवद्धता समेत जनाएका छन्।

ओलीले स्वास्थ्य सेवाको स्तरवृद्धिबाट मात्रै नागरिकको जीवनशैलीमा परिवर्तन आउने बताए।

स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा दिन सम्बन्धित निकायलाई उनले आग्रह समेत गरेका छन्।
‘मेडिकल कलेज सञ्चालनमा गुणस्तरीयता आवश्यक छ’, प्रधानमन्त्री ओलीले भने, ‘चिकित्सकको क्षमताको गुणस्तरीयता र भौतिक गुणस्तरियता दुवै आवश्यक छ।’
दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने योजना बनाइएको मनमोहन सेन्टरको एनेक्स भवनका लागि ३० करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ।

ओली, प्रचण्ड र यादवबीच सहमति, हस्ताक्षर शनिबार

एमाले–माओवादी केन्द्रसहितको वामगठबन्धन र संघीय समाजवादी फोरमबीच शनिबार दुई बुँदै सहमतिमा हस्ताक्षर हुने भएको छ। संविधान संसोधन र सरकारमा सहकार्य सम्बन्धी दुई बुँदा समेटिएको सहमति पत्रमा शनिबार हस्ताक्षर गर्ने समझदारी दुई पक्षबीच आज भएको बैठकले गरेको छ।

हस्ताक्षरका लागि तयार पारिएको सहमति पत्रमा दुई बुँदा छन्। पहिलो बुँदामा संघीय समाजवादी फोरमले आन्दोलनका क्रममा उठाएका संविधान संसोधनसँग सम्बन्धित मागहरु संसोधन गरी टुङ्ग्याउने, सरकारी निर्णयद्वारा पुरा हुने माग मन्त्री परिषदले निर्णय गर्ने र कतिपय विषय सरकारको नीति तथा कार्यक्रममा उल्लेख गर्ने कुरा उल्लेख छ।

दोस्रो बुँदाले चाहिँ फोरमलाई सरकारमा जाने बाटो खुल्ला गरिदिएको छ। त्यो बुँदामा फोरमले उठाएका मागहरु सहमतिका आधारमा पुरा गरिने उल्लेख गर्दै त्यसका लागि संघीय समाजवादी फोरम सरकारमा सामेल हुने मस्यौदा गरिएको सहमति पत्रमा उल्लेख गरिएको छ। सहमति पत्रमा हस्ताक्षरसँगै संघीय फोरम सरकारमा जाने बाटो खुल्नेछ।

उपरोक्त दुई बुँदे सहमतिपत्र दुबै पक्षले बुधबार साँझ सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा तयार गरिएको थियो। सहमति पत्रको मस्यौदा तयार गरिएपनि आआफ्नो पार्टीभित्र छलफल गरेर पारित गरेपछि मात्र त्यसमा हस्ताक्षर गर्ने सहमतिका साथ दुबै पक्षले हिजोको बैठक टुङ्ग्याएका थिए।

हिजो साँझ जुटेको सहमतिका सम्बन्धमा दुबै पक्षले पार्टीभित्र छलफल गर्न भ्याएका थिएनन्। छोटो समय र होलीका कारण आआफ्नो पार्टीभित्र छलफल गर्न नपाएको जानकारी गराएका थिए। त्यसक्रममा यादवले मधेशमा मनाइने होलीका कारण आफू त्यसतर्फ जान लागेको बताएका थिए भने प्रचण्डले पनि आफू हतारमा रहेको बताएका थिए।

त्यसपछि दुबै पक्षले पर्सीसम्म आआफ्नो पार्टीमा सहमति भएका उपरोक्त विषयलाई पारित गर्ने र पर्सी सहमतिपत्रमा हस्ताक्षर गर्ने निर्णय गर्दै बैठक टुङ्ग्याएका थिए। उपरोक्त सहमति पत्रमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संघीय फोरमका अध्यक्ष यादवले हस्ताक्षर गर्नेछन्।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको