भारतीय माओबादी र प्रहरी बीच झडप,१ प्रहरी सहित १० माओबादी ठहरै



भारतको छत्तीसगढ राज्यको एक जंगलमा शुक्रबार बिहान प्रहरी र भारतीय सशस्त्र विद्रोही समूह नक्सलाइटबीच भएको भिडन्तमा परी १० जना विद्रोहीको ज्यान गएको समाचार छ।
उनीहरुको खोजीका लागि पुगेका प्रहरी र विद्रोहीबीचको सो भिडन्तमा परी एकजना प्रहरी पनि मारिएको सो समाचारमा जनाइएको छ।

राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा सो जानकारी दिइएको छ। उक्त समाचारअनुसार छत्तीसगढ र तेलङ्गना राज्यको सीमा क्षेत्रमा पर्ने एक जंगलमा सो भिडन्त भएको थियो।
उक्त भिडन्तका क्रममा अरु केही विद्रोही घाइते पनि भएको बताइएको छ। तेलङ्गना र छत्तीसगढ राज्यको संयुक्त सुरक्षा गस्ती टोलीमाथि यी दुई राज्यको सीमा क्षेत्रमा पर्ने पुजारी कन्कर जंगलमा विद्रोहीले आक्रमण गरेका थिए।

सो आक्रमणपछि प्रहरीको जवाफी फायरमा परी ती विद्रोही मारिएका थिए । उक्त जंगलमा केही घन्टासम्म नै दोहोरो फायरिङ भएको थियो ।

मारिनेमा नक्सलाइट विद्रोही समूहका एकजना उच्चस्तरीय कमाण्डर पनि परेका छन्। मारिने १० जनामा छ जना महिला लडाकू परेका बताइएको छ ।

भारतमा भूमि अधिकारको मुख्य उद्देश्य र मागराखी सन् १९६७ बाट भारतको पश्चिम बंगालको नक्सालबारी भन्ने स्थानबाट यो विद्रोह सुरु भएको मानिएको छ।
आजसम्म यस विद्रोहमा परी कम्तीमा पनि छ हजार नागरिकको ज्यान गइसकेको भारतीय अधिकारीहरुले जानकारी दिएका छन्।

भारतमा यो नक्सलाइट विद्रोहलाई सुरक्षाको प्रमुख चुनौतीका रुपमा लिन थालिएको छ। सुरुमा भारतको छत्तीसगढमा मात्र सिमीत यो विद्रोह हाल आएर अन्य भारतीय राज्यमा पनि फैलिएको बताइन्छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि हालै दिएको एक सार्वजनिक अभिव्यक्तिमा यसलाई प्रमुख सुरक्षा चुनौतीका रुपमा लिइएको बताइएको छ।

सलमानको नेपाल भ्रमण रोकियो, यस्तो छ कारण

बलिउड नायक सलमान खान सहभागी हुने भनिएको कार्यक्रम ‘दबंग द टुर’ स्थगित भएको छ। सलमानको नेपाल भ्रमणको विषयलाई लिएर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले विरोध जनाएपछि उनी नेपाल नआउने भएका हुन्।

सलमानले आफू कार्यक्रममा सहभागी नहुने सन्देश पठाएपछि अयोजक सांस्था ओडिसी इटरनेशनलले कार्यक्रम स्थगित गरेको हो।

ओडिसीले औपचारिक रुपमा कार्यक्रम रोकिएको नबताए पनि हाललाई निर्धारित मितिमा कार्यक्रम गर्न नसकिने र केही पछाडि गर्नेगरी स्थगित मात्र गरिएको जनाएको छ। यसका बारेमा उसले केही बेरमै पत्रकार सम्मलेलन गर्ने समेत जनाएको छ।

यही १० मार्चमा काठमाडौँको टुडिखेलमा हुने भनिएको ‘दबंग द टुर’ कार्यक्रममा अभिनेता सलमानसँगै सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, डेजी शाह, मिट ब्रदर लगायतका कलाकार नेपाल आउने कार्यक्रम थियो।

कार्यक्रमकै तयारीका लागि भनेर सलमानका भाइ सोहेल खान यसअघि नै नेपाल आएर फर्किसकेका थिए।

सलमानको  कार्यक्रमको विषयलाई लिएर नेकपाको सांस्कृतिक संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघले विरोध गर्दै कार्यक्रम रोक्ने चेतावनी दिएको थियो।

आफू सहभागी हुने कार्यक्रका विषयलाई लिएर एक राजनीतिक दलले विरोध जनाएपछि सलमानले कार्यक्रममा सहभागीता जनाउन नचाहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको