भारतलाई घुँडा टेकाउने प्रधानमन्त्री भन्दै ओलीलाई बधाई दिन यसरी आउदैछन् पाकिस्तानी प्रधानमन्त्री नेपालमा



पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकान अब्बासी नेपाल अाउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा अोलीलार्इ बधार्इ दिनका लागि उनी नेपाल अाउन लागेका हुन्।

काठमाडौँ स्थित पाकिस्तानी दुतावासले प्रधानमन्त्री नेपाल अाउन लागेको पुष्टि गरेको छ। दुतावासका सञ्चार अधिकारीका अनुसार मिति तय भइसकेको छैन्। ‘हामी नेपालको तर्फबट मिति र समयको कन्फर्मेशनको पर्खाइमा छौँ,’ दुतावासका ती अधिकारीले भने, ‘हाम्रो तर्फबाट भ्रमणको तयारी भइरहेको छ हामीले सोमबारका लागि प्रस्ताव गरेका छौँ, नेपालको तर्फबाट अनुमति अाएपछि सार्वजनिक गर्ने छौँ। ‘

पाकिस्तानी प्रधानमन्त्रीले नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री अोलीसहित शीर्ष राजनीतिक नेतृत्वसँग भेट गर्ने बताइएको छ। यद्पी परराष्ट्र मन्त्रालयले भने पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणको विषयमा अाधिकारिक धारणा सार्वजनिक गरेको छैन्।

यसैबीच पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेपाल बसार्इका क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको शिखर सम्मेलन अायोजनाको विषयमा समेत छलफल गर्ने अपेक्षा गरिएको छ।
नेपाल सार्कको अध्यक्ष राष्ट्र हो। सन् २०१६ मा पाकिस्तानमा हुने भनिएको शिखर सम्मेलन भारत सहभागि नहुने भएपछि स्थगित भएको छ।
अोली प्रधानमन्त्री भएपछि नेपाल भ्रमण गर्ने अब्बासी पहिलो विदेशी सरकार प्रमुख हुने छन्।

दलार्इ लामाको कार्यक्रममा सहभागी नहुन भारतको उर्दी

भारतको केन्द्रीय सरकारले अाफ्ना अधिकारी तथा राजनीतिक नेताहरूलार्इ दलाई लामाको कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।

भारतमा निर्वासित जीवन विताइरहेका दलाई लामाले मार्चको अन्त्य र अप्रिलको पहिलो साता निर्वासनको ६० अौँ वर्षगाँठ मनाउने तयारी गरिरहेका छन्।

केन्द्रले पछिल्लो समय भारत-चीन सम्बन्ध संवेदनशील अवस्थामा रहेको भन्दै यस्तो निर्देशन दिएको इन्डियन एक्सप्रेसले जनाएको छ।

विदेश सचिव विजय गोखलेले फेब्रुअरी २२ मा मन्त्रिपरिषदका सचिव पी के सिन्हालार्इ पत्राचार गर्दै केन्द्र र प्रदेशका सरकारी अधिकारी तथा राजनीतिक दलका नेतृत्वलार्इ दलाई लामाको कार्यक्रममा सहभागि नहुन निर्देशन दिएका हुन्।

मन्त्रिपरिषदका सचिव सिन्हाले सरकारी अधिकारी र राजनीतिक नेतृत्वलार्इ निर्देशन जारी गर्दै दलाइ लामाको कुनै पनि कार्यक्रममा सहभागि नहुन् निर्देशन दिएको समाचारमा उल्लेख छ।

सिन्हाले दिएको निर्देशनमा सहभागितालार्इ समेत निरूत्साहित पार्न भनिएको छ। ‘यस विषयमा तपार्इँहरूलार्इ अावश्यक प्रवन्ध मिलाउन अाग्रह गिरन्छ’, सिन्हाले लेखेको पत्रमा उल्लेख छ।

विदेश सचिव गोखलेले लेखेको पत्रमा ‘संवेदनशील प्रकृतिको विषय’ भनिएको छ।

चीनका लागि पूर्व भारतीय राजदुत समेत रहेका गोखलेले मन्त्रिपरिषदका सचिव सिन्हालार्इ पत्राचार गर्दै सबै मन्त्रालय, विभाग, र राज्य सरकारलार्इ समेत दलाइ लामाको कार्यक्रमको निमन्त्रणा अस्वीकार गर्न निर्देशन दिन अाग्रह गरेका थिए।

‘हामीलार्इ थाहा छ; यसले तेरागराज स्पोर्ट्स कम्प्लेक्समा १ अप्रिलमा अायोजना हुने धन्यवाद भारत शीर्षकको सार्वजनिक कार्यक्रमलार्इ समेत समेटेको छ, दलाई लामाको कार्यक्रममा ठूलो संख्यामा भारतीय अधिकारीहरूलार्इ निम्तो दिने तयारी भइरहेको छ,’ विदेश सचिव गोखलेले मन्त्रिपरिषदका सचिवलार्इ लेखेको पत्रमा भनिएको छ, ‘प्रस्तावित समय भारतको चीनसँगको सम्बन्धको सेरेफेरोमा अति नै संवेदनशील छ, कार्यक्रममा भारतीय राजनीतिक नेतृत्व, सरकारी निकायका अधिकारी, केन्द्र तथा प्रान्त सरकारका अधिकारीहरूको सहभागिता वान्छनीय छैन्, सहभागितलार्इ निरूत्साहित गर्नुपर्छ’

भारतीय विदेश सचिव गोखलेले गत महिनामात्र चीनको भ्रमण गरेका थिए। उनको यो भ्रमणपछि भारत सरकारले यस्तो निर्देशन दिएको हो।

सन् २०१७ सम्म चीनका लागि राजदुत रहेका गोखलेले गत महिना चीन जानु भन्दा एक दिन अगाडि सिन्हालार्इ पत्राचार गरेका थिए। वेइजिङमा उनले चिनियाँ विदेशमन्त्री वाङ यी, उपमन्त्री कोङ युन्याउ र स्टेट काउन्सिलर याङ जेयीचीलार्इ भेट गरेका थिए।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको