फोरमलाई दुई मन्त्रालय दिन ओली तयार,उपेन्द्रले मागे यी तीन मन्त्रालय,भोली सहमति हुने



सरकारमा सहभागी हुन संघीय समाजवादी फोरमले सरकारसँग तीन मन्त्रालय माग गरेको छ।

नयाँ सरकार दुई तिहाइको पुर्‍याउने लक्ष्यसहित प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसकेन्द्रित दल फोरमलाई सरकारमा ल्याउने कसरत गरिरहँदा फोरमले तीन मन्त्रालयमा दाबी गरेको हो।

छलफलमा सहभागी एक नेताका अनुसार फोरमले परराष्ट्रसहित तीन मन्त्रालय मागेको छ। फोरमले दाबी गरेको सूचना तथा सञ्चार र ऊर्जा मन्त्रालयमा सत्तापक्षीय दल एमाले र माओवादी केन्द्र सहमत हुन नसक्दा सरकार र संघीय समाजवादी फोरमको पछिल्लो छलफल निष्कर्षविहीन भएको छ।

सरकारले फोरमलाई परराष्ट्रका साथै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसहित सरकारमा आउन आग्रह गरेको छ। तर, फोरमले जनतासँग जोडिएको सेवामुखी मन्त्रालय अन्तर्गत सूचना तथा सञ्चार मन्त्रालयमा दाबी गरेको छ।

पछिल्ला बैठकमा सहभागी एक नेताका अनुसार, फोरम अध्यक्ष उपेन्द्र यादवले परराष्ट्रसहित जनतासँग जोडिएक ऊर्जा र सेवासँग जोडिएको सूचना तथा सञ्चार मन्त्रालयमा बार्गेनिङ गरिरहेका छन्।

फोरमका एक नेताका अनुसार, दुई पटक उपप्रधानमन्त्रीको हैसियतमा सरकारमा सहभागी भएका कारणले उपप्रधानमन्त्री सहित सरकारमा सहभागी गराउनुपर्ने अध्यक्ष यादवको माग छ। अध्यक्ष यादवले प्रधानमन्त्रीपछिको दोस्रो वरियतामा आफूलाई राख्नुपर्ने अडान सत्तापक्षीय दलसमक्ष राखेका छन्।

‘एमाले र माओवादीको एकतापछि एउटा पार्टीले १५ मन्त्रालय पाउँदा सत्ता साझेदार दल फोरमले ३ मन्त्रालय पाउनु जायज समेत छ’, फोरमका ती नेताले भने, ‘सोही कारण परराष्ट्रसहित जनतासँग जोडिएको र सेवामूलक एक मन्त्रालय फोरमले पाउनुपर्छ।’

तर, सरकारी पक्षले परराष्ट्र सहित संघीय मामिला मन्त्रालयमा चित्त बुझाउन फोरमलाई आग्रह गरिरहेको छ। दुवै पक्षको अर्को बैठक आगामी शनिबार बस्ने तयारी गरिएको छ। सोही बैठकले नयाँ सरकारमा फोरमको सहभागितामा निर्णायक छलफल गर्ने अपेक्षा गरिएको छ।

संविधान संशोधनमा अनुदार देखिँदै आएको सत्ताको नेतृत्वकर्ता दल एमाले पछिल्लो समय संशोधनमा लचिलो देखिएको छ। संविधान संशोधन सहमतिका आधारमा गर्न सकिने एमाले र फोरमको समझदारी समेत बनेको छ। संशोधनमा सत्ता साझेदार दल माओवादी केन्द्र अगाडिदेखि नै नरम छ।

सरकार र फोरमबीच सहमति जुटेमा नयाँ सरकारले दुई तिहाइ मत प्राप्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको