उपेन्द्र यादवले अत्तो थापे पछी केपी ओली तनाबमा,ओलीलाई दुई तिहाई पुर्याउन यस्तो पर्यो सकस



सरकार र संघीय समाजवादी फोरमबीच बिहिबार बिहान भएको वार्तासमेत निष्कर्षविहीन भएको छ।

संविधान संशोधनमा सहमति जुटाएका दुवै पक्षबीचको संवाद मन्त्रालय बाँडफाँटमा गएर अल्झिएपछि वार्ताले मूर्तरुप लिन सकेन। दुवै पक्षले वार्ता सकारात्मक भएको बताउँदै चाँडै निष्कर्षमा पुगिने दाबी गरेका छन्। फोरम नेता राजेन्द्र श्रेष्ठले वार्ता सकारात्मक भएको बताउदै चाँडै टुंगोमा पुगिने दाबी गरे।

‘संशोधनमा धेरै दुरी बढेको थियो, त्यसलाई कम गर्न समेत समय लाग्छ,’ उनले भने, ‘वार्ता सकारात्मक छ, असहमति भन्ने चिज केही छैन।’

सरकारको नेतृत्वकर्ता दल एमाले र फोरम संविधान संशोधन गर्न सहमत छन्। संविधानको धारा २ सय ७४ संशोधन गर्ने र मधेसको माग सम्बोधन गर्न दुवै पक्ष सहमत रहेको सम्झौतापत्रमा दुवै पक्षबीच समझदारी बनिसकेको छ।

संशोधनमा सहमति जुटेपछि अहिले वार्ता मन्त्रालय बाँडफाँटमा केन्द्रित छ। स्रोतका अनुसार फोरम अध्यक्ष उपेन्द्र यादवले तीन मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने अडान राखेका छन्। पार्टीभित्रका प्रभावशाली नेता अशोक राई पक्षको व्यवस्थापन गर्नसमेत यादवले तीन मन्त्रालयसहित एक राज्यमन्त्रीको अडान लिएका छन्।

‘चार मन्त्रालयबाट बार्गेनिङ सुरु गरेको फोरम पछिल्लो वार्तामा तीन मन्त्रालयमा झरेको छ,’ फोरम नेता श्रेष्ठले भने, ‘अन्तिममा दुई मन्त्रालय र एक राज्यमन्त्रीमा सहमतिको मिलनबिनन्दु भेटिन सक्छ।’

सरकारले परराष्ट्रसहित एक राज्यमन्त्री लिएर सरकारमा आउन फोरमलाई आग्रह गरेको छ। अन्तिम समयमा दुई मन्त्रालय र एक राज्यमन्त्री दिएरसमेत उपेन्द्र यादवलाई सरकारमा ल्याउने तयारी सत्तारुढ दलको छ।
दुवै पक्षबीच बार्गेनिङमा कुरा नमिलेपछि वार्ता प्रक्रिया निष्कर्षमा पुग्न नसकेको बैठकमा सहभागी एक नेताले बताए।

जेठी पत्नीसँग एक हप्ता बिताउन उदितनारायण सप्तरीमा

झण्डै दुई दशकपछि चर्चित गायक उदितनारायण झा बुधबार आफ्नो जन्मस्थल सप्तरीको भारदह पुगे। गायक झा जेठी पत्नी रञ्जनासहित हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहस्थित आफ्नो घरमा बुधबार पुगेका हुन्।

स्थानीयवासी आकाशराज भण्डारीका अनुसार गायन पेशामा लागेर लामो समयदेखि भारतको मुम्बईमा बसोबास गर्दै आएपनि उहाँका दाजुभाइ भने भारदहस्थित घरमै बस्दै आएका छन्।

स्थानिय पत्रकारसँग भारदहमा छोटो कुराकानी गर्दै गायक झाले आफू एक हप्ता जन्मथलोमा बस्ने र लामो समयदेखि भेटघाट नभएका साथीभाइसँग भेटघाटसमेत गर्ने बताए। साथै मिथिला क्षेत्रमा मनाइने होली पर्वसमेत यसपालि यहीँ आफ्नो जन्मथलो भारदहमै मनाउनेछन्।

गायक उदितनारायण आफ्नो जन्मथलो आउनेबित्तिकै सबैभन्दा पहिले भारदहस्थित कंकालनी मन्दिरमा पूजापाठ गरेका थिए। सो क्रममा पूजा गर्न मन्दिर पुग्दा उहाँलाई हेर्न स्थानीयवासीको भीड लागेको थियो। मन्दिर परिसरमा पालैपालो झासँग सेल्फी लिनेहरुको पनि अत्यधिक भीड लागेको थियो।

गायक झा आएको थाहा पाउनेबित्तिकै उनीसँग भेट्न जानेहरुको घुइँचो लागेको स्थानीयवासी भण्डारीले बताए। बलिउडमा स्थापित भएपछि दीपा झासँग दोस्रो विवाह गरेलगत्तै जेठी पत्नी रञ्जनासँग झाको सम्बन्ध बिग्रेको थियो।

उदित र रञ्जनाको सम्बन्धका कारण भारतमा विवाद समेत भएको थियो। तर अहिले दुवैको सम्बन्ध सुमधुर भएको पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको