ओलीका मन्त्रीले कर्मचारीलाई भने- विदेश गएर के हेर्छौ,हिमाल हेर्ने भए पठाईदिन्छु,खराबका लागी मात्र हो म खतरा



‘गढबढ गर्ने कर्मचारीका लागि मात्रै म खतरा हुँ, राम्रो काम गर्नेका लागि म मित्रवत व्यबहार गर्छु,’ ओली सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको यो भनाई यतिबेला चर्चामा छ ।

मन्त्रीको कार्यभार सम्हालेपछि कर्मचारीलाई समयमै उपस्थित हुन निर्देशन दिँदै उनले भनेको यी शब्द सामाजिक सञ्जालमा समेत निकै भाइरल बनिरहेको छ । कुनै समय वन मन्त्री रहँदा भ्रष्टाचार गरेको भन्दै तत्कालिन ललितपुर जिल्लाका स्थानिय विकास अधिकारीलाई शौचालयमै थुनेर चर्चामा आएका यादव ओली सरकारमा शक्तिशाली मन्त्री छन् । उनी आएसँगै ‘ठग कर्मचारी’को निद हराम शुरु भएको छ ।

यता अर्का पात्र उत्तिकै चर्चामा छन् । उनी हुन् जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डित ।

‘हिमाल हेर्न मन लागे नेपालमै छ । पहाड पनि नेपालमै छ । समथर भूभाग हेर्न मनलागे तराई गए हुन्छ विदेश गइराख्नु पर्दैन,’ विदेश भ्रमणमा दौडिरहने कर्मचारीलाई सचेत पार्दै उनले भनेका थिए ।

तत्कालिन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा रहँदा सामान्य प्रशासन मन्त्री सम्हालेका पण्डितले डिभि र पिआरधारी कर्मचारीको जागिर खोसेका थिए । त्यसैकारण उनी चर्चामा थिए ।

वमगठबन्धन सरकारमा उनीहरु दुई मात्रै होइन अधिकांश मन्त्री कम छैनन् ।

सरकार विस्तारको क्रममा रहेका प्रधानमन्त्री ओली सरकार गठनको शुरुवाती चरणमा सफल देखिएका छन् ।

खासगरी विषय विज्ञ र व्यक्तिगत स्वभावको आधारमा नेताहरुलाई ‘फिट’ मन्त्री चयन गरेर ओलीले सकारात्मक शुरुवात गरेको देखिन्छ ।

कुनै समय डिभि पिआरधारी कर्मचारीलाई ‘ठेगान’ लगाएर चर्चामा आएका लालबाबु पण्डित र घुसखोरी कर्मचारीलाई शौचालयमा थुनेर चर्चित बनेका अर्का मन्त्री मातृका यादवको चयनले पनि समाजिक सञ्जालमा ओली सरकारको ‘जय–जयकार’ शुरु हुँदैछ । त्यतिमात्रै होइन विषय विज्ञताको हिसाबले समेत अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई चयन गरिएपछि पनि ओली सरकारको ‘परिपक्वतामा’ विश्वास बढ्न थालेको छ ।

यता रुसमा शैन्य विज्ञानको अध्ययन गरेर आएका माओवादी केन्द्रका प्रभावशाली नेता तथा गृहमन्त्री राम बहादुर थापा बादलको उपस्थितिले पनि ओली सरकारलाई थप बल दिएको छ ।

‘यो निकै सकारात्मक शुरुवात हो । व्यक्तिगत क्षमताका आधारमा मन्त्री चयन भएको देखिन्छ,’ एक पूर्व सचिव भन्छन्,‘अब आउने पात्रहरु पनि यसरी नै छनौट भए ५ वर्षमा मुलुकमा केही परिवर्तन पक्कै हुन्छ ।’

केही विज्ञ भने अनावश्यक रुपमा राज्य मन्त्री थप्न नहुने पक्षमा छन् । ‘यो सरकारमा राज्य मन्त्री भन्ने पद नै श्रजना गर्नु हुन्न । यो विल्कुल अनावश्यक पद हो,’ नेपाल सरकारबाट अवकास प्राप्त एक पूर्व मुख्य सचिव भन्छन्,‘मन्त्री र सचिव भए मन्त्रालय गज्जबले चल्छ । किन चाहियो राज्य मन्त्री !’

उनको सुझाव मान्ने हो भने ओली सरकारले सानो तर चुस्त टिम बनाउनु उत्तम हुन्छ । बाँकी मन्त्रालयमा पनि क्षमतावान र इच्छाशक्ति भएका नेताहरु ल्याउन सके ओली सरकारको भविष्य सुन्दर हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको