सरुवा–बढुवाका लागि चलखेल गर्दै नेताका घरमा गए भाटा हान्ने भन्दै गृह मन्त्रीले प्रहरीलाई दिए यस्तो आदेश



गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रहरी अधिकारीहरुलाई संगठनको नियम अनुसार रहन निर्देशन दिएका छन्। बुधबार प्रहरी मुख्यालयको निरीक्षणपछि बुधबार प्रहरी अधिकारीहरुलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन्।

प्रहरीको बृत्तिविकासदेखि ऐन नियमसम्म बनाउन गृहले सहयोग गर्ने, तर ‘यसका लागि दायाँबायाँ नगर्न’ पनि गृहमन्त्री थापाले प्रहरी अधिकारीहरुलाई सुझाव दिए। सरुवा–बढुवाका लागि नेताहरुको दैलो धाउने प्रबृति बढिरहेका बेला गृहमन्त्री थापाले सांकेतिक रुपमा त्यसो नगर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका हुन्।

‘बहुमतको सरकार भएकाले पहिलाको जस्तो अवस्था हुँदैन, तर यहाँहरुको सहयोग चाहिन्छ,’ थापाको भनाई उद्दृत गर्दै एक वरिष्ठ प्रहरी अधिकारीले भने ‘प्रहरीको अवस्था र इतिहासका बिषयमा मलाई जानकारी छ, तपाईहरु आफ्नो ठाउँमा रहनुहोला।’

सम्बृद्धि र विकासमा प्रहरीको निकै ठूलो भूमिमा रहने बताउँदै आफ्नो सम्बोधन सुरु गरेका थिए। प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन यही अवस्थामा १ सय २५ वर्षलाग्ने आफू देखेको बताएका थिए। उनले प्रहरी सधै अप्ठेरोमा काम गरिरहेको बताउदै मिलेर अघिबढे चाहेको उपलब्धि ५ वर्षमै प्राप्त हुने बताएका थिए।

प्रहरीलाई आवश्यक र अनिवार्य बनेका ऐ नियम बनाउने प्रक्रिया तत्काल अघि बढाउने बताएका गृहमन्त्री थापाले प्रहरीको पूर्वाधार विकास र अन्य आवश्यक साधनस्रोतका लागि समेत मिलेर बढ्ने बताएका थिए।

प्रहरी महानिरीक्षकको ब्रिफिङ
गृहमन्त्री थापालाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालले संगठनका बिषयमा करिब दुई घण्टा ब्रिफिङ गरेका थिए। अर्यालले त्यसक्रममा प्रहरीबाट गएका योजना तथा प्रस्ताव गृहमै थन्किँदा काम गर्न अप्ठेरो परेको जानकारी थापालाई गराएका थिए । उनले प्रहरीको रणनीतिक कार्ययोजना गृहमै थन्किँदा सुरक्षा चुनौतीको सामनामा कठिनाई भएको बताएका थिए।

‘गृहले हामीले पठाएका फाइल हुने भए हुन्छ, नहुने भए हुँदैन भन्ने वा के केमा सुधार आवस्यक छ त्यो भनिदिए हामीलाई सजिलो हुन्छ’ अर्यालले गृहमन्त्री बादललाई भने, ‘तर लामो समय फाइल गृहमै राखिदिँदा हामीलाई अन्योल हुन्छ।’

१४ फागुनमा पदभार ग्रहण गरेका गृहमन्त्री थापा तेस्रो दिन प्रहरी प्रधान कार्यालय नक्साल पुगेका हुन्। विहान साढे आठ बजे नै प्रहरी मुख्यालय पुगेका थापालाई प्रहरी महानिरीक्षक अर्यालले सचिवालयमा रहेको अरनिको हलमा बिस्तृत ब्रिफिङ गरेका थिए।

वरिष्ठ उपरिक्षकभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारी उपस्थित रहेको सो ब्रिफिङमा प्रहरीलाई आवश्यक सामाग्रीदेखि संघीय प्रहरी ऐन नहुँदा कामकारवाहीमा परेका अप्ठेरोका बिषयमा जानकारी गराइएको थियो।

ब्रिफिङमा उपस्थित एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार महानिरीक्षक अर्यालले विविध कारणले रोकिएको खरिद प्रक्रिया र संगठनलाई अझै मजबुत बनाउन आवश्यक रणनीतिका बिषयमा समेत जानकारी गराएका थिए।

अहिलेपनि प्रहरी मुख्यालमै रहेका गृहमन्त्री थापाले प्रहरीको केन्द्रीय कमाण्ड सेन्टर र ‘फरेन्सिक ल्याब’ को अवलोकन गर्ने कार्यक्रम छ। यस्तै सातवटै प्रदेशमा रहेका प्रदेश प्रहरी प्रमुखसँग गृहमन्त्री थापाले भिडियो ‘कन्फरेन्स कल’ गरेका थिए।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको