आतंक मच्चाउदै आएका विप्लबलाई थुन्न बादलको यस्तो आदेश,प्रहरीले जारी गर्‍यो विप्लवलाई पक्राउ पूर्जी



नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ।
कपिलवस्तु जिल्ला प्रहरीले उनका नाममा पक्राउ पूर्जी जारी गरेको त्यहाँस्थित प्रहरी कार्यालयले जानकारी दिएको छ। कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ स्थित चन्दको घरमा पक्राउ पूर्जी टाँस भएको हो।

कपिलवस्तु चन्द्रौटाका प्रहरी निरीक्षक झबिन्द्र भट्टराईका मंगलबार उनको घरमा पक्राउ पूर्जी टाँस गरेको हो।
भोजपुर जिल्ला अदालतले विस्फोट पदार्थ र ज्यान मार्ने उद्योग मुद्दामा उपस्थित गराउन पत्राचार गरेपछि कपिलवस्तु प्रहरीले उनको घरमा पक्राउ पूर्जी टाँस गरेको हो।
जिल्ला अदालत भोजपुरको आदेशबमोजिम उनको घरमा पक्राउ पूर्जी टाँस गरिएको कपिलवस्तु प्रहरीका डीएसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

यता नेकपा माओवादी केन्दका नेता गोपाल किराँतीले प्रचण्ड कम्पनीले आफ्नो समुहलाई एमालेमा लगेर बुझाएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै किराँतीले प्रचण्डले एमालेकरण गरेको माओवादी केन्द्रलाई आफूहरुले सम्हाल्ने प्रयास गरिरहेको बताए ।

माक्र्सवाद, लेलिनवाद र माओवादको सिद्धान्त, पहिचानको मुद्दा र माओवादी केन्द्र आफूहरुको भएको दाबी गर्दै किराँतीले केही दिनमा प्रचण्डको पार्टी अहिलेको माओवादी केन्द्र नरहने बताए ।
प्रचण्ड र केपी ओली कम्युनिष्ट नभएको जिकिर गर्दै उनले माक्र्सवाद र लेलिनवादको अभ्यास नै नगरेको बताए ।
“एमालेले आफ्नो सिद्धान्त कायम गरेको छ । प्रचण्ड समुहले छोडेको छ । इतिहासमा ठूलो बेइमानी भएको छ । प्रचण्ड कम्पनी एमालेकरण भएर विलयमा जाने निश्चित भएको छ । अब हामी नेकपा माओवादी केन्द्र पुर्नगठन गछौँ ।” किराँतीले भने ।

गणतन्त्र निर्माणसम्म प्रचण्ड क्रान्तिकारी भएको तर एमालेसँग सात बुँदै सहमति गरेपछि प्रचण्ड सकिएको किराँतीको तर्क छ ।
प्रचण्ड दक्षिणपन्थी काण्डमा हाम्फालेको आरोप लगाउँदै उनले जनयुद्ध शहिदको अपमान गरिएको बताए ।

आफू पदका लागि प्रचण्डसँग टाढिएको भन्ने टिप्पणीको खण्डन गर्दै किराँतीले भनेका छन्, “म सहजै मुख्यमन्त्री बन्न सक्थेँ । प्रतिनिधिसभामा पनि सुनसरी एकमा एमालेलाई छाडिदिएँ । प्रचण्डनिकट नेताहरुले राष्ट्रियसभा सदस्य बन्नका लागि पनि आग्रह गरेका थिए । मैले चाहिएन भनिदिएँ ।”

“माओवाद र पहिचानको मुद्दा छोड्ने भनेपछि मेरो दिमागले काम गर्दैन । त्यसैले दक्षिणपन्थी काण्डमा म मिल्न सकिन ।” किराँतीले भने ।
अबका दिनमा मोहन वैद्य, नेत्रविक्रम चन्द, आहुतिलगायतका नेतासँग मोर्चाबन्दी गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

आफूहरु क्रान्तिकारी खेमाको एउटा घटक बन्ने किराँतीले बताए । क्रान्तिकारी विद्यार्थी संगठनबाट माओवादी पुनर्गठनको सुरुवाता गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको