सभामुख हत्याउन प्रचण्डलाई यी चारले चार तिर बाट च्याप्दै,प्रचण्डको रोजाईमा को पर्दै?



लामो रस्साकस्सीपछि सोमबार (१४ फागुन) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका बरिष्ठतममध्येका एक नेता रामबहादुर थापा ‘बादल’ लाई गृहमन्त्रालयको जिम्मेबारी दिलाए।

‘असफल रक्षामन्त्री’ को उपमा पाएका थापालाई रक्षामन्त्रीका रुपमा चयन गर्नु प्रचण्डका लागि सजिलो होइन, निकै अप्ठेरो थियो, किनभने सबैभन्दा शक्तिशाली मानिने यो मन्त्रालयको बागडोर सम्हाल्न बर्षमान पुन, जनार्दन शर्मा जस्ता नेताहरुले पनि दाबेदारी प्रस्तुत गरिरहेका थिए।

गृह मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने निर्णय गर्न प्रचण्डलाई जति अप्ठेरो भयो, त्यस्तै अप्ठेरो माओवादी केन्द्रको भागमा परेको अर्काे एउटा महत्वपूर्ण जिम्मेवारी कसलाई दिने भन्ने विषयले पारेको छ।

त्यो हो, सभामुखको जिम्मेवारी।

एमाले–माओवादी केन्द्रबीचको राजकीय जिम्मेवारी बाँडफाँटमा माओवादी केन्द्रले पाएको सबैभन्दा उपल्लो मर्यादाक्रमको जिम्मेवारी नै यही हो। किनभने, मर्यादाक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधिसपछि सभामुख छन्।

हुन त, एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले नेता सुवाष नेम्वाङका लागि सभामुखको जिम्मेवारी पनि एमालेकै भागमा पार्ने प्रयास छाडेका छैनन्। तर, यो जिम्मेवारी आफूले प्राप्त गर्न माओवादी केन्द्रका ४ जना नेताहरुले समानान्तर प्रयास जारी राखिरहेका छन्।

त्यसैले, ओलीको प्रयासका बावजुद प्रचण्डले राष्ट्रपति र प्रधानमन्त्री एमालेले पाउने स्थितिमा सभामुखपनि एमालेले लिँदा पार्टी एकताको मनोविज्ञान अनुकूल नहुने जवाफ दिएका छन्।

सभामुखको दौडमा ओनसरी घर्ति, लेखराज भट्ट, देब गुरुङ र कृष्णबहादुर महरा छन्।

यी चारमध्ये कसैले प्रत्यक्ष रुपमा त कसैले अप्रत्यक्षरुपमा सभामुखका बन्न दावेदारी पेश गरेका छन्।

ओनसरी घर्तिमगर
सभामुखका लागि नेताहरुको दैलो चाहारेको भन्ने आरोप लागेपछि ओनसरीले आइतबार ट्वीटरमार्फत् नै आफूले त्यसरी दैलो चाहार्ने स्वभावको व्यक्ति नभएको स्पष्टिकरण दिइन्। उनले दावी गरेजस्तै यो जिम्मेवारीमा दोहोरिन नेताहरुको दैलो चाहारेकी त नहोलिन्, तर सभामुखका उनको दावेदारी नभएको चाहिँ होइन।

छोटो कार्यकालमात्र जिम्मेवारी सम्हाल्न पाएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई दोहो¥याएर जिम्मेवारी दिने तयारी एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको छ। ओली–प्रचण्डको यही तयारी नै सभामुखमा ओनसरीको दावीको आधार हो।

खासमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति भण्डारी सँगसँगै सभामुख भएकी थिइन् ओनसरी पनि। बरु राष्ट्रपति र उपराष्ट्रपति पुनको कार्यकाल अहिलेसम्म जारी छ। तर, कार्तिकदेखि नै ओनसरी सभामुखको जिम्मेवारीबाट मुक्त भइन्। त्यसैले, भण्डारी र पुनलाई दोहो¥याउने निर्णय औपचारिक रुपमा हुनासाथ ओनसरीको दावेदारीपनि सतहमा आउन सक्छ।

लेखराज भट्ट
कैलाली–४ बाट प्रतिनिधि सभामा निर्वाचित भट्टले अध्यक्ष प्रचण्डलाई नै भेटेर आफू यसपटक मन्त्री बन्न ईच्छुक नरहेको बताउँदै सभामुखको दावेदारी पेश गरेका छन्। स्रोतका भनाईमा, पार्टीका अन्य नेताहरु समक्षपनि उनले आफूलाई सभामुख बनाउन सहयोग गरिदिन आग्रह गरेका छन्। दावेदारीका लागि उनको तर्क ‘सुदुर पश्चिमले किन एकपटक पनि सभामुख नपाउने?’ भन्ने छ।

कञ्चनपुर–१ बाट अत्याधिक मतका साथ प्रतिनिधि सभामा निर्वाचित भएर आएकी बिनालाई मन्त्री बनाउने योजनामा छन्। र, प्रदेश–७ को ईञ्चार्जका हैसियतमा बिनाकै नाम सिफारिस गरिदिएर भट्टले प्रचण्डलाई रिझाउने कामपनि गरिसकेका छन्।

देब गुरुङ
एकता प्रक्रियाबाट माओवादी केन्द्रमा फर्केका गुरुङलाई सभामुख बनाउने पक्षमा गृहमन्त्री समेत रहेका बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ छन्। तर, आफ्ना मान्छेलाई धेरै काखी च्यापेको भन्ने आरोप खेपिरहेकाले पहिलेजस्तो यस पटक बादलले चाहँदैमा गुरुङले सभामुखको जिम्मेवारी पाउने स्थिति छैन। त्यसैले, गुरुङले पार्टीपंक्तिभित्र आफै आफ्नो पक्षमा लबिङ सुरु गरेका छन्।

स्रोतका अनुसार, अध्यक्ष प्रचण्ड निवासमा १० फागुनमा बसेको केन्द्रीय कार्यालयको बैठकमा देब गुरुङले आफूलाई सभामुखको दाबेदारका रुपमा प्रस्तुत गरेका थिए। त्यो बैठकमा गुरुङले आफू यसपटक मन्त्री बन्न ईच्छुक नरहेको बताउँदै जिम्मेवारी पाएको स्थितिमा आफूले काविलतापूर्वक सभामुखको जिम्मेवारी निर्वाह गर्न सक्ने दावी गरेका थिए।

कृष्णबहादुर महरा
भलाद्मी स्वभावका महराले सार्वजनिक रुपमा दावेदारी पेश नगरेपनि माओवादी केन्द्रभित्र सभामुखका सबैभन्दा बलिया दावेदार चाहिँ महरा नै हुन्। ‘सभामुख को होला’ भन्ने चर्चाबीच माओवादी पंक्तिभित्र एउटा भनाई यतिबेला भुषको आगो झैं फैलिरहेको छ, ‘नहुनेहरु मै सभामुख हुन्छु भन्दै बुरुक्बुरुक उफ्रेर हिँडिरहेका छन्। आफू हुन्छु भन्ने थाहा पाएर होला, महरा चाहिँ मौन छन्।’

अहिले पनि अध्यक्ष प्रचण्डका सबैभन्दा विश्वासिला नेता हुन् महरा। भनिन्छ कि, ओली मन्त्री मण्डलमा महरालाई नपठाइनुको कारण पनि उनलाई सभामुखकै जिम्मेवारी दिनका लागि हो। यसबाहेक एमाले–माओवादी केन्द्रबीच एकताका लागि गठन गरिएका कार्यदलहरुमा पनि महरा राखिएका छैनन्। त्यसैले, सभामुखका लागि जति दावेदार भएपनि वाजी चाहिँ महराले मार्ने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको