२ र ३ नम्बर प्रदेशमा आज मन्त्रिपरिषद विस्तार हुदै,यी हुन् मन्त्री बन्ने भाग्यमानी,माओबादीमा चर्को विवाद



प्रदेश २ मा आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदैछ। मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

संघीय समाजवादी फोरम र राजपाले ५–५ जना मन्त्रीको नाम टुंगो लगाएपछि आज मन्त्रीमण्डल विस्तार हुन लागेको हो। दुवै पार्टीले २–२ मन्त्री र ३–३ राज्यमन्त्रीको नाम टुंगो लगाएका छन्।

फोरमबाट ज्ञानेन्द्र यादव, शैलेन्द्र साह, योगेन्द्र यादव, सरोज सिंह र उषा यादवले आज पद तथा गोपनीयताको शपथ लिने मुख्यमन्त्री राउतका प्रेस सल्लाहकार आतिष मिश्रले बताए।

राजपाले आज सपथ लिने मन्त्रीको नाम भने सार्वजनिक गरेको छैन। राजपाबाट नवलकिशोर साह, मनीष सुमन, जयनुल राइन र डिम्पल झा मन्त्रीको आकांक्षी छन्। त्यस्तै, परमेश्वर साह, सुरिता साह लगायत सांसद राज्यमन्त्रीका आकांक्षी छन्।

राजपाको समर्थनमा फोरमले मुख्यमन्त्रीसहित ४ मन्त्रालय र राजपाले सभामुखसहित ३ मन्त्रालयको बाँडफाँट गरेका छन्।

फोरमबाट मुख्यमन्त्री राउत र अर्थ मामिलामन्त्री विजय यादव तथा राजपाबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा जितेन्द्र सोनलले मन्त्रालय सम्हालिसकेका छन्।

यता प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । एमालेबाट तीन र माओवादीबाट एकजना मन्त्री थपेर पौडेलले ७ सदस्यीय मन्त्रिपरिषद गठन गर्न लागेका हुन् । साँझ ५ बजे सपथग्रहणको कार्यक्रम तय भएको छ ।

मन्त्रिपरिषद बिस्तारअघि मुख्यमन्त्री पौडेलले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यसँग परामर्श गरेका थिए । त्यस्तै उनले माओवादीबाट मन्त्री हुनेको नाम संसदीय दलको नेता शालिकराम जमरकट्टेलसँग मागेका छन् ।

एमालेबाट मन्त्री हुनेमा पोलिटव्यूरो सदस्य अरुण नेपाल, रामेछापका कैलाश ढुंगेल र चितवनका दावादोर्जे लामा छन् । नेपालले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । ढुंगेल अर्थ तथा योजना मन्त्री बन्ने भएका छन् ।

एमालेका दावा दोर्जे लामाको भने मन्त्रालय तय भएको छैन । सामाजिक मामिला वा कृषि तथा सहकारीमध्ये एक मन्त्रालय माओवादीलाई दिएर अर्को लामाले पाउनेछन् । एमालेबाट यसअघि केशव स्थापित भौतिक पूर्वाधार मन्त्री भइसकेका छन् ।

माओवादीमा विवाद

माओवादीबाट मन्त्री चयन गर्ने क्रममा विवाद भएको छ । दलका नेता जमरकट्टेलले सिन्धुपाल्चोकका युवराज दुलालको नाम अघि सारेपछि अरु नेताहरु असन्तुष्ट भएका हुन् । लामो समय प्रचण्डको अंगरक्षकका रुपमा काम गरेका दुलाल अग्नि सापकोटा वनमन्त्री हुँदा स्वकीय सचिव थिए ।

कुमारी मोक्तान
माओवादीबाट कुमारी मोक्तान, राजकाजी महर्जन र विशाल खड्काको नाम मन्त्रीको लागि चर्चामा थियो । समावेशी हिसाबले पनि कुमारी मोक्तानलाई मन्त्री बनाउन माओवादीमा दबाव छ । यसअघि शालिकराम जमरकट्टेल आन्तरिक मामिला तथा कानुनमन्त्री भइसकेका छन् ।

दुलाललाई मन्त्री बनाउन प्रचण्डले निर्देशन दिएको स्रोतले जनाएको छ । पछिल्लो समय दुलाल राजनीतिभन्दा पनि व्यापार र ठेक्कापट्टामा संलग्न रहेको आरोप लागेको छ । अग्नि सापकोटा केन्द्रीय सरकारको मन्त्री नहुने भएपछि सिन्धुपाल्चोकका नेताहरुले दुलाललाई मन्त्री बनाउन प्रचण्ड निवासमा दबाव दिएको एक नेताले बताए ।

माओवादी संसदीय दलको उपनेतासमेत रहेकी मोक्तानलाई मन्त्रीको शपथका लागि तयार हुन विहानै मुख्यमन्त्री पौडेलले सूचना दिएका थिए । तर, पार्टीबाट दुलालको नाम आएपछि उनले आपत्ति जनाएकी छन् । माओवादीले महिला र जनजातिलाई अपमान गरेको आरोप मोक्तान पक्षले लगाएको छ ।

पार्टीभित्र कुमारी मोक्तान र राजकाजी महर्जन बादल समूहका हुन् । विशाल खड्का बाबुराम भट्टराई पार्टीमा हुन्जेल उनको पक्षमा थिए ।

माओवादीले पाउने दुईमन्त्री मध्ये एउटामा महिला र जनजातिलाई दिनुपर्ने माग भइरहेको छ । एमालेले भने प्रदेश ३ को जातीय क्लस्टर मिल्ने गरी एकजना नेवार, एकजना तामाङ र दुईजना खसआर्यलाई मन्त्री बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको