शेरबहादुरलाई सिध्याउन शशांकको घरमा भाते बैठक,ओलीको जिल्लामा तीन हप्ता सम्म पूर्वराजाले राज गर्ने



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले बुधबार सांसदसहित नेताहरूकाे ‘लञ्च मिटिङ’ बोलाएका छन्।
फागुन २१ गते हुने पार्टी संसदीय दलको निर्वाचन कार्यतालिका सार्वजनिक भएको सन्दर्भमा डा.कोइरालाले बिहानी खानाको व्यवस्थासहित बैठक डाकेका हुन्। टाेखास्थित अाफ्नै निवासमा उनले लञ्च बैठक बाेलाएकाे एक नेताले बताए।

पछिल्लो समय नेतृत्वविरुद्ध सार्वजनिक दिइरहेका डा.कोइराला चुनाबमा नगइ संसदीय दलको सर्वसम्मत नेता हुने प्रयासमा छन्। उनी चुनाब नलड्ने स्थितिमा संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा तथा नेता प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने स्थिति देखिएकाे छ। महामन्त्री डा.काेइराला भने चुनाब नलडी सर्वसम्मत हुन प्रयास गर्ने र अन्तिममा चुनाब हुने स्थिति भए सिंहको पक्ष लिने स्राेतहरू बताउँछन्।

‘सकेसम्म अाफैँ सर्वसम्मत हुनका लागि नेता कार्यकर्ताकाे समर्थन जुटाउने र त्यस्ताे स्थिति नबनेमा प्रकाशमान सिंहलाइ सहयाेग गरेर जाने भन्ने रणनीति बनाउन बैठक बाेलाउनु भएकाे हुनसक्छ’, ती नेताले भने।

काँग्रेस संसदीय दलको नेता चयनकाे निर्वाचन कार्यतालिका मंगलबार सार्वजनिक गरिएकाे थियाे। साेअनुसार १८ गते निर्वाचन कार्यतालिका प्रकाशन गर्ने र २० गते उम्मेदवारी दर्ता गरी २१ गते निर्वाचन गर्ने कार्यतालिका छ।

गत मंसिरमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसले पराजय व्यहोरेको थियो। त्यसको जिम्मेवारी नेतृत्वले लिनुपर्ने भन्दै सभापति देउवाको आलोचना हुँदै आएको छ।

यता पूर्व राजा ज्ञानेन्द्र शाह अर्को हप्ता झापा जाँदैछन् । पूर्वराजासंग पूर्व रानी कोमल पनि झापा जाने कार्यक्रम रहेको छ ।

पूर्वराजाको झापा बसाइबारे विस्तृतमा विवरण नदिइए पनि पूर्वराजाका संवाद सचिव फणिन्द्र पाठकले जारी गरेको विज्ञप्तिमा आगामी हप्ता झापा जाने जनाइएको हो ।

स्रोतका अनुसार पूर्वराजाको यो झापा भ्रमण सुदूरपश्चिम र मध्यपश्चिमसंगै भारत भ्रमणको श्रृंखला हो ।

स्रोतका अनुसार पूर्वराजा फागुन २० गते झापा जाने कार्यक्रम रहेको छ । भद्रपुर हुँदै झापा जाने र दमक दरबारमा बसाइ हुनेछ । पूर्वराजा र पूर्वरानी झण्डै तीन हप्तासम्म झापा बस्ने बुझिएको छ ।

सुदूरपश्चिमबाट ‘राजा फेरि शक्तिमा नआइ हुन्न’ भन्ने सन्देश पाएर हौसिएका पूर्वराजाको झापा भ्रमणले अझै अर्थ राख्ने बुझिएको छ ।

शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेका समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसंग सहकार्यको छलफल भए पनि अहिलेसम्म त्यो पूरा हुने नदेखिएपछि पूर्वराजा र पूर्वराजसंस्थामा ओलीप्रति नकारात्मक भाव देखिइरहँदा ओलीकै गृहजिल्लामा पूर्वराजा जानुलाई अझ बढी अर्थपूर्ण रुपले हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...