नक्कली नोट कारोबारीलाई समात्ने प्रहरीनै यसरी गर्छन भारतबाट नेपालमा नक्कली नोटको तस्करी,कुन-कुन बैकमा फेला पर्यो नक्कली नोट?



नक्कली नेपाली नोटको छपाइ र कारोबारमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता देखिएको छ। प्रहरीले २ जना पूर्वसुरक्षाकर्मीसहित ५ जनालाई नक्कली नोटसहित पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

महानगरीय प्रहरी वृत्त कालिमाटीले नेमा तामाङ, भेषबहादुर थापा मगर, धीरजबहादुर ठकुरी, आशिष माझी र नेमा तामाङलाई पक्राउ गरेको हो। उनीहरुमध्ये नेमा पूर्वप्रहरी हुन् भने भेषबहादुर पूर्वसैनिक भएको प्रहरीले जनाएको छ। उनीहरुबाट प्रहरीले एक हजार र ५ सय दरका नक्कली नोट बरामद गरेको छ। उनीहरुबाट साढे २२ हजार नक्कली नोट बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्जराज पोखरेलले बताए।

भारतबाट नेपालमा तस्करी
कुनै समय यस्तो थियो, नेपालबाट ठूलो मात्रामा नक्कली भारतीय रुपैयाँ भारतमा तस्करी हुन्थ्यो। पाकिस्तान लगायत विभिन्न देशबाट नेपालमा ल्याई भारतमा तस्करी हुँदै आएको थियो। भारतले पुराना नोट हटाएपछि भने त्यस्तो तस्करी रोकिएको छ।

तर, अहिले विपरीत अवस्था सिर्जना भएको छ। भारतबाट नेपालमा नक्कली नोटको तस्करी सुरु भएको छ।

प्रारम्भिक अनुसन्धानमा नक्कली नेपाली नोटको कारोबारमा ठूलै अन्तर्राष्ट्रिय समूह नै संलग्न रहेको र भारतबाट नेपालमा तस्करी गर्दै आएको खुलेको छ।
पक्राउ परेकामध्ये तामाङ गिरोहका आबद्ध व्यक्ति हुन्। उनले भारतबाट ती नोटहरु नेपालमा ल्याएका थिए। स्रोतका अनुसार एक भारतीयसँग मिलेर उनले यस्तो धन्दा सुरु गरेका हुन्। गिरोहका मुख्य नाइकेहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।

कारोबारीलाई पक्राउ गर्ने नै कारोबारमा
पक्राउ परेका पूर्वप्रहरी जवान नेमा तामाङ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा कार्यरत रहँदा नक्कली भारतीय रुपैयाँ कारोबारीलाई पक्राउ गरेका थिए। तर, अहिले उनी आफैं नक्कली नोटको कारोबारको गिरोहमा आबद्ध भएको खुलेको छ।

प्रहरीको जागिर छाडेका उनी कसरी त्यो गिरोहसम्म पुगे भन्नेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। पहिला भारतीय रुपैयाँको कारोबार गर्ने गिरोह नै अहिले नेपाली नक्कली नोट कारोबारमा संलग्न भएको हुन सक्ने प्रहरी आशंका छ।

नक्कली नोट प्रेसमा छापिएका
हाल बरामद भएका नक्कली नोट विगतमा बरामद भएका नोटभन्दा उच्च गुणस्तरका छन्। ‘झट्ट हेर्दा नक्कली नोट जस्तो देखिँदैन,’ महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी प्रदीप क्षेत्री भन्छन्,‘यी फोटोकपी गरेका नोट होइनन्, अत्याधुनिक प्रेसमा छापिएजस्तो देखिन्छ।’

फार्मेसीबाट खुल्यो रहस्य
गत आइतबार बल्खुस्थित कार्की फार्मैसीमा धनुषाका धीरबहादुर श्रीनेत ठकुरी र निगम राई औषधि किन्न गएका थिए। उनीहरुले दिएको नोटमाथि शंका लागेपछि पसलेले प्रहरीलाई खबर गरेका थिए।

उनीहरुबाट थप २ हजार नक्कली नोट बरामद भएको थियो। तर, उनीहरु नक्कली नोटको कारोबारमा संलग्न व्यक्ति होइनन्।

उनीहरुलाई ताल्सीखेलस्थित एसएस वर्कशपका सञ्चालक मनोज केसीले ती नोट दिएका थिए। प्रहरीले केसीलाई पनि पक्राउ गर्‍यो। केसीको साथबाट पनि ५ सयको एउटा नोट बरामद भयो।

अनुसन्धानको क्रममा उनी पनि नक्कली नोटका कारोबारी नभई अरुले दिएको खुल्यो। उनलाई सो रकम कपन बस्ने भेषबहादुर थापाले दिएका थिए। थापालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गर्दा उनको साथबाट १८ हजार नक्कली नोट बरामद भएको हो।

उनलाई सो रकम नेमा तामाङले दिएको खुलेको छ। भेषबहादुर र नेमा आफन्त हुन्। रक्सौलबाट नेमाले नै नक्कली नोट ल्याएर बजारमा लैजाने काम भेषबहादुरलाई दिएका थिए। प्रहरीले नेमाभन्दा माथिका व्यक्तिहरुलाई पक्राउ गर्न सकेको छैन।

बजारमा सो समूहले उच्च गुणस्तरका नक्कली नोट पनि फैलाइसकेको हुन सक्ने प्रहरी अनुमान छ। विदेशी गिरोह नै यस्तो धन्दामा लागेपछि प्रहरीका लागि पनि चुनौती बनेको छ।

बैंकमा पनि नक्कली नोट
यसैबीच, गुल्मी सदरमुकाम तम्घासस्थित ग्लोबल आइएमई बैंकमा पनि नक्कली ५ सयको नोट फेला परेको छ।

स्थानीय भगवान् सप्लायर्सका युवराज पाण्डेले बैंकमा सोमबार जम्मा गर्न ल्याएको रकम सर्टिङ गर्ने क्रममा ९४६७९६ नक्कली नोट फेला परेको बैंकका प्रबन्धक योगेन्द्र रायमाझीले बताए। सो नोटमा टाँसिएको तारलाई सहजै रुपमा कोट्याएर निकाल्न सकिन्छ। बैंकमा पहिलोपटक यसरी नक्कली नोट फेला परेको प्रबन्धक रायमाझी बताउँछन्।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको