संविधान संशोधन गर्न एमाले राजी,फोरम सरकारमा जाने टुंगो लाग्यो,यस्तो बन्यो संशोधनको ड्राफ्ट



संविधान संशोधनमा सरकार नेतृत्व गरिरहेको दल नेकपा एमाले र मधेश केन्द्रित दल संघीय समाजवादी फोरम सहमती नजिक पुगेका छन्।

फोरमलाई समेत सरकारमा ल्याउने पहल स्वरुप गरिएको पछिल्ला छलफलमा संविधान संशोधन गरेर अगाडि बढ्न एमाले सहमत देखिएको हो।

विकास र समृद्धिको मुख्य एजेन्डासहित नयाँ सरकारको नेतृत्व गरेको एमाले मधेसको राजनीतिक मुद्दालाई सम्बोधन हुनेगरी संविधान संशोधन गरी दुई तिहाइ बहुमतको सरकार चलाउने दिशामा अघि बढेको एक नेताले बताए। फोरमसहित राजपालाई समेत सरकारमा ल्याएर विश्वासमा लिँदै प्रदेश २ मा लामो समयदेखि मधेस आन्दोलनले उठाएका राजनीतिक मागलाई सम्बोधन गर्न एमालेले अग्रसरता देखाएको हो।

माओवादी केन्द्रसँगको पार्टी एकता र नयाँ सरकार विस्तारलाई सँगसँगै अगाडि बढाइरहेको एमालेले पछिल्लो समय अनौपचारिक कार्यदल बनाएर फोरमसँग निरन्तर संवाद गरिरहेको छ। एमालेबाट सुवासचन्द्र नेम्वाङसहितको टोलीले फोरमका नेतासँग भेट गरी संविधान संशोधनको मिलन बिन्दु खोज्ने प्रयास गरिरहेका छन्।

संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले एमालेसँगको छलफल सकारात्मक ढंगले अगाडि बढिरहेको बताउँदै संशोधनका लागि करिब-करिब सहमति देखिएको बताए।

‘संविधानको धारा २७४मै रहेर सहमतीको मिलन बिन्दु खोज्ने प्रयास गरिरहेको छ। दुवै पक्षबाट अनौपचारिक कार्यदलले निरन्तर गृहकार्य गरिरहेको छ। चाँडै सहमतीको फाइनल ड्राफ्ट तयार पार्छौं,’ उनले भने।

कार्यदलले तयार गरेको फाइनल ड्राफ्टमा दुवै दलका शीर्ष नेताले हस्ताक्षर गरेपछि फोरम नयाँ सरकारमा सहभागी हुने वातावरण बन्ने नेता श्रेष्ठले बताए।

संविधान संशोधनप्रति असहमती राख्दै आएको एमाले बदलिँदो शक्ति सन्तुलनसँगै संविधान संशाेधनमा लचक देखिँदै आएको छ। एमालेसँग पार्टी एकताको निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत मधेसको माग सम्बोधनका लागि संविधान संशोधन हुनुपर्ने धारणा राख्दै आएका छन्।

त्यसैको प्रयास स्वरुप संविधान संशोधनमा सहमती गर्दै फोरमलाई सरकारमा ल्याएर दुई तिहाईको सरकार बनाउने वाम गठबन्धनको योजना छ।

वाम गठबन्धनले नयाँ सरकारमा परराष्ट्र मन्त्रालयसहित सरकारमा सहभागी हुन फोरम अध्यक्ष उपेन्द्र यादवलाई ‘अफर’ गरिसकेका छन्।

फोरम अध्यक्ष यादवले नयाँ सरकारमा सहभागी हुन संविधान संशोधनमा लिखित सहमती माग गरेपछि दुवै पक्षबाट अनौपचारिक कार्यदलले सहमतीको प्रयास जारी राखेको हो।

संशोधनको मूल विषयमा वाम गठबन्धन र फोरमका शीर्ष नेताबीच सहमती बनेपछि दुवै पक्षका कार्यदल सहमतीको अन्तिम ‘ड्राफ्ट’ तयारीमा जुटेको छ।

‘आज बेलुकासम्म सहमतीको अन्तिम ड्राफ्ट बनाउने तयारी गरेका छौं। संशोधनमा दुवै पक्ष सहमती नजिक छौं,’ कार्यदलमा सहभागी एमालेका एक नेताले भने।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको