नवराज सिलवाललाई गृह राज्यमन्त्री बनाउन ओलीले थाले यस्तो कसरत,मात्रिका यादव संग को-को तर्सिए?



प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वडीर्आजी समेत रहेका सांसद नवराज सिलवाललाई गृहराज्यमन्त्री बनाउन छलफल सुरु गरेका छन् ।

ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद सिलवाललाई गृह राज्यमन्त्री बनाउन प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत छलफल गरेको ओली निकट एक स्रोतले जानकारी दियो । स्रोतका अनुसार माओवादी नेता रामबहादुर थापा बादलले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै ओलीले प्रचण्ड र बादलसँग सिलवाललाई गृह राज्यमन्त्री बनाउने प्रस्ताव गरेका हुन् । अर्कोपटकको मन्त्रिमण्डल विस्तारका क्रममा सिलवाललाई गृह राज्यमन्त्रीको सपथग्रहण गराउने तयारीमा प्रधानमन्त्री ओली रहेको बालकोट स्रोतले बतायो ।

यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादल भने गृह मन्त्रालय आफ्नो पार्टीको भागमा परेपछि राज्यमन्त्री पनि आफुहरुले पाउनुपर्ने अडानमा छन् । एउटै मन्त्रालयअन्तर्गत मन्त्री र राज्यमन्त्री फरक–फरक पार्टीको हुँदा समस्या हुने माओवादीको निश्कर्ष छ ।

डिआईजीको कार्यसम्पादन मूल्यांकन किर्ते गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरेपछि सिलवाल पछिल्लो समय भूमिगत अवस्थामा छन् ।

उता माओवादीका तर्फबाट सरकारको नेतृत्व गरेका गृहमन्त्री रामबहादुर थापा बादलले गृहमन्त्रालयमा कार्यभार सम्हाल्दै करिब २० मिनेट अर्तिउपदेश दिएका छन्।

उनले गृह मन्त्रालयका कर्मचारीहरुलाई राखेर २० मिनेटसम्म अर्तिउपदेश दिएका थिए।

उनले राजनीतिक स्थायित्व सरकारको पहिलो प्राथमिकता रहेको बताएका थिए। उनले शन्ति सुशासन कायम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

उनले गृहमन्त्रालयका हरेक सदस्यले शान्ति सुरक्षाको अवस्था सुधार्न ठूलो भूमिका खेल्ने आशा पनि गरेका थिए। उनले भने, ‘शान्ति सुरक्षा व्यवस्था मजबुत बनाउन तपाईँ हामी मिलेर अघि बढ्नुपर्छ,’ उनले भने।

नेपालमा शान्ति सुरक्षाको अवस्था मजबुत भयो भने अरुले पनि त्यसबाट पाठ सिक्ने उनले बताए। उनले विगतमा गृह मन्त्रालयमा रहेका मन्त्रीहरुले राम्रो काम गरेको र आफूले त्यसलाई पूर्णयता अवलम्बन गर्ने पनि बताए।

मात्रिका यादव संग को-को तर्सिए

नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादव फेरि मन्त्री बनेका छन् । उनी केपी शर्मा ओली कम्पनीका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका हुन् ।

उनले सोमबार सपथग्रहण गरे । अनि पहिलो दिन नै क्रमभंगता गरे ।

प्रधानमन्त्री तथा मन्त्रीले पदबहालीको क्रममा एउटा निर्णयमा हस्ताक्षर  गर्नुपर्ने चलन छ ।

उनले ढुवानी पारबहन सम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुथियो ।

तर मानेनन् । उनले पहिले पढेर मात्र हस्ताक्षर गर्ने अडान लिए । एक किसिमले यो राम्रो पनि हो । ज्ञान नभइ हस्ताक्षर गर्नुको तुक नै रहँदैन ।

उनी यसै पनि हठी स्वभावका छन् । उनी वन मन्त्री हुँदा १० वर्षअघि स्थानीय विकास अधिकारी एलडीओलाई ट्वाइलेटमै थुनेका थिए ।

यस्तो थियो घटना –उनले त्यो बेलामा ललितपुरका एलडीओलाई ट्वाइलेटमै थुनिदिए । त्यसपछि मच्चियो विरोध । यादवको विरोधमा अहिलेको सत्तासाझेदार एवं पार्टी एकताधारी नेकपा एमाले र नेपाली काँग्रेसनिकट कर्मचारी संगठनले मन्त्रालयमा धर्ना दिएर काममै अवरोध भएका थियो ।  

ललितपुरको एउटा सामुदायिक वनमा गैरकानुनी ढंगले ढुंगाखानी सञ्चालन भइरहेको थियो । स्थानीयले विरोध गरे तर टेरिएन । मन्त्री यादवले थाहा पाए । 

अनि यही विषयमा सोधपुछ गर्न मन्त्री यादवले स्थानीय विकास अधिकारी लगायतका सरोकारवालाहरुलाई मन्त्रालयमै बोलाए । 

वातावरणमा असर परिरहेकोले कानुन अनुसार ढुंगाखानी बन्द गर्नलाई मन्त्री यादवले ती एलडीओलाई भने । तर उनले टेरेनन् । 

एलडीओ झन् बाझेछन् । अनि के चाहियो र त्यो समयअघि नै अंगरक्षक सेनालाई समेत थुनिसकेका यादवले एलडीओलाई पनि ट्वाइलेटमा थुनिदिए । 

यादव त्यसबेला जति बदनाम भए त्यति नै उनले आफू राम्रो काम गर्न अवरोध गर्नेलाई पनि त्यसै गर्ने सन्देश दिए ।

तर मन्त्रीजस्तो व्यक्तिले हरेक निर्णयमा यस्तै सनकपन देखाउँदा राजीनामा नै दिनुपरेको थियो ।

यसपटक कस्तो काम गर्लान् त उनले ? १० वर्षअघिको पारा देखाउलान् कि सुधारोन्मुख प्रदर्शन भन्ने चासो बढेको छ ।

उनले सोमबार नै मन्त्रालयको काम कारबाहीलाई जनमुखी र प्रभावकारी तुल्याउन सामूहिक सहकार्य हुनुपर्ने बताएका छन् ।

सोमबार सिंहदरबारमा पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले समन्वयका साथ अधिकार र कर्तव्यबोधलाई ध्यान दिएर देश र जनताका पक्षमा काम गर्नुपर्ने खाँचो औँल्याए ।

यो सचेतना पनि हो र चेतावनी पनि हो । तर उनले भनेका छन् ‘अहिले भाषण हैन काम गर्ने बेला हो, मलाई गलत हुनबाट रोक्नुहोला, बेलैमा सजक गराउनुस्, हामी सबै मित्रवत् व्यवहारका साथ मन्त्रालयलाई नमूना बनाउनेतर्फ अघि बढौँ ।’, उनले भने ।

उनले आफू मित्रवत् व्यवहारका साथ मन्त्रालयको काम कारबाही सम्पादन गर्ने उल्लेख गर्दै अनुशासन तोडेर गढबड गर्नेका लागि मात्र आफू खतरा भएको र त्यसका लागि कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।

मन्त्री यादवको रवैया कस्तो हुने हो केही समय त पक्कै कुर्नु बेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको