उपेन्द्र यादवलाई फकाउन ओली सक्रिय,आजै अबेर सम्ममा उपेन्द्र सहितका अन्यले मन्त्रीको सपथ खाने यस्तो छ तयारी



सरकारले संविधान संशोधनको ठोस आधारसहित दुई मन्त्रालय दिएपछि सरकारमा जाने मनस्थिति बनाएको संघीय समाजवादी फोरमलाई मनाउने कसरत मंगलबारदेखि तीव्र बनाउने भएको छ।

फोरम सरकारमा आउने समझदारी बलियो बनेपछि सोमबार एमाले र माओवादीका तर्फबाट चार मात्रै मन्त्री थपेका प्रधानमन्त्री केपी ओलीले मंगलबार यादवलाई सरकारमा ल्याउने प्रयास स्वरुप आफ्नै पार्टी, माओवादीका शीर्ष नेता र फोरम अध्यक्ष उपेन्द्र यादवसँग आन्तरिक छलफल गर्ने भएका छन्।

फोरमका अध्यक्ष यादवले सरकारले संविधान संसोधनको आफ्नो माग पुरा भएमा र एक मन्त्री तथा एक राज्य मन्त्री दिएमा सरकारमा जाने संकेत गरेका छन् ।

प्रधानमन्त्री ओली र यादवबीच सोमबार शितल निवासमा थप मन्त्रीले सपथ खानु पहिले बालुवाटारमा लामो छलफल भएको थियो।यादवलाई सरकारमा ल्याउने पहल माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि गरिरहेका छन्।

यादवले दुई मन्त्री मागेपछि एमाले र माओवादीलाई आफ्नो भागमा परेका मन्त्री कटौती गरेर दिन सकस भएको बुझिएको छ।पहिले एक मन्त्री मात्रै भए पुग्ने संकेत गरेका यादवले अहिले दुई मन्त्री चाहिने प्रस्ताव गरेपछि एमाले वा माओवादी कसको भागबाट कटौती गर्ने भन्नेबारे अन्यौल सुरु भएको छ ।

स्रोतका अनुसार एमालेको भागमा परेका १० मध्ये एक मात्रै मन्त्री यादवको पार्टीलाई दिन तयार छ र अर्को मन्त्री माओवादीले दिनु पर्ने मनस्थिति बनाएको छ ।

तर आफ्ना भागमा सात मात्रै मन्त्री परेकाले माओवादी एमालेको चाहना अनुुसार मन्त्री कटौती गर्न चाहन्न।
त्यसबारे एमाले र माओवादीमा नयाँरुपबाट छलफलको आवश्यकता रहेका स्रोत बताउँछ र त्यो सम्भवत मंगलबार नै सुरु हुने श्रोतको विश्वास छ।

सरकारमा जाने या नजाने भन्‍नेमा निधो दिन नसकेको संघीय समाजवादी फोरमले आफूलाई दुई मन्त्री चाहिने प्रस्तावअघि सारेपछि सरकारको पूर्वयोजना अनुसार सोमबार मन्त्रीपरिषद् विस्तार गर्न सकस भएको छ।

विशेषगरी प्रधानमन्त्री केपी ओलीले फोरम अध्यक्ष उपेन्द्र यादवलाई एक मन्त्री दिने प्रतिवद्धतासहित सरकारमा सहभागि हुन पटक पटक आग्रह गरेपनि यादवले दुई मन्त्री र संविधान संसोधनको मागमा अडान राखेपछि मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भएको हो।

श्रोतका अनुसार आफ्नो भागमा परेको १० मन्त्रीमध्ये एक मन्त्री यादवको पार्टीलाई दिने र त्यसमा सहमत भए सोमबार नै मन्त्रीपरिषद्लाई पूर्णता दिने मनस्थितिमा थियो।तर दुई मन्त्री चाहिने यादवको प्रस्तावले एमालेपछि हट्नु परेको छ।

यता, उसले माओवादीलाई प्रस्ताव गर्न थालेपछि माओवादीले पनि त्यो प्रस्ताव अस्वीकार गरेको श्रोतले बतायो। यादवको प्रस्तावबारे नयाँ रुपबाट छलफल गर्नु पर्ने भएको र त्यो सोमबार नै संभव नभएपछि एमालेका दूई र माओवादीका दुई मात्रै मन्त्रीले सपथ खाएको श्रोतको भनाई छ।

‘एमालेले आफ्नै भागबाट एक मन्त्री कटौती गर्दै उपेन्द्रले यादवलाई दिन तयार थियो तर यादवले सरकारमा आउन संविधान संसोधनको माग पुरा गर्नेमा ठोष आधार तयार पार्न रदुई मन्त्री दिन प्रस्ताव अघि सार्नु भएको छ,’ श्रोतले भन्यो,‘ आफूले एक मन्त्री दिए यदावलाई अर्को मन्त्री माओवादीले दिए हुन्थ्यो भन्ने मनस्थिती एमालेले बनाएको छ जुन माओवादीले चाहेको छैन।’

यादवले संविधान संसोधनको आफुहरुको माग पुरा भएमामात्रै सरकारमा जाने सार्वजनिक अभिव्यक्ति दिएपनि भित्र भने उनले दुई मन्त्रीका पाउने की नपाउने विषय प्राथमिकतामा राखेर छलफलमा आउने गरेको राखेको श्रोत बताउँछ ।

शीतल निवासमा चार मन्त्रीको सपथ लगत्तदै यादवले आफ्ना एक निकट नेतालाई फोरमलाई एक मन्त्री र अर्को राज्य मन्त्री दिएमा मंगलबारनै सरकारमा जाने निर्णय गर्ने समेत बताएका छन्।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको