चार मन्त्रीले खाए सपथ,मगलबार फेरी क्याबिनेट बिस्तार हुदै,उपेन्द्र यादबले पाउने भए यी दुई मन्त्रालय



प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । एमाले र माओवादीका ४ जना मन्त्रीले सपथ लिएका हुन् ।
एमाले महासचिव ईश्वर पोखरेल रक्षामन्त्री भएका छन्। पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष युवराज खतिवडा अर्थमन्त्री बनेका छन्।
प्रधानमन्त्री भए लगत्तै ओलीले युवराज खतिवडालाई राष्ट्रिय सभामा मनोनयन गरेका थिए।
माओवादी केन्द्रका रामबहादुर थापा ‘बादल’ले गृहमन्त्री र मातृका यादवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको रूपमा सपथ लिएका छन्।

उता संघीय समाजवादी फोरम नेपाल सरकारमा जाने लगभग पक्का पक्की भएको छ । संविधान संशोधनमा सत्ता पक्षीय दल सकारात्मक भएपछि संघीय समाजवादी फोरम नयाँ सरकारमा जान तयार भएको हो ।

विहान बालुवाटारमा पौने घण्टा छलफल भयो, फोरम अध्यक्ष उपेन्द्र यादवसँगै बैठकमा गएका एक नेताले भने, ‘संविधान संशोधनबारे लिखित सहमति गर्नका लागि कार्यदल बनाउने कुरा भयो । सरकारमा जाने विषयमा मौखिक कुरा भयो ।’

बैठकमा फोरम अध्यक्ष यादवले स‌ंविधान संशोधनबारे लिखित सहमति हुनु पर्ने कुरा राखे । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले फाेरम अध्यक्ष यादवले राखेको प्रस्तावलाई सकारात्मक भन्दै कार्यदल बनाउने कुरा गरे ।

फोरमले दुई मन्त्रालय मागेको छ । परराष्ट्र र शिक्षा । फोरमका ति नेताले भने, ‘अध्यक्ष एक्लै जाने कुरा भएन । परराष्ट्र र शिक्षाको कुरा भएको छ । सरकारमा गए अध्यक्ष परराष्ट्रमन्त्री हुने पक्का हो । शिक्षामा कसलाई पठाउँछ थाहा छैन ।

‘आवश्यकता हेरेर संविधान संशोधन गर्दै जाने विषयमा सहमति पनि जुट्यो, बैठकमा सहभागि एमाले नेताले भने, ‘अब उपेन्द्रजी पनि सरकारमा आउनुहुन्छ ।’

बालुवाटारबाट निस्केपछि पदाधिकारी बैठक
बालुवाटारबाट निस्केपछि फोरम अध्यक्ष उपेन्द्र यादवले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाए । मोबाइल नै अफ गरेर नेताहरु तीनकुनेस्थित पार्टी कार्यालयमा छलफलमा जुटेका छन् ।

यो मन्त्री पठाउने बैठक हो कि कार्यदल बनाउने बैठक ? जवाफमा फोरमका एक नेताले भने, ‘संविधान संशोधन लगायतका विषयमा लिखित सहमति गर्ने खाका तयार पार्न कार्यदल बनाउने भनिएको छ । कार्यदलको लागि नै बैठक बसेको हो ।’ सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, नेता राम सहाय यादव रहेको कार्यदल बनाउने तयारी यसअघि नै थियो ।

ति नेताले भने, ‘सकभर सोमबारै नभए । मंगलबारसम्म मन्त्री पठाउने कुरा हुन्छ होला ।’ अब प्रधानमन्त्री ओलीले फोरमको सहभागिता पछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने कि फोरमलाई तेस्रो पटकको पार्ने निधो फोरमकै पदाधिकारी बैठकको निर्णय पछि यकिन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको