कलाकारको भेषमा राजेन्द्र खड्गीले यसरी गरे मानब तस्करी,कोरियन पुलिसले पाता कस्न नेपाल प्रहरीलाई माग्यो यस्तो सहयोग



हाम्रो इकोनोमि

कलाकार राजेन्द्र खड्गी मुछिएको मानवतस्करी मुद्दामा कोरियन नागरिकहरुको समेत संलग्नता भेटिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यसका लागि कोरियन प्रहरीसँगको सहकार्यमा अनुसन्धान गर्ने भएको छ।

फिल्मको सुटिङका लागि भनेर दूतावासबाट भिसा लिएर दक्षिण कोरिया गएका युवाहरु उतै बेपत्ता भएपछि काठमाडौंस्थित दक्षिण कोरियन दूतावासले प्रहरीमा जाहेरी दिएको थियो। सोही आधारमा सिआइबीले खड्गीलाई माघ २५ गते पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

खड्गीले कोरिया गएका युवाहरु नफर्किए आफू जिम्मेवार हुने भन्दै दूतावासमा कागज गरेका थिए। सोही आधारमा सिआइबीले उनलाई पक्राउ गरेको हो।

सिआइबी स्रोतका अनुसार खड्गीले एक नेपाली र दुई कोरियन नागरिकको नाम लिएका छन्। हाल दक्षिण कोरियामै रहेका खड्गीका साथी नेत्रबहादुर रानाले मानवतस्करीमा सघाएका थिए। उनी लगायत कोरियनलाई पक्राउ गर्न सिआइबीले इन्टरपोलमार्फत कोरियन प्रहरीसँग अनुरोध गरेको हो।

त्यस्तै अन्य दुई जना कोरियनको नामसमेत खुलेको छ। ती कोरियनहरु नेपाल आएका थिए। कोरियामा भागेका नेपालीहरुलाई त्यहाँको प्रहरीले खोजी गरिरहेको सिआइबीका एसपी जीवनकुमार श्रेष्ठले बताए।

व्यापारीसँग फिरौती लिएर भाग्दाभाग्दै पक्राउ

बच्चा अपहरण गरिदिने भन्दै एक व्यवसायीलाई धम्काएर फिरौती असुल्ने व्यक्ति पक्राउ परेका छन्। तनहुँको रिसिङ घर भएका तिल बहादुर सारुलाई प्रहरीले पक्राउ गरेको हो।

उनले ब्यासमा हार्डवेयर पसल चालाउने भुपाल आलेलाई धम्काएर १५ लाख रुपैयाँ मागेका थिए। पैसा नदिए बच्चा अपहरण गर्ने भन्दै फोनबाट धम्की दिएका थिए। धम्की दिएलगत्तै उनले फोन अफ गर्दथे । तर्साउनका लागि उनले आलेको गाडी समेत एकपटक तोडफोड गरी ‘यो संकेतमात्र हो, तेरो घर नै बम हानेर उढाइदिन्छु’ भन्दै आतंकित बनाएका थिए।

आलेले प्रहरीमा उजुरी गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। १२ गते राती ब्यासको शान्तिनगरस्थित झोलुङगे पुलमा पैसा लिएर आउन निर्देशन दिएका थिए। सोही अनुसार आलेले २ लाख रुपैयाँ लगेर दिएका थिए। पैसा भएको झोला लिएर भाग्न लाग्दा प्रहरीले उनलाइ पक्राउ गरेको हो। अभियुक्त सारुलाई अपहरण मुद्दामा कारबाही अघि बढाइएको तनहुँका एसपी उमेशराज जोशीले बताए।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...