ओली र प्रचण्डले गुपचुप राखे पनी आज सपथ खाने चार मन्त्रीको नाम बाहिरियो,सरकारले आजै पूर्णता नपाउने



बहुप्रतिक्षित मन्त्रिपरिषदको विस्तारले आज पनि पूर्णता नपाउने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज एमालेबाट थप २ जना र माओवादी केन्द्रबाट २ जनाको मात्र सपथ ग्रहण हुनेछ ।

एमालेबाट महासचिव ईश्वर पोखरेल र डा. युवराज खतिवडा र माओवादी केन्द्रबाट रामबहादुर थापा र मातृका यादवको मात्र सपथ हुने भएको छ । माओवादीबाट यस अघि नै अध्यक्ष प्रचण्डले पार्टीबाट मन्त्री हुने ७ जनाको नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाए पनि उपेन्द्र यादव पनि सरकारमा आउन सहमत भएपछि थप केही दिन लाग्ने भएको छ ।

माओवादी केन्द्रले नयाँ सरकारमा तत्काल रामबहादुर थापा बादलसहित दुई मन्त्री मात्र पठाउने तयारी गरेको छ। मन्त्रालय बाँडफाँटको अन्तिम टुंगो नलागेको र मन्त्रीहरुका आकांक्षी धेरै देखिएपछि माओवादीले पहिलो चरणमा दुई जनालाई मात्र सरकारमा पठाउने तयारी गरेको हो।

माओवादी केन्द्रबाट सरकारको नेतृत्व गर्ने बादललाई गृहमन्त्रीका रुपमा सरकारमा पठाउने तयारी गरिएको छ। मात्रिका यादवले समेत आजै मन्त्रीको सपथ लिने माओवादीका एक नेताले बताए। मात्रिकालाई उद्योग वाणिज्य वा वन मन्त्रालय मध्ये एक दिने तयारी गरिएको छ। राष्ट्रपति कार्यालयमा अपराह्न ३ देखि ४ बजे मन्त्रीहरुको सपथको कार्यक्रम छ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरुलाई ‘सप्राइज’ दिइएको रहस्य बाहिरिएको छ । प्रधानमन्त्री बनेका ११ दिनपछि सरकार गठनको तयारी गरेका अध्यक्षद्वय ओली र प्रचण्डले मन्त्रालयको भागबन्डा गुपचुप राखेर नेताहरुलाई सपथ लिनका लागि बोलाएका छन् ।

केहि दिनअघि एमाले र माओवादीले मन्त्रालय टुङग्याएमा समाचार सार्वजनिक भएपनि ओली–प्रचण्डले कुन मन्त्रालय कसलाई भन्ने खबर अझैं गुपचुप राखिएको स्रोतले जानकारी दियो । ‘केहि दिनअघि मन्त्रालय बाँडफाँड गरे भन्दै आएको समाचार झुटो हो’ स्रोतले गर्दै भन्यो ‘नेताहरुलाई सपथ ग्रहणमा निम्ता गरिएको छ तर कुन मन्त्री को भन्ने कुरा अध्यक्षद्वयलाई बाहेक बाहिरि आएको छैन् ।’

एमाले र माओवादीले नेताहरुलाई समथ कार्यक्रममा बोलाएका छन् । कसले कुन मन्त्रालय पाउने त्यँहि नै जानकारी दिने ओली–प्रचण्डको तयारी छ । बिगतमा अगाडी नै मन्त्रालय भागबन्डा गर्दा विवाद आएका कारण पनि अहिले कसैलाई जानकारी नदिइएको बालुबाटार स्रोतले जानकारी दियो ।

केहि दिनअघि एमालेलाई अर्थ तथा योजना, परराष्ट्र, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना सञ्चार, कानुन न्याय तथा संसदीय मामिला, पर्यटन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माओवादीलाई गृह, जलस्रोत तथा ऊर्जा, उद्योग, वाणिज्य तथा आपूर्ति शहरी विकास आवास खानेपानी तथा सरसफाइ, वन तथा वातावरण, कृषि सहकारी तथा भूमि व्यवस्थापन र श्रम तथा रोजगार तथा महिला बालवालिका भागबन्डामा परेको सूचना बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको