ओली संग उपेन्द्रको मिलेन कुरा,केपीले अत्तो थापे पछी प्रचण्डले आज बादल र मात्रिकालाई मात्र मन्त्री बनाउने



माओवादी केन्द्रले नयाँ सरकारमा तत्काल रामबहादुर थापा बादलसहित दुई मन्त्री मात्र पठाउने तयारी गरेको छ। मन्त्रालय बाँडफाँटको अन्तिम टुंगो नलागेको र मन्त्रीहरुका आकांक्षी धेरै देखिएपछि माओवादीले पहिलो चरणमा दुई जनालाई मात्र सरकारमा पठाउने तयारी गरेको हो।

माओवादी केन्द्रबाट सरकारको नेतृत्व गर्ने बादललाई गृहमन्त्रीका रुपमा सरकारमा पठाउने तयारी गरिएको छ। मात्रिका यादवले समेत आजै मन्त्रीको सपथ लिने माओवादीका एक नेताले बताए। मात्रिकालाई उद्योग वाणिज्य वा वन मन्त्रालय मध्ये एक दिने तयारी गरिएको छ। राष्ट्रपति कार्यालयमा अपराह्न ३ देखि ४ बजे मन्त्रीहरुको सपथको कार्यक्रम छ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी तत्काल सरकारमा जाने परिस्थिति बनिनसकेको प्रष्टोक्ति दिएका छन्। संविधान संसोधन लगायत राजनीतिक विषयमा सहमति नजुट्दासम्म आफ्नो पार्टी सरकारमा जाने सम्भावना नरहेको बताएका यादवले तत्काल सहमति हुने सम्भावना नरहेको जानकारी पनि दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्ने मन्त्री मण्डल विस्तारमा अध्यक्ष यादव परराष्ट्र मन्त्रालय सहित सरकारमा जाने चर्चा व्याप्त छ। परराष्ट्रका अलावा संघीय फोरमले संघीय मामिला र सामान्य प्रशासन मन्त्रालयका साथै उपसभामुखको जिम्मेवारी पनि पाउने हल्ला चलेपनि तत्काल यो सम्भावना नरहेको अध्यक्ष यादवले बताएका छन्।

‘हामी सरकारमा जाने भनेको राजनीतिक सहमति जुटेपछि मात्र हो, हाम्रा मुद्दामा एमाले सहमत भएपछि मात्र सहमति हुन्छ’ अध्यक्ष यादवले भने, ‘संविधान संसोधनका विषयमा एमालेसँग कुराकानी त चलिरहेको छ। तर सहमति जुटेको छैन। कम्तिमा आजै हामी सरकारमा जाने वातावरण निर्माण भएको छैन।’

फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार, संविधान संसोधनका लागि अघिल्लो हप्ता पटक पटक वार्ता भएपनि शुक्रबारयता एमालेसँग कुनै तहको वार्ता भएको छैन। त्यसमध्ये एमाले–माओवादी केन्द्रको एकता संयोजन समिति बैठक बसिरहेका बेला अध्यक्ष नै बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरेका थिए।

त्यसको भोलिपल्ट एमाले नेता सुवाष नेम्वाङको अगुवाईमा एमाले–संघीय समाजवादी फोरमसँग वार्ता भयो। कार्यदलस्तरीय वार्ता भएपनि संघीय फोरमबाट बरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र महासचिव रामसहाय यादव सहभागी थिए। फोरमले अघि सारेका मागका विषयमा शुक्रबार फेरि बैठक बस्ने सहमति दुई पक्षबीच भयो।

दुबै पार्टीका नेताहरुले वार्ताबारे आआफ्ना अध्यक्षलाई जानकारी गराउने र शुक्रबार बैठक बस्ने निर्णय गरेका थिए। अध्यक्ष ओलीसँग छलफल गरेर एमाले टोलीले संघीय समाजवादी फोरमका नेताहरुलाई जानकारी गराउनु पर्ने थियो। तर, शुक्रबार यता एमाले टोलीले संघीय समाजवादी फोरमको टोलीलाई बैठकका लागि नै बोलाएको छैन।

‘वामगठबन्धनसँग हामी सहकार्य गर्न तयार छौं, तर हाम्रो माग अनुसार संविधान संसोधन गर्ने सर्तमा मात्र’ अध्यक्ष यादवले भने, ‘हामी सरकारमा जाने भनेको हाम्रो मुद्दा कार्यान्वयनका लागि हो, मुद्दा छाडेर सरकारमा जाने पक्षमा हामी छैनौं

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको