४ बजे मन्त्रीहरुको सपथ ग्रहण हुने,उपेन्द्र यादबलाई परराष्ट्र दिन ओली प्रचण्ड राजी,यी हुन् अरु मन्त्रीका नाम



आज साँझ मन्त्रिपरिषद् बिस्तार गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथको लागि राष्ट्रपतिको कार्यालय शीतल निवासमा जानकारी गराइसकेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री ओलीबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ । ओली र प्रचण्डले छलफल गरेपछि मात्रै मन्त्रीहरुको नाम सार्वजनिक गरिने बालुवाटार स्रोतले जानकारी दियो । स्रोतका अनुसार ओलीले एमाले नेता माधव नेपाल र झलनाथ खनाललाई पनि छलफलका लागि बालुवाटार बोलाएका छन् ।

ओली र प्रचण्डबीच संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने बिषयमा पनि छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । फोरमका अध्यक्ष उपेन्द्र यादव आए परराष्ट्रमन्त्री बनाउन पनि ओली र प्रचण्ड सहमत छन् । फोरमलाई एक मन्त्री र एक राज्यमन्त्री दिने तयारी छ । तर फोरमले दुई मन्त्रालय मागेको छ ।

मन्त्रालयको करिव करिव टुंगो लागिसके पनि कतिपय मन्त्रालय र मन्त्रीहरुको नाममा प्रधानमन्त्री ओली र प्रचण्डको चासो भएकाले अध्यक्षद्वयले एमाले र माओवादीबाट सिफारिस भएको नामको अन्तिम टुंगो लगाउने माओवादी स्रोतले खबरडबलीलाई जानकारी दिएको छ ।
माओवादीबाट रामबहादुर थापाको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । थापालाई गृह मन्त्रालय दिने स्रोतको दाबी छ ।

 

सोमवार अपरान्ह नयाँ मन्त्रीहरुको सपथग्रहण हुने सूचना राष्ट्रपति भवन शीतल निवासमा अनौपचारिकरुपमा पुगिसक्दा पनि एमालेबाट मन्त्री बन्ने प्रवल सम्भावना भएका नेताहरुलाई समेत सपथग्रहणको लागि तयार रहनू भन्ने खबर आएको छैन । सम्भावित मन्त्रीहरु तयारी अवस्थामा छन्,तर पार्टीबाट मन्त्री बन्नेहरुको सूची प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कसैलाई शेयर गरेका छैनन् ।

जसरी पहिलो चरणमा लालबाबु पण्डित र थममाया थापामगर मन्त्री बने त्यसैगरि कतिपय मन्त्रीहरुको छनौट सरप्राइज ढंगले हुनसक्ने ओली निकट नेताहरु बताउँछन् । एमालेबाट बढीमा ८ जना मन्त्रीले सपथग्रहण गर्नेछन्, जसमध्ये कम्तिमा दुई वा तीन पदाधिकारीसमेत हुनेछन् ।

स्रोतका अनुसार महासचिव ईश्वर पोखरेल अर्थमन्त्री बन्नेछन् । यद्यपी सचिव प्रदिप ज्ञवालीले पनि अर्थमै दावी छाडेका छैनन् । ज्ञवालीलाई प्रधानमन्त्रीले परराष्ट्र मन्त्री बनाउन खोजे पनि उनले अर्थको दावी नछाडेको बालुवाटार सम्बद्ध उच्च स्रोतले जनायो । महासचिव पोखरेल र प्रदीप ज्ञवाली दुवैजना मन्त्री बन्ने भने निश्चित भएको छ ।

अर्का सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराईलाई पनि मन्त्री बनाउने सन्दर्भमा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग आइतवार परामर्श गरेको स्रोतले जनाएको छ । नेपालले मन्त्री बनाउनुपर्ने भनेर दिएका केही नामप्रति ओली असहमत छन् ।

योगेश भट्टराईलाई सूचना तथा सन्चार प्रविधि मन्त्रालय दिने अनुमान गरिएको छ । एमालेका पदाधिकारीहरुमध्ये अहिलेसम्म मन्त्री नबन्ने योगेशमात्र हुन् । त्यस्तै लगातार तीन पटक सांसद चुनाव जितेका युवा नेता रविन्द्र अधिकारी पनि ओली सरकारको क्याबिनेटमा समेटिने भएका छन् । संसदको विकास समिति सभापति हुँदा गरेको कामको अनुभवका आधारमा उनले भौतिक पूर्वाधार मन्त्रालयको अपेक्षा गरेको बताइन्छ ।

एमालेबाट मन्त्री बन्नेमा पोलिटव्यूरो सदस्य भानुभक्त ढकालको नाममा पनि छलफल भइरहेको छ । त्यस्तै प्रदेश ७ बाट तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरलाई पराजित गरेर दोस्रो पटक सांसद भएका प्रेम आलेलाई मन्त्री बनाउनेबारे ओली र नेपालबीच परामर्श भएको छ ।

उनलाई मन्त्री बनाउँदा आदिवासी जनजातिको समेत प्रतिनिधित्व हुने भएकाले आलेको सम्भावना बढी छ । त्यस्तै एमालेको सूर्य चिन्ह लिएर जितेका हृदयेश त्रिपाठीलाई पनि मन्त्री बनाउने बारेमा एमाले नेतृत्वमा छलफल भएको छ ।

सुरेन्द्र पाण्डे, छबिलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, शेरबहादुर तामाङ, यज्ञराज सुनुवारको नाममा पनि छलफल भइरहेको स्रोतले जनाएको छ । उनीहरुमध्येबाट कोको मन्त्री बनाउने भन्ने अन्तिम अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई नै रहेकाले सबै अन्यौलमा छन् । एमालेबाट मन्त्री बन्नेहरुको अन्तिम लिष्ट अहिलेसम्म कसैले पाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको