बादल गृह मन्त्री बन्ने यसरी भयो पक्का,एमालेले पाँच मन्त्रीको नाम छान्यो,बाँकी मन्त्री छान्न ओली र प्रचण्डको बैठक बालुवाटारमा जारी



बर्षमान पुनलाई उछिन्दै गृह मन्त्रालको जिम्मेवारीसहित माओवादी केन्द्रको तर्फबाट रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सहभागी हुने भएका छन्।

तर, अध्यक्ष प्रचण्ड निकट अर्का नेता बर्षमान पुनका लागि अनुकूल अर्काे कुनै मन्त्रालयका लागि छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
‘गृह मन्त्रालय सहित रामबहादुर थापा ‘बादल’ ले नेतृत्व गर्ने पक्का भएको छ’ स्रोतले भन्यो, ‘ पुनका लागि अनुकूल मन्त्रालयका विषयमा छलफल गर्न अध्यक्ष बालुवाटार जानु भएको छ।’

केपी ओली सरकारको मन्त्रीमण्डल बिस्तार आज दिउँसो ३ बजे हुँदैछ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहान हुने बैठकपछि मन्त्रीहरूको नाम टुंगो लाग्ने भएको हो।

दुवै पार्टीमा मन्त्री पदलाई लिएर धेरैको आंकाक्षा बढेपछि एमालेले मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री ओली र माओवादीले अध्यक्ष प्रचण्डलाई सुम्पिएको थियो। मन्त्रालय सम्बन्धी बाँडफाँट मिले पनि कसलाई मन्त्री बनाउने भन्ने विषय पेचिलो बनेको छ।

‘दुई शीर्ष नेताबीच बिहान ९ बजे बैठक बसेर मन्त्रीहरूको नाम टुंगो लगाउने सहमति भएको छ। आजै राष्ट्रपति कहाँ नाम गएर सपथ पनि हुनेछ,’ बालुवाटार स्रोतले भन्यो।

एमालेमा महासचिव ईश्वर पोखरेलसहित प्रदीप ज्ञावली लगायत मन्त्री बन्ने सूचीमा छन्। माओवादीबाट सरकारको प्रतिनिधित्व रामबहादुर थापा ‘बादल’ ले गर्ने पक्का भइसकेको छ। माओवादीको भागमा परेको गृह मन्त्रालय कसलाई दिने भन्ने विषय पेचिलो बनेपछि आइतबार विस्तार गरिने भनिएको मन्त्री मण्डल आजका लागि सरेको हो।

ओली सरकारले संघीय समाजवादी फोरम, नेपाललाई पनि सरकारमा समावेश गराउन पार्टी अध्यक्ष उपेन्द्र यादवसँग वार्ता गरिरहेको छ। मधेसकेन्द्रित पार्टी सरकारमा समावेश भए सत्ता साझेदार दल एमाले र माओवादी ७–७ मन्त्रालय राख्ने कुरामा सहमत छन्। यसपालि १७ सदस्यीय मन्त्रिपरिषद् हुनेछ।

एमालेबाट यी ५ जनाको मन्त्री बन्ने सम्भावना बलियो

नेकपा एमालेबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा महासचिव ईश्वर पोखरेलसहित प्रदीप ज्ञावली, भानुभक्त ढकाल, प्रेम आले, रघुवीर महासेठ र हृदयेश त्रिपाठी मन्त्री हुने लगभग निश्चित भएको छ।

ईश्वर पोखरेलले अर्थ मन्त्रालय, प्रदीप ज्ञावली परराष्ट्र, भानुभक्त ढकाल सञ्चार, प्रेम आले पर्यटन, रघुवीर महासेठ भौतिक योजना र हृदयेश त्रिपाठीले स्वास्थ्य मन्त्रालय पाउने सम्भावना बलियो छ।

प्रधानमन्त्री ओलीले एमालेबाट लालबाबु पण्डित र थममाया थापालाई यसअघि नै मन्त्री नियुक्त गरिसकेका छन्। एमाले स्रोतका अनुसार मन्त्री मण्डल विस्तार गर्ने सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वार्ता सकिएपछि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आइतबार राति वार्ताका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री ओलीसँग उनको वार्ता मिले परराष्ट्र मन्त्रालय ज्ञावलीको सट्टा यादवलाई जाने सम्भावना छ।

‘प्रधानमन्त्री ओलीले उपेन्द्र यादवजीलाई सरकारमा समावेश गराउन पहल गरिरहनु भएको छ। यादवसँग आज टुंगो लागे केही मन्त्रालय परिवर्तन हुन सक्छ,’ एमाले स्रोतले  भन्यो।

माओवादी केन्द्र रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा सरकारमा समावेश हुँदैछ। गृह मन्त्रालय कसलाई दिने भन्ने विषयमा माओवादीले ठोस निर्णय गर्न नसक्दा आइतबार हुने भनिएको मन्त्री मण्डल बिस्तार सोमबारका लागि सारिएको छ।

सोमबार दिउँसो २ बजे राष्ट्रपति विद्यादेवीप् भण्डारी समक्ष नयाँ बन्ने मन्त्रीहरूको सूची जाने र ३ बजे सपथ ग्रहण हुने एमाले स्रोत बताउँछ।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको