पत्रकार महासंघको भवनलाई रु ६० लाख



हाम्रो इकोनोमि

पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माणका लागि रु ६० लाख आर्थिक सहयोग जुटेको छ ।
सरकारी र गैरसरकारी क्षेत्रबाट सो रकम जुटेको शाखाले जनाएको छ । सबैभन्दा बढी जिल्लाका स्थानीय तहबाट रु २७ लाख ५० हजार बजेट उपलब्ध भएको शाखाका कोषाध्यक्ष विजय रानाले बताउनुभयो । शाखाले गत वर्षदेखि ‘हामी सबैको रहर, पत्रकार महासंघको घर’ नारासहित अर्थ संकलनको अभियान थालेको थियो ।

अभियानमा सर्वसाधारण, उद्योगी, व्यवसायी, सामाजिक संघसंस्था, विद्यालय, सहकारीलगायत जोडिएका छन् । रु चार लाख ८० हजार पत्रकार स्वयंले भवन निर्माणमा योगदान गरेका छन् । जिल्लाको ढोरपाटन नगरपालिकाबाहेक नौ वटै स्थानीय तहले महासंघको भवन निर्माणमा सहयोग उपलब्ध गराएका छन् । सबैभन्दा बढी बागलुङ नगरपालिकाले रु १० लाख उपलब्ध गराएको बताइएको छ ।

“स्थानीय तहलगायत सबैतिरबाट उत्साहजनक सहयोग आएको छ,” कोषाध्यक्ष रानाले भन्नुभयो, “वर्षौंदेखिको भवन बनाउने योजना साकार बनेको छ ।” आर्थिक सहयोग गर्नेमा २५ भन्दा बढी सहकारी छन् भने उत्तिकै संख्यामा शैक्षिक र सामाजिक संस्था छन् । स्वतःस्र्फूत रुपमा जुटेको आर्थिक सहयोगबाट भवन निर्माणले पूर्णता पाउन लागेको शाखा अध्यक्ष दिल शिरीषले बताउनुभयो ।

उहाँका अनुसार रु एक करोडको लागतमा बन्न लागेको तीन तले भवनको दुई तला पूरा हुने चरणमा छ । बाँकी एक तला आउँदो आर्थिक वर्षमा सक्ने योजना रहेको अध्यक्ष शिरीषको भनाइ छ । “शाखा स्थापना भएको १९ वर्षपछि आफ्नै भवन बनाउन सफल हुँदैछौँ,” उहाँले भन्नुभयो, “आउँदो वैशाखसम्म नयाँ भवनबाटै कार्यालय सञ्चालन गर्ने तयारी गरिएको छ ।” बागलुङ नगरपालिका–२ मा निर्माणाधीन भवनमा आधुनिक सूचना केन्द्र, सभाहललगायतका संरचना बन्नेछन् । गत वर्ष जिल्ला प्रशासन कार्यालय र बागलुङ नगरपालिकाको विशेष पहलमा जग्गा व्यवस्थापन भएपछि भवन निर्माणले सार्थकता पाएको हो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...