पत्रकार महासंघको भवनलाई रु ६० लाख



हाम्रो इकोनोमि

पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माणका लागि रु ६० लाख आर्थिक सहयोग जुटेको छ ।
सरकारी र गैरसरकारी क्षेत्रबाट सो रकम जुटेको शाखाले जनाएको छ । सबैभन्दा बढी जिल्लाका स्थानीय तहबाट रु २७ लाख ५० हजार बजेट उपलब्ध भएको शाखाका कोषाध्यक्ष विजय रानाले बताउनुभयो । शाखाले गत वर्षदेखि ‘हामी सबैको रहर, पत्रकार महासंघको घर’ नारासहित अर्थ संकलनको अभियान थालेको थियो ।

अभियानमा सर्वसाधारण, उद्योगी, व्यवसायी, सामाजिक संघसंस्था, विद्यालय, सहकारीलगायत जोडिएका छन् । रु चार लाख ८० हजार पत्रकार स्वयंले भवन निर्माणमा योगदान गरेका छन् । जिल्लाको ढोरपाटन नगरपालिकाबाहेक नौ वटै स्थानीय तहले महासंघको भवन निर्माणमा सहयोग उपलब्ध गराएका छन् । सबैभन्दा बढी बागलुङ नगरपालिकाले रु १० लाख उपलब्ध गराएको बताइएको छ ।

“स्थानीय तहलगायत सबैतिरबाट उत्साहजनक सहयोग आएको छ,” कोषाध्यक्ष रानाले भन्नुभयो, “वर्षौंदेखिको भवन बनाउने योजना साकार बनेको छ ।” आर्थिक सहयोग गर्नेमा २५ भन्दा बढी सहकारी छन् भने उत्तिकै संख्यामा शैक्षिक र सामाजिक संस्था छन् । स्वतःस्र्फूत रुपमा जुटेको आर्थिक सहयोगबाट भवन निर्माणले पूर्णता पाउन लागेको शाखा अध्यक्ष दिल शिरीषले बताउनुभयो ।

उहाँका अनुसार रु एक करोडको लागतमा बन्न लागेको तीन तले भवनको दुई तला पूरा हुने चरणमा छ । बाँकी एक तला आउँदो आर्थिक वर्षमा सक्ने योजना रहेको अध्यक्ष शिरीषको भनाइ छ । “शाखा स्थापना भएको १९ वर्षपछि आफ्नै भवन बनाउन सफल हुँदैछौँ,” उहाँले भन्नुभयो, “आउँदो वैशाखसम्म नयाँ भवनबाटै कार्यालय सञ्चालन गर्ने तयारी गरिएको छ ।” बागलुङ नगरपालिका–२ मा निर्माणाधीन भवनमा आधुनिक सूचना केन्द्र, सभाहललगायतका संरचना बन्नेछन् । गत वर्ष जिल्ला प्रशासन कार्यालय र बागलुङ नगरपालिकाको विशेष पहलमा जग्गा व्यवस्थापन भएपछि भवन निर्माणले सार्थकता पाएको हो ।

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...