धुर्मुसको कथाले ओलीलाई यसरी पोल्नु सम्म पोल्यो,ओलीको एकै निर्णयले ईश्वर पोखरेलको होसै उड्यो



धुर्मुसको कथाले ओलीलाई यसरी पोल्नु सम्म पोल्यो,ओलीको एकै निर्णयले एमाले र माओबादीका नेताको दाँतबाट पसिना छुट्यो

अघिल्लो कार्यकालमा छ जना उपप्रधानमन्त्री राखेका प्रधानमन्त्री केपी शर्मा ओली यसपटक एक जनापनि उपप्रधानमन्त्री नबनाउने निर्णयमा कसरी पुगे?

आफ्नो जन्म दिन पारेर बालुवाटारमा आयोजित एमाले स्थायी समितिको बैठकमा ओलीले उपप्रधानमन्त्रीको प्रसंग आउनासाथ आफुलाई कलाकार सीताराम कट्टेल (धुर्मुस) को सम्झना आउने भन्दै उपप्रधानमन्त्री नबनाउने निर्णय सुनाए।
स्थायी समितिमा एमाले अध्यक्ष समेत रहेका ओलीले यसअघि प्रधानमन्त्री भएको बेला एउटा कार्यक्रममा धुर्मुसले गरेको क्यारिकेचर सम्झिँदै ब्रिफिङ गरेछन्।

कार्यक्रममा धुर्मुस बायाँ हातमा कोट बोकेर मञ्चमा उक्लिन्छन्।

अर्को पात्रले नेवारी लवजमा सोधेछन्, ‘कता जान लागेको?’

धुर्मुसले भनेछन्, ‘सिंहदबारमा जान लागेको।’

‘कोट किन बोकेको नि?’

‘ज्वाइँ (ओली नेवारका ज्वाइँ हुन्) प्रधानमन्त्री भएका छन्, फ्याट्ट उपप्रधानमन्त्री बनाइदिन्छन् कि भनेर कोट बोकिराखेको।’

यो ब्रिफिङसँगै ओलीले बैठकमा यसपटक किन उपप्रधानमन्त्री नराख्न लागेको भनेर थप ब्रिफिङ गरे। स्थायी समितिका एक सदस्यका अनुसार अघिल्लो पटक ठूला नेता भएका साना पार्टीलाई पनि सरकारमा लिनुपरेको कारणले उपप्रधानमन्त्री राख्नु परे पनि यसपटक एउटै पार्टीको सरकार बन्ने भएका कारण त्यो समस्या नरहेको विश्लेषण ओलीले सुनाए।

‘चित्रबहादुर केसी, सीपी मैनाली जस्ता नेतालाई सरकारमा ल्याउँदा मन्त्री, राज्यमन्त्री दिएर भएन, उपप्रधानमन्त्री दिइयो’, प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै स्थायी समितिका एक सदस्यले भने, ‘यसपटक त्यस्तो अवस्था छैन।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेर उपप्रधानमन्त्री नराख्ने निष्कर्षमा पुगेको ओलीले बैठकमा सुनाएका थिए।

प्रधानमन्त्री ओलीले धुर्मुसको नक्कल गर्दै नेवारी लवजमा कथा सुनाउँदा बैठकका सहभागीबीच हाँसो छुटेपनि उपप्रधानमन्त्रीका आकांक्षी ईश्वर पोखरेललाई भने अप्ठेरो परेको छ।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा १३ दिन उपप्रधानमन्त्री भएका पोखरेल यसपटक पनि उपप्रधानमन्त्री बन्न चाहन्छन्। तर प्रधानमन्त्री ओलीले नै उपप्रधानमन्त्री राख्दिन भनेपछि प्रतिवाद गर्ने अवस्था नभएपनि उनी अप्ठेरोमा परेको नेपाल खबरले उल्लेख गरेको छ ।पोखरेलका समर्थकहरूले उपप्रधानमन्त्री भइसकेको व्यक्ति बद्री मण्डलकै तहमा झरेर मन्त्रीमा नजान सुझाव दिइरहेका छन् भने आफुले चाहेको अर्थ मन्त्रालय नपाए उनी सरकारमै नजाने सम्भावना पनि छ। ओलीको उक्त निर्णयले माओबादीका नेता पनि उपप्रधान मन्त्री बन्न नपाउने भएका छन र रिसले चुर भएका छन्।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको