आज साँझ ओली र प्रचण्डले मन्त्री बन्नेका यी १५ नाम अनुमोदन गर्दै,उपेन्द्र र हृदयशलाई मन्त्री बनाउने तयारी



हाम्रो इकोनोमि

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने भएको छ । सरकार बिस्तारबारे छलफल गर्न अध्यक्षद्वयले आज साँझ भेट गर्न लागेका हुन् ।

भेटमा मन्त्रालयको भागबन्डा टुंगिने बालुवाटार स्रोतले जानकारी दियो । बालुवाटार स्रोतका अनुसार एमाले–माओवादी केन्द्रबीच मन्त्रालय भागबन्डा टुंगिन बाँकि रहेको छ । प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय बनाउने सरकारको निर्णयसँगै एमालेले १० र माओवादीले ७ मन्त्रालय पाउने सहमति गरेको बताइएको छ । मन्त्रालयको संख्यामा समझदारी भए पनि मन्त्रालय भागबन्डाको अन्तिम टुंगो नलागेको बालुवाटार स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री ओलीले संघीय समाजवादी फोरम र सूर्य चिह्नमा चुनाव लडेका हृदयश त्रिपाठीलाई पनि सरकारमा सहभागी गराउन तयारी थालेका छन् । फोरम अध्यक्ष उपेन्द्र यादव र हृदयश मन्त्री बनाउने प्रधानमन्त्रीको तयारीले पनि एमाले–माओवादीबीच मन्त्रालय भागबन्डा नटुंगिएको हो।

नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । केन्द्रीय कार्यालयको सुझाव अनुसार बसेको अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । सकेसम्म सातै प्रदेश तथा जातीय,क्षेत्रीय सन्तुलन, समावेशीकरण जस्ता विषयलाई मध्यनजर गर्दै मन्त्रीहरुको सूची तयार भएको खुमल्टार श्रोतले बताएको छ ।

आकाँक्षी धेरै भएकाले यस पटक अनुभव पनि भएका र काम गरेर परिणाम निकाल्न सक्ने नेताहरुलाई चयन गरिएको छ । मन्त्रीहरुको नामसँगै उनिहरुले सम्हाल्ने मन्त्रालय पनि लगभग टुंगो लगाएको भएपनि माओवादी केन्द्रले सार्वजनिक गरेको छैन । प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा नेता रामबहादुर थापा, बर्षमान पुन, गिरिराजमणी पोखरेल, शक्तिबहादुर बस्नेत, बिना मगर र अमनलाल मोदी मन्त्री हुने भएका छन् । प्रदेश १ बाट मोदीको विकल्पमा सुदन किराती वा सुरेशकुमार राई ‘हिमाल’ का विषयमा पनि छलफल चलिरहेको श्रोतले बतायो ।

प्रदेश २ को प्रतिनिधित्व मातृका यादव र गिरिराजमणी पोखरेल, ३ बाट रामबहादुर थापाले गरेका छन् । प्रदेश ५ बाट वर्षमान पुन, ६ बाट शक्तिबहादुर बस्नेत तथा प्रदेश ७ बाट बिना मगर मन्त्री हुने पक्का भएको छ ।

यता एमाले बाट इश्वर पोखरेल अर्थ मन्त्री बन्ने भएका हुन्। योगेश भट्टराईले संचार मन्त्रालय पाउने पक्का भएको छ ।प्रदीप ज्ञवाली,घनश्याम भुसाल,गोकुल बास्कोटा,गोकर्ण बिष्ट,पदमा आर्याल पनि मन्त्री बन्ने भएका छन्। बिष्णु पौडेल र सुरेन्द्र पाण्डे पनि मन्त्री बन्ने भए पनी मन्त्रालयको टुंगो आज साझ मात्र लाग्ने भएको छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...