देउवाले प्रकाशमानलाई यसरी बनाऊदैछन् बलिको बोको,चर्चा र सार्वजनिक खपतका लागी सिंहको यस्तो छ फुर्तीफार्ती



नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ।दलको नेतामा महामन्त्री सशांक कोइरालाले आकांक्षा देखाए पनि आफूलाई ‘सर्वसम्मत’ चयन गर्नुपर्ने अडान सार्वजनिक गरेसँगै उनी प्रतिस्पर्धाबाट बाहिरिने निश्चित भएको हो। किनकि सभापति देउवा संसदीय दलमा आफ्नो पक्षमा स्पष्ट बहुमत भएकाले अरुलाई सजिलै नेतृत्व छाड्ने पक्षमा नरहेको उनीनिकट नेताहरु बताउँछन्।

देउवा अरुलाई नछाड्ने कोइराला सर्वसम्मत भए मात्र नेतृत्व लिने कोइरालको चाहनाका कारण कांग्रेस संसदीय दलको नेतामा देउवा र सिंहबीच नै प्रतिस्पर्धा हुने भएको हो। स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको चुनावमा राम्रो परिणाम ल्याउन नसक्नुमा सभापति देउवाको मुख्य कमजोरी रहेको औंल्याउँदै रामचन्द्र पौडेल समूहले सिंहलाई उम्मेदवार बनाउने निश्चित भइसकेको उनीनिकट स्रोतको भनाइ छ।

‘चर्चा वा सार्वजनिक खपतका लागि मात्र उहाँले(सिंह) दलको नेतामा उम्मेदवारी दिन्छु भन्नुभएको होइन। परिणाम जे आए पनि उहाँ प्रतिस्पर्धामा जानुहुन्छ,’ सिंह निकट एक नेताले भने।

प्रतिनिधिसभामा तनहुँबाट पराजित वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार सिंहदरबारमा बसेको निर्वाचित सदस्यहरुको बैठकमा पार्टी सञ्चालका लागि त्याग गर्नुपर्ने भन्दै सभापति देउवालाई दलको नेतामा उम्मेदवारी नदिन घुमाउरो ढंगले सुझाएका छन्। आफू निर्वाचित सदस्य नभएको भन्दै विश्वप्रकाश शर्मा बैठकमा नगए पनि पौडेल भने वरिष्ठ नेताको हैसितमा सांसदहरुको बैठकमा पुगेका थिए।

कांग्रेस सांसदहरुले यसलाई संसदीय दलको नेता चयनको प्रतिस्पर्धा सुरु भएको बताएका छन्। शनिबार दुईपटक बसेको बैठकलाई संसदीय दलको नेता चयनको तयारीका रुपमा हेरिएको छ।

बैठकले नेता मिनेन्द्र रिजालको संयोजकत्वमा गठित कार्यादलले तयार पारेको संघीय संसदीय दलको विधान पारित गरेको छ। यसअघिको विधानमा राष्ट्रियसभा सम्बन्धी व्यवस्था र छायाँ सरकार गठन गर्ने विषय समावेश गरेको छ। सांसदको बैठकले पारित गरेको विधान आइतबार बिहान बस्ने केन्द्रीय कार्यसमितिले पारित गरेपछि कांग्रेसमा संसदीय दलको नेता चयनका लागि बाटो खुला हुने रिजालले बताए।

दलको नेता शपथ अघि कि पछि?

संघीय संसदको सदस्यका रुपमा शपथ गरेपछि संसदीय दलनको नेता चयन गर्ने वा त्यसअघि नै गर्ने भन्ने विषयमा निर्वाचित सदस्यहरुको दुईथरि विचार बैठकमा प्रस्तुत भएको छ। कतिपयले फागुन १५ गते दलको नेता चयन गर्ने गरी प्रक्रिया अघि बढाउन सुझाव दिएका छन्।

अर्काथरि निर्वाचित सदस्यले भने शपथ ग्रहण नगरी सांसद नै नहुने भएकाले त्यसपछि मात्र दलको नेता चयनको प्रक्रिया अघि बढाउनु पर्ने धारणा राखेका छन्।

को बलियो?

प्रतिनिधिसभाको प्रत्यक्षमा २३, समानुपातिकामा ४० र राष्ट्रियसभामा १३ सदस्य जितेको कांग्रेसको संसदीय दलमा ७६ जना सदस्य छन्।

७६ जना सांसदमा सभापति देउवाको स्पष्ट बहुमत छ। प्रत्यक्षतर्फ पौडेल पक्षधरका धेरैले जिते पनि समानुपतिकबाट निर्वाचित भएका धेरैजसो देउवा गुटका परेका छन्। नेता सिंहका विश्वास पात्र एक कांग्रेस नेताले संख्याका हिसाबले आफूहरु कमजोर रहेको स्वीकार गरे। उनले भने, ‘संख्याकै कुरा गर्दा त सभापति ज्यूको पक्षमा ७० प्रतिशत सांसद होलान्। तर, प्रतिस्पर्धा हुन्छ।’

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको