बुहारीलाई मन्त्री बनाउन सिफारिश गरेर प्रचण्डलाई फकाउने यस्तो खेल,यी हुन् चाकडी गरेर सभामुख हत्याउन खोज्ने माओबादी नेता



हाम्रो इकोनोमि

पछि पालो नै आउन्न कि भनेर अहिल्यै मन्त्री बन्न माओवादी केन्द्रका नेता–सांसदहरु मरिहत्ते गरिरहेका बेला प्रदेश–७ का ईञ्चार्ज समेत रहेका लेखराज भट्ट बिहीबार (१० फागुन) मा खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगे।

भट्ट पनि मन्त्रीकै विषयमा कुराकानी गर्न प्रचण्ड निवास पुगेका थिए। तर, आफ्नो निम्ति होइन, प्रचण्ड बुहारी विना मगरलाई प्रदेश–७ बाट मन्त्री बनाउने सिफारिस सहित, जो कञ्चनपुर–१ बाट प्रतिनिधि सभामा निर्वाचित भएकि हुन्।

अर्काेलाई लडाएर आफू मन्त्री बन्ने छिर्के खेल माओवादी केन्द्रमा तीब्र बनेको छ। आफ्ना लागि भन्दा चुनावभन्दा अघिमात्र पति प्रकाश दाहाललाई प्रकाश कि विधवा मगरलाई मन्त्रीमा सिफारिस गरेपछि भट्टले त्याग गरेको भन्ने प्रचार उनका समर्थकहरुले गरे।

प्रचण्ड समक्ष उनकै बुहारी विनालाई प्रदेश–७ बाट मन्त्रीमा सिफारिस गरेर भट्टले आफू चाहिँ सभामुख बन्ने चाहना प्रकट गरेका छन्। सभामुखमा भट्टको दावेदारी रहेको प्रदेश–५ का माओवादी केन्द्रका प्रचार विभाग प्रमुख ओमबिक्रम भाटले पनि पुष्टि गरिसकेका छन्।

हुन त, प्रचण्डको ईच्छाविरुद्ध जानसक्ने तागत माओवादी केन्द्रमा कसैसँग छैन। तर, आफू एक्लैले निर्णय गर्दा परिवारवादको आरोप लाग्ने भएकाले कतैबाट प्रस्ताव आइदिओस् भन्ने प्रचण्ड चाहन्छन्। त्यही चाहना बुझेर भट्टले विनालाई मन्त्री बनाउन सिफारिस गरेका छन्।

यसरी विनालाई मन्त्री बनाउन सिफारिसमार्फत् आफूले मन्त्री पद त्याग गरेजस्तो देखाएका मात्र छैनन्, आफ्नी बुहारीलाई मन्त्री बनाउने प्रचण्ड चाहनामा लिस्नो लगाइदिएर भट्टले आफू सभामुख बन्ने मार्ग पनि प्रसस्त गर्न खोजेको छन्।

अध्यक्षका हैसियतले केन्द्रमा प्रचण्डले जसरी पार्टीभित्र हालिमुहाली चलाइरहेका छन्, प्रदेश–७ को ईञ्चार्जको हैसियतले भट्टले पनि त्यसैगरी हालिमुहाली चलाइरहेका छन्। केन्द्रमा जसरी प्रचण्डले एकलौटी निर्णय गर्छन्, प्रदेश–७ मा पनि आसेपासेहरुको सहयोगमा निर्णय गर्छन्।

विनालाई मन्त्री बनाउन ससुरा प्रचण्डसमक्ष सिफारिस गरेपनि प्रदेश–७ कमिटीको कहिलेको बैठकले त्यस सम्बन्धी निर्णय ग¥यो, त्यो प्रष्ट छैन। यसअघि नातामा भाई पर्ने त्रिलोचन भट्टलाई प्रदेश–७ को मुख्यमन्त्री बनाउने निर्णयपनि ईञ्चार्ज भट्टले मनमौजी तवरले गरेको नेपाल खबरले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...