प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई टपक्क टिपेर फुत्त मिल्काइन्छ भन्दै दिए यस्तो कडा र्निदेशन, भ्रष्टहरुको रुवाबासी



प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमा शून्य सहनशीलतासहित समृद्ध नेपाल आफ्नो सरकारको मूल लक्ष्य रहेको प्रष्ट पारेका छन् । एमाले झापा–काठमाडौ सम्पर्क मञ्चले गोदावरीमा आयोजना गरेको वृहत बनभोज कार्यक्रममा सरकार भष्ट्राचारी, गुन्डागर्दी, सिन्डिकेट, बलात्कारीविरुद्ध निर्मम रूपमा प्रस्तुत हुने जनाउ दिँदै प्रधानमन्त्री ओलीले मुलुकमा कानुनी राज स्थापित गर्ने योजनासमेत सुनाएका छन् ।आफ्नै गृहजिल्ला झापाका मतदातामाझ सरकारको प्राथमिकता सुनाउँदै प्रधानमन्त्री ओलीले भष्ट्राचारी, मानव तस्करी, लागुऔषधका कारोबारी र गुन्डागर्दी र बलात्कारीविरुद्ध निर्मम ढंगले प्रस्तुत हुने र कसैको दबाबमा नपर्ने बताए ।

भ्रष्टहरू हाम्रो, अर्काको, तेरो–मेरो, नजिकको–टाढाको, यताको उताको केही पनि हुँदैन । ती सबैका दुस्मन हुन् । तिनीहरूलाई टपक्क टिपेर फुत्त मिल्काइन्छ । अब त्यस्तालाई टपक्क टिपेर फुत्त मिल्काइयो भने अचम्म मान्नु पर्दैन । भ्रष्ट भयो कि गयो । त्यसमा सरकार प्रष्ट र प्रतिवद्ध छ । नेपालमा अब अशान्ति मच्चाउने, गुन्डागर्दी गर्ने, मान्छे तर्साएर चन्दा असुल गर्ने, मानव तस्करी गर्ने, लागुऔषध कारोबार गर्ने सबैमाथि सरकार कडा रूपमा प्रस्तुत हुन्छ । अब छोरीहरू बलात्कृत हुँदा मध्यस्तकर्ता बन्ने प्रहरी कसैलाई छाडिने छैन । पुराना मुद्दा खिचेर ल्याएर भए पनि अपराधी कारवाहीमा पर्नेछन् । महिला दिदी–बहिनी पनि सहर–बजारमा ढुक्कले हिँड्ने वातावरण निर्माण हुन्छ ।

सरकारले अब सबै ध्यान समृद्धिमा लगाउने छ । मेरो पाइला देशको समृद्धितर्फ अघि बढ्नेछन् । तपाईंहरूका हिराजडित भोटमा मैलो लाग्न दिन्न । तपाईंहरूलाई थाहा छ, म हिजोबाट ६६ वर्ष पूरा भएर ६७ वर्ष लागेँ । अब मसँग केटाकेटीसँग ख्याल–ठट्टा गर्दा त हुन्छ । तर, जीन्दगीसँग ख्याल–ठट्टा गर्ने समय छैन । मसँग प्रयोग गर्ने समय छैन । एउटा प्रयोग गरी हेरौँ न भन्ने समय पनि मसँग छैन । अलिक समय पर्खिऔँ न त भन्ने समय पनि छैन । अब मैले छिटो–छिटो देशको विकास गर्ने काम गर्नुपर्छ । यसको लागि म प्रतिवद्ध छु ।

मलाई दुःख–कष्ट के हो भन्ने कुरा थाहा छ । त्यसैले अब कोही भोकै बस्नु पर्दैन । खान नपाएका अप्ठ्यारा, भोकमरी र कठिनाई देखेको छु । सरकारले अब विधिवत निर्णय गर्छ । अब नेपालमा कोही भोकै पर्दैन, कोही भोकले मर्दैनन् । यो सरकारी नीति हो, त्यसपछि यस्ता घोषणाको सिरिजमा आउँछ । घर नभएका केही नेपाली अब हुँदैन । चराले त गुँड बनाएर बसेको हुन्छ भने यत्रो जमिन छ । मान्छेले छाप्रो बनाएर पनि बस्न नपाउने ? अब सरकारले ती सवै काम गर्छ । कसैलाई पनि खान नपाएर मर्ने भइयो भन्ने चिन्ता हुन दिनेछैन ।

अब मेरो उद्देश्य देशको समृद्धिबाहेक केही छैन । भावनात्मक ढंगले म सबै जनतासँग सँगै छु । महाभारतमा कृष्णका १६ सय गोपिनी छन् भन्दा धेरैले ईष्र्या गरे । धेरै लोभिए । उनीहरूले कृष्णलाई १६ सय आफैँले किन राखेको ? भनेर सोधे जवाफ कृष्णले भने, जुन गोपिनीसँग, वा जुन गोपिनीको खोपीमा म छैन, त्यो तिमीहरूले लगे हुन्छ । कृष्णले त्यसो भनेपछि कृष्णका साथीहरू गोपिनी खोज्न गए । गोपिनी भएको ठाउँमा गएर यहाँ त तपार्इं एक्लै हुनुहुन्छ होला होइन भनेर सोधे तर जवाफमा ‘होइन यहाँ त श्रीकृष्ण हुनुहुन्छ भन्छन् । अर्कोमा गयो त्यही जवाफ आयो । फेरि अर्कोमा गयो उनले पनि त्यही जवाफ दिन्थिन् । यसको अर्थ श्रीकृष्ण खोपीमा होइन, सबै गोपिनीको मनमा थिए । हो ठीक त्यस्तै तपाईंहरू मेरो मनमा हुनुहुन्छ, गोपिनीहरूले कृष्ण देखेजस्तै म जहाँ पुग्दा पनि तपाईंहरूलाई नै देख्छु, भेट्छु, तपार्इंहरू मेरो साथमा हुनुहुन्छ । म पनि तपाईंहरूको साथमा नै छु । मेरो अरू उद्देश्य नै छैन । देश बनाउने मात्रै मेरो उद्देश्य हो ।’

द्वापर युगको कलिलो अभिमन्युलाई चक्रव्यूहमा पारे जस्तो एमाले र बाम गठबन्धनलाई पार्न सकिन्न अब । मैले भनेको थिएँ, द्वापर युगमा चक्रव्यूह बन्यो । कलिलो अभिमन्युलाई निःशस्त्र बनाएर महारथीहरूले, महायोद्धाहरूले भर्खर हुर्किएको बालकलाई चक्रव्यूहमा पारेर हत्या गरेका थिए । अहिलेको चक्रव्यूह तोड्न सक्ने हामी छौँ । त्यसवेला अभिमन्युलाई चक्रव्यूह तोडेरभित्र पस्न आउँथ्यो तर बाहिर निस्कने कला थिएन । हामी द्वापर युगको बालक अभिमन्यु होइनौँ, चक्रव्यूह तोडन आउँछ, तोडिन्छ ।

एमालेले जसको टाउकोमा तथास्तु भनेर हात राख्यो, त्यसले जित्यो । जसलाई राखेन त्यो गयो । राप्रपाको पनि कसैलाई जितेस्, गरिखाएस् भनेको आयो । अरूलाई पनि त्यस्तै हो । बुझे हुन्छ, हामीले बक्रदृष्टि लगाउँदा शनि, राहुले बक्रदृष्टि लगाउँदा केही हुँदैन । देश र जनताको निम्ति उभिने एमालेले बक्रदृष्टि लायो भने गयो । त्यो खतम् । अरू ग्रहदशा जस्तो होइन ।

एमाले र माओवादीबीच एकतापछि बनेको नयाँ पार्टीको नाम फरक भए पनि नीति सबै अहिले प्रयोग गर्दै आएकै हुनेछ । मैले ०७४ साल एमालेमय नेपाल भनेको थिएँ । त्यो भएको छ । नाम अलिकति फरक परे पनि काम एमालेले भन्दै आएको र गर्दै आएको हो, नीति पनि एमालेकै हो । मुलुकलाई समृद्धिमा लैजाने जनताको बहुदलीय जनवादले नै हो, सबै स्पष्ट भए हुन्छ । प्रष्ट नभएकालाई हामी बुझाउँछौँ । स्पष्ट नभएकाले पनि बुझनेछन् । बहसका क्रममा सबैले अपनत्व हुने गरी अघि बढिनेछ ।

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा