एमालेको प्रस्ताबमा ६ नम्बर प्रदेश अब स्थायी रुपमा यसरी बन्यो ‘कर्णाली’ प्रदेश



प्रदेश ६ को नामाकरण गरिएको छ। आज बसेको चौथो संसद् बैठकले यो प्रदेशको नामाकरण गरेको हो। नेकपा एमलेका संसदीय दलका नेता यामलाल कँडेलले संसदमा प्रदेशको नाम ‘कर्णाली’ राखियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको छ।

प्रदेश ६ कर्णालीको विस्तारित क्षेत्रकै रुपमा रहेकाले यसको नाम पनि कर्णाली राख्नु उपयुक्त हुने कँडेलको भनाइ थियो। संसदमा प्रस्ताव ल्याउनुअघि सबै दलसँग छलफल गरिएको कँडेलले जनाए। सबै जनतालाई मान्य हुनेगरी कर्णाली प्रदेश नामाकरण गर्ने प्रस्ताव तयार पारिएको उनले बताए।

कँडेलको प्रस्तावमाथि समर्थन जनाउँदै कांग्रेस सांसद दिनबन्धु श्रेष्ठले प्रदेश ६ को समग्र पहिचान कर्णालीले सम्बोधन गर्ने हुनाले उक्त नाम उपयुक्त भएको जिकिर गरे। यो प्रदेशको ऐतिहासिक पहिचान नै कर्णाली भएकाले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिनाउका लागि कर्णाली नाम राखिनुपर्नेमा उनले जोड दिएका थिए।

यस्तै, नेकपा माओवादी केन्द्रका सांसद वीरबहादुर शाहीले पनि उक्त प्रस्तावमाथि समर्थन जनाउँदै प्रदेशको नाम कर्णाली राख्नुको विकल्प नभएको बताए। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सोशीला शाहीले पनि प्रदेशको नामाकरण सम्बन्धी कँडेलको प्रस्तावमा समर्थन जनाएकी थिइन्।

प्रदेशको नामाकरण सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिएकी एमाले सांसद कौशिलावली खत्रीले प्रस्तावमाथि आफ्नो धारणा राख्दै कर्णालीको सभ्यता ऐतिहासिक भएको बताइन्। छलफलमा भाग लिँदै माओवादी केन्द्रका सांसद सीताकुमारी नेपालीले कर्णाली विगतमा केन्द्रबाट उपेक्षा र उत्पीडनमा परेको क्षेत्र भएको बताइन्। उनले अब यहाँ उपलब्ध स्रोत र साधनको समुचित उपयोगमार्फत प्रदेशलाई समृद्ध बनाउन सबै लाग्नुपर्ने धारणा राखिन्।

कांग्रेसका सांसद हिमबहादुर शाहीले अब यो प्रदेशलाई गरिबको नामले सम्बोधन नगर्न आग्रह गरे। उनले निकट भविष्यमा नै प्रदेश समृद्ध बनिसक्ने भन्दै गरिबको पहिचान हटाइने बताए। अर्का सांसद पदमबहादुर रोकायले प्रदेशको नाम कर्णाली राख्ने प्रस्तावमा समर्थन जनाउँदै अब प्रदेशको समृद्धिमा केन्द्रित हुनुपर्ने धारणा राखे।

नेकपा माओवादी केन्द्रका सांसद कृष्णा शाहले प्रदेशले स्थायी नाम र राजधानी पाइसकेपछि अब यो प्रदेशको भविष्य उज्ज्वल बनाउन सबै मिलेर पहल गर्नुपर्ने धारणा राखिन्। मुगुका सांसद दानसिंह परियारले प्रदेशको नामाकरण गरेर कर्णालीलाई सम्बोधन गरिएकोमा खुसी व्यक्त गर्दै अब कर्णालीले बेहोर्नुपरेका सबै समस्या समाधान गर्ने योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

नामाकरण सम्बन्धिको प्रस्ताव मतविभाजनमार्फत पारित गरिएको हो। प्रदेशसभाका ३९ सांसद (सभामुख बाहेक) पक्षमा ३७ र विपक्षमा कुनै पनि मत परेन। एक जना सांसद भने बैठकमा उपस्थित भएका छैनन्।

प्रदेशसभाको जारी बैठकमा राजधानीसम्बन्धी प्रस्ताव पेश हुने र त्यसमाथि छलफल गरेर पारित गर्ने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस
रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा

माओवादीले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्ने

    नेकपा (माओवादी केन्द्र)ले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन र खबरदारी सभा