सोमबार तीन बजेका लागी मन्त्रीको सपथ खाने उत्तम साइत निस्कियो,सोमबार सरकारले पूर्णता पाउने,बामको बैठक सुरु



हाम्रो इकोनोमि

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको शपथ ग्रहण हुने गरी भोलि मन्त्रीको टुंगो लगाइने बताउनुभएको छ ।

प्रेस सेन्टर र प्रेस चौतारी नेपाल चितवन शाखाले आज संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो ।

मन्त्रीका विषयमा पार्टीमा कुनै विवाद नरहेको भन्दै उहाँले मिडियालाई गम्भीर भएर आधिकारिकता बुझेर मात्रै लेख्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–“हिजोनै झण्डै टुंगिएको थियो दुबै पार्टीसँगै बसेर मिलान गर्नुपर्ने भएकाले मात्रै केही कुरा बाँकी रहेका छन् ।” पुराना र नयाँ मिलाएर मन्त्रीमा पठाइने पनि उहाँले बताउनुभयो ।

चितवनबाट पनि केन्द्रीय सरकारमा प्रतिनिधित्व हुने सम्भावना रहेको दाहालले बताउनुभयो । सो अवसरमा फरक प्रशंगमा बोल्दै उहाँले इतिहासका यस्ता महत्वपूर्ण मोडमा ठूला घटना हुने गरेको भन्दै सचेत रहनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले जसरी कम्युनिष्टको एकता बनेको छ । एउटा दुई तिहाई नजिकको सरकार बन्दै छ, प्रतिक्रियावादी शक्तिले नेपालको इतिहासमा खास खास बेलामा यस्ता घटना घटाउने पनि गरेका छन् । त्यसलाई हेक्का राख्नुपर्छ ।”

दाहालले थप्नुभयो “यो हेक्का राख्नुपर्ने कुरा छ । अहिलेनै कही कतै भइहाल्छ भन्नु भन्दा पनि इतिहासका यस्ता मोडमा यसखाले घटना हुने गरेका छन् ।” प्रत्यक्ष कसैलाई ताकेर खतरा होइन तर सचेत नेपाली सबैले हेक्का राख्नुपर्ने र सचेत हुनुपर्ने पनि उहाँले बताउनुभयो ।

यता पार्टी एकतालाई टुङ्गोमा पुर्‍याउन एमाले माओवादी केन्द्रले गठन गरेका दुई कार्यदलले काम सुरु गरेका छन्। त्यसैक्रममा सांगठनिक तथा अन्तरिम विधान निर्माणका लागि गठन गरिएको कार्यदलको बैठक आज बस्ने भएको छ।

माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलको बैठक बस्न लागेको हो। एमाले नेता रघुवीर महासेठका अनुसार आजको बैठक पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा दिउसो १ बजे बाट सुरु भएको छ।

कार्यदलमा माओवादी केन्द्रबाट बर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र जनार्दन शर्मा सदस्य छन् भने एमालेबाट महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव गोकर्ण विष्ट नेताहरु सुरेन्द्रप्रसाद पाण्डे, वेदुराम भुसाल र महासेठ सदस्य छन्।

७ फागुनमा एकताको आधार पत्रमा सहमति हुँदा एकतालाई अन्तिम टुङ्गोमा पुर्‍याउन दुई कार्यदल गठन गरेका थिए। तिनमा सांगठनिक व्यवस्थापन तथा विधान निर्माण सम्बन्धी कार्यदल र बैचारिक राजनीतिक प्रतिवेदन निर्माण सम्बन्धी कार्यदल थियो।

दुबै कार्यदललाई विहीबार (१० फागुन) एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिनुका साथै संयोजक समेत तोकिएको थियो । आज बैठक बस्न लागेको कार्यदलको संयोजक माओवादी केन्द्रका बादल संयोजक तोकिए भने अर्काे कार्यदलको संयोजक एमाले बरिष्ठ नेता माधव नेपाल तोकिएका छन्।

नेतानेपाल नेतृत्वको कार्यदलमा एमालेबाट उपाध्यक्ष भीम रावल, सचिव प्रदीपज्ञवाली, नेता सुवास नेम्वाङ र रघुजी पन्त सदस्य छन् भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरुङ, शक्तिबहादुर बस्नेत, पम्फा भुसाल र देवेन्द्र पौडेल सदस्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...