प्रचण्डले बुहारी सहित अर्का एक मन्त्रीको लगाए टुंगो,१४ जना बाट ५ जना छान्न प्रचण्डलाई यस्तो पर्यो सकस



मन्त्रीहरुका आकांक्षी धेरै देखिएपछि प्रादेशिक सन्तुलनका आधारमा माओवादी केन्द्रले मन्त्री छान्ने तयारी गरेको छ। नयाँ सरकारमा मन्त्री छान्ने अख्तियारी पाएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रादेशिक सन्तुलनका आधारमा मन्त्री छनोटको गर्ने तयारी गरेका हुन्।

नयाँ सरकारमा माओवादी केन्द्रले गृहसहित ७ मन्त्रालय पाएको छ। तर आकांक्षीहरु धेरै देखिएपछि त्यसको व्यवस्थापनका लागि माओवादीले प्रत्येक प्रदेशबाट एक मन्त्री बनाउने तयारी गरेको हो। प्रत्येक प्रदेशबाट एकएक मन्त्री छनोट गर्ने तयारी गरिए त्यसको व्यवस्थापनमा भने जटिलता देखिएको हो।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारमा सहभागी भएका मन्त्रीलाई नयाँ सरकारमा अवसर दिन नहुने आवाज माओवादीभित्रै छ। त्यसो गर्दा गृहमन्त्रीको दौडमा रहेका जनार्दन शर्मा, गिरिराजमणि पोखरेल लगायतका नेता स्वत: बाहिरिनेछन्।

सातको सकस
प्रदेश १ मा अमनलाल मोदी र प्रदेश ७ मा बिना मगर मन्त्री बन्ने सम्भावना रहे पनि अन्य प्रदेशमा उत्तिकै प्रतिस्पर्धा छ। आकांक्षीहरु पछि नहट्ने अडानमा छन्।

प्रदेश २ बाट मातृका यादव मन्त्री बन्ने लगभग पक्का छ। माओवादीभित्र मधेसका सबैभन्दा ठूला नेता मानिएका यादवलाई मन्त्री बनाउन नेतृत्व तहमा कुनै समस्या छैन तर नारायणकाजी श्रेष्ठ समूहबाट प्रतिनिधित्व गर्ने गिरिराजमणि पोखरेललाई समेट्नुपर्ने बाध्यता पार्टी अध्यक्ष प्रचण्डलाई छ। नयाँ सरकारमा श्रेष्ठ समूहले समेत एक मन्त्रालय पाउने र त्यसमा पोखरेललाई समेट्नुपर्ने बाध्यता प्रचण्डसामु छ।

माओवादीबाट सरकारको नेतृत्व भने रामबहादुर थापा बादलले गर्नेछन्। उनले कुन मन्त्रालय लिन्छन् भन्ने विषय टुंगिएको छैन तर नेतृत्व उनैले गर्ने पक्का छ। प्रदेश नम्बर ३ बाट बादलले माओवादीको नेतृत्व गर्दै गर्दा नेतृ पम्फा भुसालको व्यवस्थापन नेतृत्वका लागि सकसपूर्ण देखिएको छ।

प्रदेश नम्बर ५ मा माओवादीबाट दुई नेता मन्त्रीको तीव्र आकांक्षी छन्। नेता देवेन्द्र पौडेल र देव गुरुङ नयाँ सरकारमा जान हतारिएका छन्। तर एक जनालाई मात्र नयाँ सरकारमा समेट्नुपर्ने बाध्यताले एक जना रिङआउट हुने पक्का छ। त्यसैले नयाँ सरकारमा पौडेल र गुरुङमध्ये एक नेतामात्र नयाँ सरकारमा सहभागी हुने माओवादीका एक नेताले बताए।

माओवादीभित्र सबैभन्दा चर्को प्रतिस्पर्धा भने प्रदेश नम्बर ५ र ६ मा देखिएको छ।

प्रदेश नम्बर ५ मा माआवादीका पूर्व डेपुटी कमाण्डर छन्, चन्द्रप्रकाश खनाल बलदेव। माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि उनका समकालीन धेरै नेताले लाभको पद हासिल गरे। तर त्यो अवसरबाट बलदेव सधैं टाढा रहे। अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा तत्कालीन समयमा राजनीतिक सल्लाहकार बनाइएका बलदेवले नयाँ सरकारमा मन्त्री बन्ने आकांक्षा राखेका छन्। माओवादी नेतृत्वले त्यसको व्यवस्थापन कसरी गर्छ सबैको चासो बनेको छ। कारण, सोही प्रदेशबाट माओवादीभित्रका ठूला गुटका खेलाडी वर्षमानले गृहमन्त्री बन्न पार्टीभित्र तीव्र लबिङ गरिरहेका छन्। पुनले गृहमन्त्रीमा दाबी गरिरहँदा माओवादी नेतृत्वलाई दुईमध्ये एक मन्त्री छान्नुपर्ने बाध्यता छ।

त्यस्तै रोचक भिडन्त प्रदेश नम्बर ६ मा देखिएको छ, दुई पूर्व गृहमन्त्री जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतबीच। ऊर्जामन्त्रीको रुपमा सफल कार्यकाल बिताएका जनार्दनले पछिल्लो पटक गृहमन्त्रीको समेत जिम्मेवारी सम्हाले। नयाँ सरकारमा समेत उनले सोही मन्त्रालयमा इच्छा देखाएका छन्।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको समेत समर्थन पाएका शर्मा नयाँ सरकारमा गृहमन्त्री बने कुनै आश्चर्य हुनेछैन। तर अघिल्लो सरकारमा मन्त्री भएकालाई नयाँ सरकारमा पठाउन नहुने आवाज उठिरहेको समय शक्ति बस्नेतसमेत मन्त्री बन्ने सम्भावना उत्तिकै छ।

प्रतिक्रिया दिनुहोस
रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा

माओवादीले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्ने

    नेकपा (माओवादी केन्द्र)ले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन र खबरदारी सभा