ओली र प्रचण्डको रोजार्इ गृहमा जनार्दन, अर्थमा सुरेन्द्र पाण्डे



हाम्रो इकोनोमि

एमालेभित्र अर्थमन्त्री र माओवादी केन्द्रभित्र गृहमन्त्रीको लफडाले सरकार बिस्तारमा कठिनाई भएको छ । दुई पार्टीले मन्त्रालयको बाँडफाडँ गर्दा अर्थ एमाले र गृह माओवादी केन्द्रले लिने सहमति भएको छ ।

एमालेभित्र अर्थमन्त्रीका लागि धेरै आकांक्षी भएपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अप्ठेरो परेका छन् । महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे अर्थमन्त्रीको दावेदार छन् । पार्टी एकतापछि पनि सहज हुने ब्यक्तिलाई अर्थमन्त्री बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई सुझाव दिएका छन् ।

ओलीको रोजाईमा सचिव प्रदीप ज्ञवाली परेका छन् । तर प्रचण्डले भने स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउन ओलीसँग आग्रह गरेको स्रोतले बताएको छ । सचिव ज्ञवाली पनि आफु अर्थमन्त्री नभए पाण्डेका पक्षमा वकालत गर्ने लगभग निश्चित भइसकेको छ ।

महासचिव इश्वर पोखरेलले अर्थमन्त्रीमा दावी गरेपछि अध्यक्ष ओलीलाई सकस परेको हो । एमालेले पाउने १० मन्त्रालय मध्ये सवैभन्दा बढि चासो अर्थमन्त्रालयमै देखाएका छन् । एमाले स्थायी कमिटीले मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको छ । तर उनले कसलाई अर्थमन्त्री बनाउने भन्ने बिषयमा भने मुख खोलिसकेका छैनन् । स्थायी समिति बैठकमा अर्थमन्त्रीलाई लिएर विवाद भएको थियो ।

त्यसैगरी माओवादी केन्द्रभित्र पनि मन्त्रीका धेरै आकांक्षी देखिदा दाहाललाई समस्या भएको छ । गृहमन्त्रालयमा धेरै नेताहरु दावी गरेका छन् । नेता रामबहादुर थापा बादल, बर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेतले गृहमन्त्रीमै सशक्त दावी पेश गरेका छन् ।
दाहालले अर्थमन्त्रीमा सुझाव दिएजस्तै ओलीले पनि गृहमन्त्री आफुलाई सहज हुने ब्यक्ति पठाउन आग्रह गरेका छन् । ओलीले गृहमन्त्रीमा जनार्दन शर्मालाई पठाउन आग्रह गरेको दाहाल निकट स्रोतले बताएको छ । गृहमन्त्रीका लागि शर्मा ओलीको रोजाईमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...