ओली र प्रचण्डको रोजार्इ गृहमा जनार्दन, अर्थमा सुरेन्द्र पाण्डे



हाम्रो इकोनोमि

एमालेभित्र अर्थमन्त्री र माओवादी केन्द्रभित्र गृहमन्त्रीको लफडाले सरकार बिस्तारमा कठिनाई भएको छ । दुई पार्टीले मन्त्रालयको बाँडफाडँ गर्दा अर्थ एमाले र गृह माओवादी केन्द्रले लिने सहमति भएको छ ।

एमालेभित्र अर्थमन्त्रीका लागि धेरै आकांक्षी भएपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अप्ठेरो परेका छन् । महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे अर्थमन्त्रीको दावेदार छन् । पार्टी एकतापछि पनि सहज हुने ब्यक्तिलाई अर्थमन्त्री बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई सुझाव दिएका छन् ।

ओलीको रोजाईमा सचिव प्रदीप ज्ञवाली परेका छन् । तर प्रचण्डले भने स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउन ओलीसँग आग्रह गरेको स्रोतले बताएको छ । सचिव ज्ञवाली पनि आफु अर्थमन्त्री नभए पाण्डेका पक्षमा वकालत गर्ने लगभग निश्चित भइसकेको छ ।

महासचिव इश्वर पोखरेलले अर्थमन्त्रीमा दावी गरेपछि अध्यक्ष ओलीलाई सकस परेको हो । एमालेले पाउने १० मन्त्रालय मध्ये सवैभन्दा बढि चासो अर्थमन्त्रालयमै देखाएका छन् । एमाले स्थायी कमिटीले मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको छ । तर उनले कसलाई अर्थमन्त्री बनाउने भन्ने बिषयमा भने मुख खोलिसकेका छैनन् । स्थायी समिति बैठकमा अर्थमन्त्रीलाई लिएर विवाद भएको थियो ।

त्यसैगरी माओवादी केन्द्रभित्र पनि मन्त्रीका धेरै आकांक्षी देखिदा दाहाललाई समस्या भएको छ । गृहमन्त्रालयमा धेरै नेताहरु दावी गरेका छन् । नेता रामबहादुर थापा बादल, बर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेतले गृहमन्त्रीमै सशक्त दावी पेश गरेका छन् ।
दाहालले अर्थमन्त्रीमा सुझाव दिएजस्तै ओलीले पनि गृहमन्त्री आफुलाई सहज हुने ब्यक्ति पठाउन आग्रह गरेका छन् । ओलीले गृहमन्त्रीमा जनार्दन शर्मालाई पठाउन आग्रह गरेको दाहाल निकट स्रोतले बताएको छ । गृहमन्त्रीका लागि शर्मा ओलीको रोजाईमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...