गायिका सलिना कुवरको नेप्टेको ‘दिल रानी ” बन्यो छोटो समयमा हिट



हाम्रो इकोनोमि

नेपाली संगीतको आकाशमा उज्यालो नाम हो गायक उदित नारायन झा । र यिनै उज्यालो नाम र ब्यक्तिलाई संगीतकार सन्तोष राजले पुन नेपाली सांगीतिक आकासमा फर्काउन सफल भएका छन् । प्रदर्शनको क्रममा रहेको सिनेमा गायिका सलिना कुवरको स्वरमा “नेप्टे” को दिल रानी बोलको गीतमा संगीतकार सन्तोस राजले गायक उदित नारायण झालाई  निकै राम्रो संग कम ब्याक गराएका छन् । बिहिबार सार्वजनिक भएको गीत २४ घण्टा बित्न नपाउंदै नब्बे हजार भन्दा बढी पटक हेरिएको छ ।

निर्देशक देब कुमार श्रेष्ठको निर्देशनमा बनेको सिनेमा लाई रोहित रुम्बाले  निर्माण गरेका हुन् । गीत् सार्वजनिक गर्ने समयमा नायक तथा निर्माता रोहित रुम्बा भनेको यतिखेर भारतमा छन् । एफ टि टि आई को आयोजनामा एक महिने बिसेस अभिनय तालिमको लागी रोहित अन्य १९ जना नेपाली कलाकारहरु संग भारतमा रहेका छन् ।  नायाक तथा निर्माता रोहित रुम्बा रा नायिका छुल्ठिम गुरुङ लाई फिचर गरिएको गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । निकै राम्रो डान्सको प्रस्तुति रहेको गीत भिडियो सगै अडियो पनि राम्रो रहेको प्रतिक्रिया युटुबमा आएको छ ।

चैत ३० गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको फिल्मको गीतमा सन्तोष राजको संगीत, उदित नारायण झा र सेलिना कुँवरको स्वर रहेको छ ।  गीतमा यमनाथ मैनालीको  शब्द रहेको छ ।
वुद्दि तामाङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मका निर्देशक देव कुमार श्रेष्ठ हुन् । किरण माइकलको पटकथा एवं संवाद फिल्ममा रहेको  छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...