गायिका सलिना कुवरको नेप्टेको ‘दिल रानी ” बन्यो छोटो समयमा हिट



हाम्रो इकोनोमि

नेपाली संगीतको आकाशमा उज्यालो नाम हो गायक उदित नारायन झा । र यिनै उज्यालो नाम र ब्यक्तिलाई संगीतकार सन्तोष राजले पुन नेपाली सांगीतिक आकासमा फर्काउन सफल भएका छन् । प्रदर्शनको क्रममा रहेको सिनेमा गायिका सलिना कुवरको स्वरमा “नेप्टे” को दिल रानी बोलको गीतमा संगीतकार सन्तोस राजले गायक उदित नारायण झालाई  निकै राम्रो संग कम ब्याक गराएका छन् । बिहिबार सार्वजनिक भएको गीत २४ घण्टा बित्न नपाउंदै नब्बे हजार भन्दा बढी पटक हेरिएको छ ।

निर्देशक देब कुमार श्रेष्ठको निर्देशनमा बनेको सिनेमा लाई रोहित रुम्बाले  निर्माण गरेका हुन् । गीत् सार्वजनिक गर्ने समयमा नायक तथा निर्माता रोहित रुम्बा भनेको यतिखेर भारतमा छन् । एफ टि टि आई को आयोजनामा एक महिने बिसेस अभिनय तालिमको लागी रोहित अन्य १९ जना नेपाली कलाकारहरु संग भारतमा रहेका छन् ।  नायाक तथा निर्माता रोहित रुम्बा रा नायिका छुल्ठिम गुरुङ लाई फिचर गरिएको गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । निकै राम्रो डान्सको प्रस्तुति रहेको गीत भिडियो सगै अडियो पनि राम्रो रहेको प्रतिक्रिया युटुबमा आएको छ ।

चैत ३० गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको फिल्मको गीतमा सन्तोष राजको संगीत, उदित नारायण झा र सेलिना कुँवरको स्वर रहेको छ ।  गीतमा यमनाथ मैनालीको  शब्द रहेको छ ।
वुद्दि तामाङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मका निर्देशक देव कुमार श्रेष्ठ हुन् । किरण माइकलको पटकथा एवं संवाद फिल्ममा रहेको  छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...