मिल्यो भागवण्डा राष्ट्रपति एमाले, सभामुख माओवादी, बादलले गृह मन्त्रालय मागेपछि प्रचण्ड तनाबमा



एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति, सभामुखलगायतका राजकीय पदको भागवण्डा मिलेको छ ।एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको प्रचण्डको पछिल्लो भेटमा मन्त्रालयसँगै राजकीय पदको भागवण्डा लगभग टुंगिएको माओवादी अध्यक्ष प्रचण्डले बताएका छन् ।नेताहरुका अनुसार राष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख एमालेको भागमा परेको छ भने माओवादीले उपराष्ट्रपति, सभामुख र राष्ट्रियसभा उपाध्यक्ष लिनेछ ।

 

एमालेले माओवादीलाई राष्ट्रियसभा अध्यक्ष लिएर सभामुख आफूलाई दिन प्रस्ताव गरेको छ । संविधानसभाका तत्कालीन अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङलाई फेरि सभामुख बनाउने एमाले अध्यक्ष ओलीको प्रस्ताव थियो ।तर, माओवादीले मानेको छैन । ‘व्यक्तिगत रुपमा उहाँ राम्रो र योग्य उम्मेदवार हो’ माओवादीका एक नेताले भने, ‘राष्ट्रपति, प्रधानमन्त्रीसँगै सभामुख पनि एमालेलाई दिन सकिँदैन, त्यसैले सभामुख हामीले लिने कुरा भएको छ ।’माओवादीमा सभामुखको प्रमुख दाबेदारका रुपमा कृष्णबहादुर महरालाई हेरिएको छ ।यद्यपि मधेसी दलहरुलाई पनि सरकारमा सामेल गराउने प्रयास भइरहेकाले उनीहरुसँग सहमति भएको अवस्थामा केही हेरफेर हुन सक्ने नेताहरु बताउँछन् ।

वैद्य समूहमा रहँदा राजनीतिमा असफल बनेका रामबहादुर थापा बादल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा फर्केपछि भने उनले सिंगै पार्टी अघोषितरुपमा कब्जा गर्न सफल बनेका छन् ।

रामबहादुर थापा वादल तिनै नेता हुन्, जसलाई जनयुद्ध सुरु भएको केही वर्षपछि नै प्रचण्डले ‘लिन प्याओवादी नेता’ को उपमा दिएका थिए । ‘लिन प्याओ’ त्यस्ता चिनिया नेता थिए, जसले अध्यक्ष माओको प्रशंसा गर्दै उनको उत्तराधिकारी बनेर माओवादीलाई सिध्याउने असफल प्रयास गरेका थिए ।

 

प्रचण्डले एक समयमा ‘लिन प्याओवादी नेता’ को संज्ञा दिएका रामबहादुर थापा वादलले अहिले प्रचण्डको विरोध नगरिकन, उनलाई सुम्सुम्याएरै पार्टीभित्र आफ्नो वर्चश्व बलियो बनाएका छन् ।माओवादी पार्टीमा आफ्नो बहुमत नभए पनि बादलले कूटिलतापूर्वक प्रचण्डको भन्दा बलियो उपस्थिति जनाइसकेका छन् । प्रदेश सरकारपछि अब केन्द्रमा प्रचण्डको भन्दा बहुमत हासिल गर्ने रणनीतिमा बादल समूह सक्रिय बनेको छ ।विगतमा मोहन वैद्य र बाबुराम भट्टराई सँगै भएका बेला तीन धार देखिएको माओवादी केन्द्रमा एमालेसँग एकता हुनै लाग्दा वादल समूहले टाउको उठाएको छ ।यद्यपि प्रचण्ड र वादल समूहवीचको भिन्नता वैचारिक राजनीतिक विषयमा नभएर कसलाई सांसद र मन्त्री बनाउने भन्ने पदीय विषयमा मात्रै केन्द्रित छ ।विगतमा मोहन वैद्य र बाबुराम भट्टराई सँगै भएका बेला तीन धार देखिएको माओवादी केन्द्रमा एमालेसँग एकता हुनै लाग्दा वादल समूहले टाउको उठाएको छ ।

वादल समूहले पार्टीभित्र हालीमुहाली गरेको भन्दै माओवादी केन्द्रका एक नेताले यस्तो गुनासो गरे ‘बादलहरुले पार्टी फुटाएका बेला हामीले प्रचण्डलाई साथ दियौं, तर अहिले तिनै पार्टी फुटाउनेहरु देशैभरिबाट पुरस्कृत भइरहेका छन् । उनै, सांसद, उनै मन्त्री, उनै पोलिटब्यूरो बनेका छन् । हामीचाँहि पार्टी नफुटाए वापत दण्डित भयौं ।’वैद्य समूहमा असफल भएर प्रचण्डसँग मिल्न आएका रामबहादुर थापा ‘बादल’ यतिबेला माओवादी केन्द्रमा दह्रैसँग हावी भएका छन् । प्रदेश सरकारमा आफ्नो बर्चस्व जमाइसकेको बादलले केन्द्र सरकारमा आफूले नेतृत्व गर्न पाउनुपर्ने दाबी गरेका छन् । जबकि माओवादीभित्र सरकारमा राम्रो भूमिका खेल्न सक्ने जनार्दन शर्मा र वर्षमान पुनजस्ता नयाँ पुस्ताका नेताहरु पनि छन् ।बादलले गृह मन्त्रालयसहित ओली नेतृत्वको सरकारमा आफूले नेतृत्व गर्न पाउनुपर्ने माग गरेका छन् । बादल समूहका अन्य नेताहरुले पनि शक्तिशाली मन्त्रालय र सभामुखमा समेत दाबी गरेका छन् ।

प्रचण्डको चर्को विरोध गर्दै विगतमा वादल मोहन वैद्यसमूहतिर लागेका थिए, जसले गर्दा माओवादी पार्टी पहिलो शक्तिबाट तेस्रोमा खुम्चियो । तर, पार्टीलाई रसातलमा पुर्‍याउने उनै नेताले अहिले प्रचण्डको उदारताबाट फाइदा उठाउँदै सिंगै पार्टीलाई आफ्नो मुठ्ठीमा राखिरहेको प्रचण्ड पक्षका नेताहरुको गुनासो छ ।एउटै कम्युनिस्ट केन्द्र बनाउने अभियानमा लागेको बताउने प्रचण्डले यसवीचमा बादललाई चिढ्याउन चाहनेन् र उनीप्रति उदारवादी नीति अपनाए । यसैको फाइदा लिन बादल समूह पूर्णरुपमा पक्ष सफल भयो

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको