एमाले संग पार्टी मिलाएको भन्दै प्रचण्डलाई अध्यक्षबाट बर्खास्त गरेको यस्तो बिज्ञप्ती बाहिरियो,प्रचण्डले पनि बर्साए यसरी डण्डा



नेकपा माओवादी केन्द्रले एमालेसँगको एकता प्रक्रियाप्रति असन्तुष्ट रहेको भन्दै कारबाही गरेका नेता गोपाल किरातीले उल्टै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गरिएको भन्दै विज्ञप्ति जारी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत किरातीले प्रचण्डसहितका नेतालाई ‘दाहाल एण्ड कम्पनी’ को संज्ञा दिँदै उनीहरु माओवादी केन्द्रमा नरहेको दाबी गरेका छन् । किरातीले ‘दक्षिणन्थी काण्डको भण्डाफोर गर्दै नेकपा माओवादी केन्द्र पुनर्गगठनको आव्हान’ गरिएको क्रान्तिकारी निर्णयलाई अभियोग दाहाल एण्ड कम्पनीले ‘कथित कारबाही’ गरेकोमा त्यस कम्पनीलाई धन्यवाद दिने बताए । उक्त कारबाही माओवादको विज्ञान र पहिचान मुद्दामाथिको कारबाही हो भन्ने तथ्य स्वतः प्रमाणित हुनुको साथसाथै दाहाल एण्ड कम्पनीमा निहित एकमनवादको पराकाष्ठा समेत भएको टिप्पणी उनको छ ।

यता माओवादी केन्द्रले आफ्ना तीन नेताहरुलाई पार्टीबाट हटाएको छ । विहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले गोपाल किराती, विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई कारबाही गरेको हो ।

माओवादी बैठकले तीन नेता ‘पार्टीमा नरहेको’ सार्वजनिक घोषणा गर्ने निर्णय गरेको हो । उनीहरुमाथि कुनै आग्रह नराख्ने तर पार्टी एकता प्रक्रियामा सहभागी नभएकाले पार्टीमा नरहेको विज्ञप्ति जारी गर्ने निर्णय भएको माओवादी केन्द्रका एक नेताले  जानकारी दिए ।

माओवादीले एमालेसँग पार्टी एकता गर्ने सहमति गरेलगत्तै तीन नेताले एकताको विरोध गर्दै माओवादी केन्द्र पुनगर्ठनको घोषणा गरेका थिए । साथै पछिल्लो समय तीनै नेताहरु बैद्य माओवादी र विप्लव समूहले गरेको संयुक्त कार्यक्रममा समेत उपस्थित भएका थिए ।

पूर्वमन्त्रीसमेत रहेका विष्टले केही पहिले नै माओवादी छाडेको बताएका थिए भने आहुतिले पछिल्लो समय माओवादी आफ्नो पार्टी नभएको र प्रचण्ड आफ्नो नेता नभएको अभिव्यक्ति दिएका थिए । किराती भने माओवादीमै थिए ।फागुन ७ मा एमाले माओवादीबीच सहमत भएसँगै किरातीकै नेतृत्वमा माओवादी केन्द्र पुनगर्ठनको निर्णय भएको थियो ।

प्रचण्डको विश्लेषणः वाम एकतामा दायाँ-वायाँ खतरा

प्रचण्डनिवास खुमलटारमा विहीबार बसेको माओवादी शीर्षनेताहरुको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण सुनाएका थिए ।यसक्रममा प्रचण्डले पार्टी एकताका क्रममा एमालेको जबजमा माओवादी गएको हैन भन्ने सन्देश कार्यकर्तासम्म पुर्‍याउन आवश्यक रहेको बताएका छन् । माओवादीले एमालेको जबज मान्यो भनेर उग्र वामपन्थी कोणबाट गलत प्रचार भएको भन्दै प्रचण्डले यस्तो भ्रम चिर्न आवश्यक रहेको बैठकमा बताए ।

दुई पार्टीवीचको एकताले नयाँ राजनीतिक कोर्षको सुरुवात भएको र गत चुनावमा नेपाली जनताले कम्युनिष्टहरु मिल्न दिएको जनादेशलाई अनुमोदन गरिएको प्रचण्डको विश्लेषण थियो ।तर, एमाले र माओवादीवीचको एकतालाई टुंगोमा पुग्न नदिने उग्रवादीहरुले चलखेल गर्ने खतरा रहेको भन्दै प्रचण्डले विप्लव माओवादीतर्फ संकेत गरे ।यो वाम एकताको महत्व देशभिमात्रै नरहेर विश्वभर रहेकाले वाम एकतालाई भाँड्न विदेशी साम्राज्यवादी र दक्षिणचपन्थी शक्तिले पनि प्रयास गर्न सक्ने खतरा रहेको प्रचण्डले आफ्ना नेताहरुलाई बताए ।प्रचण्डले औंल्याएको दायाँ र वायाँ दुबैतिरबाट एकतामाथि आक्रमण हुन सक्ने सम्भावनालाई विशेष ध्यान दिँदै एकताको ७ बुँदे आधारको स्वागत गर्ने विहीबार बैठकले निर्णय गरेको बैठक पछि माओवादीका एक नेताले  बताए ।

काठमाडौंमा अगुवा कार्यकर्ता भेला

यसैवीच विहीबारको माओवादी बैठकले पार्टी एकताबारे देखिएका अस्पष्टता एवं भ्रमहरु चिर्नका लागि काठमाडौंमा अगुवा कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रम गर्ने निर्णयसमेत गरेको छ । सो अगुवा कार्यकर्ता भेलामा सातै प्रदेशका अगुवा नेता कार्यकर्ता सहभागी गराइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा