मन्त्रिपरिषद्को विस्तार आजै, फोरम र राष्ट्रिय जनता पार्टी समेत सरकारमा आउने, कांग्रेसलाई पनि सरकारमा आउन ओलीको आग्रह



प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा रहनुभएको छन् । पार्टी एकताको निर्णय गरिसकेको सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँग मन्त्रालय बाँडफाँट टुंगिएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिन लाग्नुभएको हो ।  कांग्रेसलाई पनि सरकारमा आउन ओलीको आग्रह गरेका छन ।

गत ३ फागुनमा प्रधानमन्त्रीको कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले मधेस केन्द्रित दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाईसमेत सरकारमा सहभागी गराउने गृहकार्य जारी रहँदा र माओवादीसँग मन्त्रालय बाँडफाँट बाँकी रही मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको थिएन । बिहीबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भएको वार्तामा मन्त्रालय बाँडफाँट टुंगिएपछि प्रधानमन्त्री ओली सरकार विस्तारमा गृहकार्य थाल्नुभएको हो ।

प्रधानमन्त्री ओलीले आज बिहानसम्म आफ्नो भागमा परेका मन्त्रालयका मन्त्री छनोट गरी सूची दिन दाहाललाई आग्रह गरिसक्नु भएको छ भने मन्त्री चयन अघि पार्टी नेताहरूको सुझाव लिन आज बिहान एमाले स्थायी कमिटी बैठक बोलाउनु भएको छ । स्थायी कमिटीको सुझाव लिएपछि प्रधानमन्त्री ओलीले आफ्नो दल एमाले र माओवादीबाट आएका सिफारिस समेट्दै मन्त्री नियुक्त गर्ने तयारी गरेको बालुवाटार स्रोतले बतायो ।

‘स्थायी कमिटीले मापदण्ड तय गरी योग्यता, क्षमता र दक्षताका आधारमा सन्तुलित हुने गरी मन्त्री चयनको अधिकार प्रधानमन्त्रीलाई दिनेछ, त्यसपछि प्रधानमन्त्रीले पार्टी र माओवादीबाट आएको सूचीका आधारमा मन्त्री नियुक्त गरी शुक्रबार नै मन्त्रिपरिषदलाई पूर्णता दिने योजना बनाउनुभएको छ,’ एमाले स्थायी कमिटीका एक नेताले भने, ‘कुनै बाधा व्यवधान नआए शुक्रबार मन्त्रिपरिषद् विस्तार हुन्छ ।’ प्रधानमन्त्री ओलीले बुधबार नै बढीमा शुक्रबारभित्र उपयुक्त आकारको मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिइसक्नु भएको छन् ।

आफू नेतृत्वको सरकार विस्तारकै गृहकार्य स्वरूप बिहीबार बिहान प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष दाहालसँग मन्त्रालय बाँडफाँटको टुंगो लगाउनु भएको हो । प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच हाल १८ ओटा मन्त्रालय कायम गर्ने र सोही आधारमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भइसकेको छ । सोही आधारमा १८ ओटा मन्त्रालयमध्ये एमालेले ११ र माओवादीको भागमा सात ओटा मन्त्रालय तय गरिएको छ । प्रधानमन्त्रीका एक सहयोगी नेताले दिएको जानकारीअनुसार सरकारमा पठाइने सम्भावित मन्त्रीसमेत अनुमान गरी दुई पार्टीबीच मन्त्रालयको बाँडफाँट टुंगो लगाइएको हो ।

सक्षम र काम गर्न सक्ने सांसदलाई मन्त्री बनाउन दुवै पार्टीमा रहेका अनुहारलाई समेत आधार मानेर सहमति गरेका छन्, यस आधारमा अब काम गर्नेलाई प्राथमिकतामा राख्ने योजना दुई नेताले बनाएका हुन्,’ ती नेताले भने । सहमतिअनुसार एमालेले अर्थ तथा योजना मन्त्रालयसहित ११ ओटा मन्त्रालय लिनेछ । एमालेको भागमा रक्षा, परराष्ट्र, भौतिक पूर्वाधार यातायात, सूचना, सञ्चार तथा विज्ञान प्रविधि, शिक्षा, खेलकुद तथा संस्कृति, स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परेको छ । यसैगरी कानुन तथा न्याय संसदीय मामिला र पर्यटन मन्त्रालय पनि एमालेको भागमा परेको छ । यसैगरी माओवादी केन्द्रले गृहसहित सात मन्त्रालय लिने भएको छ ।

सहमतिअनुसार माओवादीको भागमा ऊर्जा जलविद्युत् तथा नविकरणीय, सहरी विकास, आवास, खानेपानी तथा सरसफाइ, वन, वातावरण जलवायु परिवर्तन, श्रम रोजगार तथा महिला बालबालिका जेष्ठ नागरिक, कृषि, सिँचाइ खाद्य सुरक्षा, सहकारी तथा भूमिसुधार र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको छ । प्रधानमन्त्री ओली र दाहालबीच अन्तिम समयमा आवश्यक परे केही मन्त्रालय हेरफेर तथा दुई मन्त्रालय थप्ने विषयमा सहमति भएको छ । मन्त्री छनोट गर्दा विषयगत विज्ञता र क्षमताअनुसार नभएको अवस्थामा हेरफेर गर्ने दुई नेताको योजना छ ।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको