दुई नम्बर प्रदेशमा सरकार बने लगत्तै भूमिगत गिरोहले गर्यो डरलाग्दो हमला,शक्तिशाली बिष्फोटमा एक गम्भीर घाइते



सिरहाको लहानको मुख्य चौकमा शक्तिशाली बम बिष्फोट भएको छ । बम बिष्फोटबाट शुभलाभ किराना पसल संचालक अनिल अग्रवाल घाइते भएको छन् । घाइतेको लहानस्थित क्लिनिकमा उपचार भइरहेको छ ।

बिष्फोट भएको ठाउमा तराईमा भुमिगत गतिविधि गरिरहेको जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ ।
२४ घण्टे सशस्त्र प्रहरी र नेपाल प्रहरीको डिउटी रहने ठाउमा दिउसो १ बजे प्रेसर कुकर बम बिष्फोट गराइएको हो । टायम सेट गरिएको प्रेस कुकर बम दिनदहाडै बिष्फोट भएपछि स्थानीयहरु त्रसित भएका छन् ।

उता आजै प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउत गद्दीले विश्वासको मत लिएका छन्।

मुख्यमन्त्री राउतले बिहीबार प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका हुन्। बिहीबार प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री राउतले बाहिर जुनसुकै पार्टी भए पनि प्रदेशको उन्नतिका लागि सबैले प्रतिज्ञा गर्नुपर्ने बताउँदै दलहरु एक ठाउँमा नभए समृद्धि र विकास सम्भव नहुने भन्दै सबैमा एकताको अपिल गर्दै मत मागेका थिए।

१०७ सदस्य रहेको दुईनम्बर प्रदेशसभामा एमाले, माओवादी, राजपा, फोरम र स्वतन्त्र गरी सरकारको पक्षमा ८२ मत परेको छ भने विपक्षमा १८ मत खसेको छ। सरकारले प्राप्त गरेको यो मत दुईतिहाइ भन्दा पनि बढी रहेको छ।

फोरम र राजपा गठबन्धनबाट मुख्यमन्त्री बनेकाराउतलाई नेकपा एमाले र माओवादी केन्द्रले समेत समर्थन गरेका छन्। एमाले र माओवादी केन्द्रेले आफूहरु सरकारमा सहभागी नहुने र समर्थन गर्ने बताएका छन्। एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले मधेसी जनताको मतको कदर गर्दे आफूहरुले सरकारलाई समर्थन गर्ने बताए। त्यस्तै माओवादी केन्द्रका संसदीय दलका नेता भारतकुमार साहले पनि सरकरमा सहभागी नहुने तर समर्थन गर्ने बताए।

यता मधेसवादी दलको निकट देखिँदै आएको कांग्रेसले भने मुख्यमन्त्री गद्दीको विपक्षमा मतदान गरेको छ। दुई नम्बर प्रदेशमा कांग्रेस र मधेसवादी दलको सरकार बनाउने चर्चा चलेपनि अन्ततः मोर्चा वाम गठबन्धनको मत लिन सफल भएको छ।
कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले सरकारलाई नियन्त्रण गर्न प्रतिपक्ष आवश्यक रहेको भन्दै आफूहरु जिम्मेवार प्रतिपक्षमा रहने बताए। उनले सरकारले गरेका कामको आधारमा समर्थन र विरोध गर्ने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको