पत्नीलाई सभामुखमा सेट गर्न नसके पछी पुन भाउन्न,उपेन्द्रलाई मन्त्री बन्न राजी नगराउदा सम्म ओलीले सरकार विस्तार नगर्ने



एमाले नेतृत्वमा सरकार बनेपछि प्रधानमन्त्री केपी ओलीले प्रारम्भिक रुपमा दुई मन्त्री समावेश गर्दै सरकार विस्तारको दौड सुरु गरिसकेका छन्।
स्रोतका अनुसार एमाले अध्यक्षसमेत रहेका ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रालय र राजकीय पदको समेत बाँडफाँट भइसकेको छ। सोही अनुसार दुवै दलले मन्त्री छान्न पार्टीभित्र औपचारिक छलफल चलाइरहेका छन्। आकांक्षीहरु मन्त्री बन्न पार्टीका शीर्ष नेतासँग लबिङ गरिरहेका छन्।

दुवै वाम दलका सांसदहरु मन्त्री पदको लबिङ गरिरहँदा गठबन्धनका प्रमुख नेताको भने राजकीय पदको बाँडफाँट भइसकेको स्रोत बताउँछ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयंले त्यसको खुलासा गर्दै सभामुख पद यसपटक समेत रोल्पाबाटै हुने बताएका छन्।

नेतृ ओनसरी घर्ती सभामुखमा दोहरिने चर्चा चलिरहँदा माओवादी केन्द्रले रोल्पाबाटै नयाँ अनुहारलाई सभामुखमा पठाउने तयारी गरेको हो। स्रोतका अनुसार नयाँ संसदमा सभामुखको पदमा माओवादी नेता कृष्णबहादुर महरा हुनेछन्।

पटक-पटक प्रभावशाली मन्त्रालयसहित सरकारमा सहभागी भएका महरालाई माओवादी केन्द्रले यसपटक सभामुखमा पठाउने तयारी गरेको हो। माओवादी अध्यक्ष दाहालसमेत महरालाई सभामुख बनाउन तयार छन्।
आफू सभामुख बन्ने तय भएपछि महराले नयाँ सरकारको गृह मन्त्रालयका लागि रोल्पाकै वर्षमान पुनलाई अगाडि सारेका छन्।

उता संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउन नेकपा एमालेले औपचारिक कसरत जारी राखेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा मधेश केन्द्रित दललाई समावेश गर्न भन्दै एमालेले फोरमसँग औपचारिक संवाद बढाइरहेको छ। त्यसैको पहल स्वरुप एमालेले बिहीबार पनि फोरमका दोस्रो तहका नेतासँग छलफल गरी सरकार विस्तारमा सहभागी हुन प्रस्ताव गरेको छ। एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको दुबै दलको बैठकमा एमालेले सो प्रस्ताव दोहोर्‍याएको हो।

फोरम नेता शिवजी यादवले एमालेसँग छलफल चलिरहेको बताउँदै संविधान संशोधनको मुद्दामा सहमति भए नयाँ सरकारमा सहभागी हुने बारे सोच्न सकिने बताए।

‘संविधान संशोधनमा एमालेको प्रतिबद्धता हामीले खोजेका हौं, त्यसमा सहमती जुटेको खण्डमा फोरम सरकारमा जान सक्छ,’ उनले भने।

पार्टी एकता र सरकार गठनमा प्याकेजमै सहमती खोज्ने गृहकार्य चलिरहँदा वाम गठबन्धनका प्रमुख दुई नेता एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोरम अध्यक्ष उपेन्द्र यादवसँग समेत छलफल गरेका थिए। वाम एकताको निर्णय भएको दिन फागुन ७ गतेको बैठकमा वाम गठबन्धनले फोरम अध्यक्ष यादवसँग छलफल गर्दै सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए।

फोरमले सहमतीका लागि संशोधनको खाका ल्याउन एमालेसँग औपचारिक प्रस्ताव गरेको छ। संविधान संशोधनमा सहमती जुटाउन कार्यदल बनाएर अघि बढ्न फोरमले प्रस्ताव गरेको हो। कार्यदल मार्फत संशोधनमा सहमती जुटेको खण्डमा नयाँ सरकारमा सहभागी हुन सकिने फोरमका नेता शिवजी यादव बताउँछन्।

‘कुन किसिमले अगाडी बढ्न सकिन्छ भन्ने विषयमा कार्यदल बनाएर गृहकार्य गरौं, भन्ने हाम्रो प्रस्ताव हो,’ उनले भने।

पछिल्लो समय एमाले समेत संविधान संशोधनको प्रस्तावमा सकारात्मक देखिएको छ। एमालेले आन्तरिक रुपमा छलफल गरेर संशोधनको खाका प्रस्तुत गर्ने भनी मधेश केन्द्रीत दललाई आश्वासन दिएको छ। वार्तामा सहभागी एमालेका एक नेताका अनुसार दुवै दलबीच बुँदागत रुपमा छलफल गरेर संशोधनको विषयमा निर्णयमा पुग्ने सहमती बनेको छ।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको