नेप्सेमा सामान्य गिरावट, साँढे ४२ करोडको सेयर कारोवार



हाम्रो इकोनोमि

विहीबारको नेप्से परिसुचक ०.१ अंक अर्थात ०.०१ प्रतिशतले घटेर १३८६.९८ विन्दूमा बन्द भएको छ। कारोवारमा आएका १५७ कम्पनीको १० लाख ८६ हजार ४१ कित्ता सेयर ४२ करोड ५० लाख रुपैयाँमा किनबेच भएको छ।

सेयर बजार विहीबार १३८७.१० अंकमा खुलेको थियो। कारोबार अवधिभर १३८२.१३ विन्दूसम्म घटेको बजार सवा दुई बजे बढेर १३९५ अंक नाघेको थियो। तर अन्तिम समयमा बजार फेरि घटेर बन्द भएको हो।

विहीबारको कारोबारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर सबैभन्दा धेरै ५ करोड ५० लाख रुपैयाँको किनबेच भएको थियो। दिनभरको कारोबारमा बोटलर्स नेपाल तराईको शेयर सबैभन्दा धेरै ३.९८ प्रतिशतले बढेको छ भने नागबेली लघुवित्तको सेयर ३.८३ प्रतिशतले घटेको छ।

कारोबार भएका उपसूचकमध्ये वाणिज्य बैंक, होटल, जलविद्युत, बिमा र लघुवित्त समूहको सूचक ओरालो लागेको छ। विकास बैंक, वित्त, उत्पादन र अन्य समूहको सूचक बढेको छ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...