प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्छ : मुख्यमन्त्री राउत



हाम्रो इकोनोमि

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।

आज प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री राउतले बाहिर जुनसुकै पार्टी भए पनि प्रदेशको उन्नतिका लागि आज सबैले प्रतिज्ञा गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रदेशसभामा भएका दलहरु एक ठाउँमा नभए समृद्धि र विकास सम्भव हुँदैन ।”

मुख्यमन्त्री राउतले फेरि पनि पाँच ‘स’का आधारमा अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले बताउँदै आउनुभएको सुशासन, शिक्षा, स्वास्थ्य, सडक र सिँचाइ गरी पाँच ‘स’ लाई विशेष प्राथमिकतामा राखेर प्रदेशको विकासको खाका कोर्ने कुरालाई फेरि दोहो¥याउनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...