सपथ खानु अघिल्लो दिन पार्टी एकताको अभ्यास गर्न ओली र प्रचण्ड राजी,दुवै दलका सांसदलाई तालिम दिने



२० फागुनमा प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यहरुको शपथग्रहण कार्यक्रम हुँदैछ। त्यसैले, संसद बैठक र शपथग्रहण अघि दुबै पार्टीले संयुक्त रुपमा संसदीय दलको बैठकको आयोजना गरेका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकतालाई अन्तिम टुङ्गोमा पुर्‍याउन गठन गरिएका दुई संयुक्त कार्यदललाई प्रतिवेदन पेश गर्न २५ फागुनसम्मको समय दिएका छन्।

यो निर्देशन अनुसार माधव नेपाल संयोजक रहेको बैचारिक दस्तावेज निर्माण सम्बन्धी कार्यदल र माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ सयोजक रहेको संगठनात्मक स्वरुप एबं विधान निर्माण सम्बन्धी कार्यदलले १५ दिनभित्र प्रतिवेदन बुझाइसक्नु पर्नेछ।

यसको मतलव के हो भने, कम्तिमा पनि २५ फागुन भन्दा अघि एमाले–माओवादी केन्द्रबीच औपचारिक रुपमा एकता सम्भव छैन। प्रतिवेदन बुझाइसकेपछि पनि त्यसलाई अध्ययन र कार्यान्वयन गर्नुपर्ने भएकाले पार्टी एकताले अन्तिम रुप पाउन अझै समय लाग्न सक्छ।

त्यसका बाबजुद दुबै पार्टीको संसदीय दलको बैठक संयुक्त रुपमा बस्ने भएको छ। पार्टी एकताको पूर्वाभ्यासस्वरुप दुबै पार्टीले संसदीय दलको संयुक्त बैठक बस्न लागेका हुन्। एमाले–माओवादी केन्द्रको बैठकले यस सम्बन्धी निर्णय गरिसकेको छ।

एकता संयोजन समिति सहित हालै गठन गरिएका दुई कार्यदलको केही समयअघि बालुवाटारमा सम्पन्न बैठकले १९ फागुनमा दुबै पार्टीको संसदीय दलको बैठक बस्ने निर्णय गरेको हो। त्यो बैठकमा दुबै अध्यक्षले सांसदहरुलाई प्रशिक्षण दिने योजना बनाएका छन्।

संसदको बैठक आगामी फागुन २१ मा बस्ने तय भइसकेको छ। त्यसअघि २० फागुनमा प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यहरुको शपथग्रहण कार्यक्रम हुँदैछ। त्यसैले, संसद बैठक र शपथग्रहण अघि दुबै पार्टीले संयुक्त रुपमा संसदीय दलको बैठकको आयोजना गरेका हुन्।

बालुवाटारमा आज भएको संयुक्त बैठकमा पार्टी एकताको आधारपत्र तयार भइसकेको स्थितिमा पार्टी एकतालाई कानूनी रुपमा सफल बनाउन अहिल्यैदेखि लाग्नुपर्ने, संसदीय ‘बिजनेस’ मा पनि संयुक्त रुपमा जानुपर्ने लगायतका विषय कार्यदलका सदस्यहरुले राखेका थिए।

त्यसपछि बैठकले १९ फागुनमा संसदीय दलको संयुक्त बैठक राख्ने निर्णय गरेको हो। ‘खासमा यो पार्टी एकताको पूर्वाभ्यास बैठक हो, कानूनी रुपमा एक भइनसकेपनि दुबै पार्टी एक भइसके भन्ने सन्देश जानेगरी संसदीय दलको संयुक्त बैठक डाकिएको हो।’

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको